Skip to main content

बतुराएको त्यो मान्छे



हिजो ठूलो क्रान्ति  गर्दछु भन्दथ्यो त्यो मान्छे
क्रान्तिको रथ हाँक्दछु भन्दथ्यो त्यो  मान्छे
अग्र पंक्तिमा खडा हुन्छु भन्दथ्यो बर्ग संघर्षको मोर्चामा त्यो मान्छे
मुक्ति कि मृत्यु भन्दै  युद्धको मैदानमा हाम्फाल्दछु भन्दथ्यो त्यो मान्छे
सगरमाथाको शिखरमा लाल झण्डा फहराउँछु भन्दथ्यो त्यो मान्छे
सपना त धेरै देखेको थियो त्यस मान्छेले
सपना त धेरै देखाएको थियो त्यस मान्छेले
पुरानो मुलुकको नक्शा च्यातेर
नयाँ मुलुकको नक्शा कोर्दछु भन्दथ्यो त्यो मान्छे
मुक्ति क्षेत्र घोषित गर्दछु भन्दथ्यो सम्पूर्ण भूगोललाई त्यो मान्छे
फेर्दछु भन्दथ्यो सम्पूर्ण इतिहासलाई नै त्यो मान्छे
संसार नै फेर्दछु भन्ने त्यो मान्छे
आखिर कति छिटै आफै फेरिएछ 
कति छिटै फेरेछ क्याम्प उसले
कति छिटै बदलेछ बाटो उसले 
कति छिटै बिर्सिएछ आफ्ना सारा बाचा कबुल उसले
कति छिटै विर्सिएछ शहीदहरूको सपना उसले
कति छिर्टै विर्सिएछ घाइते सहयोद्धाहरूको पीडा उसले
कति सजिलै विर्सिएछ पीििडत परिवारको व्यथा उसले
कति सजिलै लगाएछ उसले प्रतिक्रान्तिसित मित
पचाएर सबै लाज
जनबैरीहरूसित मिलाएर हात 
जनबैरीहरूको पाएर  पुरै साथ
आज आफै जनक्रान्तिको घोर विरोधी बनेको छ त्यो मान्छे
आज  क्रान्ति हुन  दिन्न  म भन्दछ  त्यो मान्छे
क्रान्तिको बिरुवा उखेल्दछु  भन्दछ
क्रान्तिको बिउ मास्दुछ भन्दछ
क्रान्तिको घाँटी निमोठ्दछु भन्दछ
क्रान्तिको आगो निभाउँदछु भन्दछ
क्रान्तिको आँधी तुफान रोक्दछु भन्दछ
क्रान्तिको बाटो छेक्दछु भन्दछ
क्रान्तिको बाटो रोक्दछु भन्दछ
क्रान्तिलाई बाटो छेक्न
पहाड भएर उभिन्छु भन्दछ
गोली भएर बर्सिन्छु भन्दछ
बम भएर पडकिन्छु भन्दछ
रौद्र रुप  धारण गरेर
ताण्डव नृत्य गर्दछु भन्दछ
बाबै गाँजा धतुरो खाएर पो हो कि
जाँड रक्सीको मात लाएर हो
बतुराएर हिंडिरहेको छ त्यो मान्छे आज
के के बक्दै हिडिरहेको छ त्यो मान्छे आज
बाटाघाटामा
हाट बजारमा
गल्ली गल्लीमा
चोक चोकमा

२६–१२–२०७४


Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...