Skip to main content

नयाँ बषैका शुभ कामना


आयो कस्तो यो जमाना यतिबला करोनाकै छ धावा
करोनाकै   भयले भाको छ विश्व धेरै  हावा र कावा
मान्छे भए कैद घरभित्रै आज  सुगा बरु आजाद
छैन जगमा सुन्ने कोही पनि आज धरतीको आल्लाद
मान्छेसिते मान्छे  डराउनु पर्ने कस्तो होला यो रोग
खाने भो यसले बेसुर जगमा  मान्छेको धेरै भोग
रोग लागे पनि चाल नपाइने करोना छ अदृश्य
आफू बाँच्नु र विश्वलाई बचाउनु खतरा छ भविश्य
मानव सभ्यतालाई नै चुनौती  गर्नै पर्ने सामना
करोना मुक्त बनोस् सारा संसार यही गरौं कामना
रोएर जाँदैन करोना कहिले सतर्क बने छुन्न
कोरोनालाई हामीले कदापि कम्जोर  ठान्नु हुन्न
कोरोनाका सामुन्ने नपरे मान्छे आफै अघि सर्दैन
कोरोनादेखि परै बसेमा मान्छे कोरोनाले मर्दैन
कोरेन्टाइनमा बसेर पनि त ज्यान जोगिन सक्छ
आइसोलेसनले पनि कतिको प्राण धानिन सक्छ
कोरोना आफै हिंडी कहिले पनि घर घर आउन्न
सतर्क रहेमा  कोरोनादेखिे त्यत्तिके यो  लाउन्न
बनेको छैन अझै औषधि कुनै कोरिना निको हुने
बच्ने उपाय हो साबुन पानीले राम्ररी हात धुने
कोरोाको भाइरस बस्ने कुरामा छुँदा पनि नछुने
मुखमा सधै मास्क लगाई राख्ने भिडभाडमा जाँदा
भाइरस फ्रि बनाउने हामीले  खाने कुरा नि खाँदा
गर्न् पर्दछ  राम्ररी नै पालना यो लक डाउनको
प्रयोग गर्नै पर्छ स्वास्थकर्मीले सेफटी गाउनको
अस्पतालहरू नै रोगी भएमा रोगी निरोगी हुन्न
समाज नै हाम्रोे स्वस्थ भए पछि कोही रोगी हुँदैन
महामारी नै भए पनि कोरोना कसैलाई छुँदैन
बचौं आफू र बचाउँ योे बिश्व नै यही मेरो कामना
नयाँ बर्ष ल्याओस् हाँसी खुशी गर्दै संकटको सामना ।
१–१–२०७७
१३–४–२०२०



Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...