नाकाबन्दीको बेलामा भारतीय पत्रिकाले नेपालका सबभन्दा शक्तिशाली प्रधानमंत्रीको रुपमा के पी ओलीलाई प्रस्तुत गरे । जनताले भ्रमवश ओलीलाई राष्ट्रवादी नेता भनेर होस् वा ओलीले जन धन र डनको प्रयोग गर्नाका साथसाथै माओवादी केन्द्र र अरु साना वाम पार्टीसित मिलेर चुनाव जितेर होस् पाँच बर्षको लागि नेपालको इतिहासमा नै शक्तिशाली प्रधानमंत्री भएका छन् किन पनि भन्न सकिन्छ भने उनले झण्डै दुई तिहाईको समर्थन प्राप्त गरिरहेका प्राधनमंत्री हुन पुगेका छन् र उनलाई कुनै पनि शक्तिले पाँच बर्षसम्म हल्लाउन सक्दैन । तर उनको शक्तिको स्रोत के रहेछ भन्ने कुराको रहस्य खुल्दै गइरहेको छ । पहिले महाकाली नदीको भूमिकाले उनलार्ए शक्तिशाली बनाएको रहेछ । अहिले अरुण तेस्रोको कन्यादानले । इतिहास साक्षी छ सिक्किम भारतलाई सुम्पेका महाशक्तिशाली नेता लेन्डुप दोर्जे आफ्नै जीवनकालमा आफ्ना पतनको भयावह दुश्य अवलोकन गर्न वाध्य भएका थिए । यतिबेला उनी इतिहासमा नै धिक्कारका पात्र बनेका छन् ।
कहिले कहिले मलाई रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ तर रोजी रोटीको यो व्यस्त जीवनमा रोजी रोटीको यो संघर्षमय जीवनमा कहाँ संभव छ र कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर कविताका मालाहरू गुथिरहने शायद यही भएर होला कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर कविताको फुलबारीमा रमाइरहने रहर कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर कविताका मालाहरू गुथिरहने रहर केवल एउटा रहर मात्र रहन गएको छ हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा रमाउन पनि लागेको हुँला ...
Comments
Post a Comment