Skip to main content

Posts

Showing posts from January, 2019

नेपालीले माया मार्यो बरिलै

भनिन्छ लाहुरे शब्दको उत्पत्ति लाहौर जाने समयदेखि प्रारम्भ भएको हो । लाहुर यतिबेला पाकिस्तानमा पर्दछ । त्यतिेला लाहोर जाने मान्छेलाई लाहुृरे भने होलान् । त्यही लाहृुर जाने चलनले नेपालमा लाहुरे शब्दको उत्पत्ति भयो । हाम्रा बाबु बाजे खुब लाहुर जान्थे । हुन त मलाई हामा हजुर वा र हजुर बाबाका पनि हजुरबा लाहुर गएको थाहा छैन । तर मेरा जेठा बुबा करबीर साहनी करवीर बस्नेत लेखाएर  व्रिटिशको जमानामा आर्मीमा भर्ती हुनु भएको थियो । उहाँ हबल्दारी पेन्सन लिएर १५पन्द्रह बर्षमा नै पेन्सन आउनृु भएको रहेछ । जेठा बुबाका धेरै जसो सन्तानको जन्म पल्टनमा भएको हो । देहरादुनमा भएको हो । उहाँले पेन्सन आए पछि गाउँ घरका धेर्रै मान्छेलाई भर्ती गराउनु भएको रहेछ । म जन्मिंदा मेरा जेठा बुबा हबल्दार करबीर बस्नेत ( साहनी )  पेन्सन निस्किसक्नु भएको थियो । मेरा बुबा रविलाल साहनी भने कुनै पल्टनमा भर्र्ती हुन जानु भएन । लाहुरे हुनु भएन । बरु गाउँको मुखिया भएर बस्नु भए । खेती किसान गरेर बस्नु भयो । दोकान गरेर बस्नु भयो । मेरा कान्छा बुवा पनि लाहुर जानु भएन । खेती किसान गरेृर गाउँमा नै बस्तु भयो । धामी बैद्य भएर पनि जीविका च