Skip to main content

पुष्पलाल मेघालयमा


 

पुष्पलाल बनारसमा नै स्थायी रूपले बस्दथे । बनारसको दशपुत्र गल्लीमा स्थित पार्टी कार्यालयमा बस्दथे । पार्टी कार्यालय नजिक नेपाली धर्मशाला थियो । नजिकै नेपाली जगदम्बा पुस्तकालय पनि थियो । बनारसमा त्यतिबेला बलराम उपाध्याय (बराउती ), गोविन्द ज्ञवाली, मोदनाथ प्रश्रित, मोहन चापागाई, गोपी रमण उपाध्याय, शान्ता मानवी आदि पनि स्थायी रूपमा नै डेरा गरी बस्दथे । बलराम उपाध्याय तथा गोविन्द ज्ञवालीले जति बेला पनि पुष्पलाललाई घेरिरहको हुन्थे । गोपीरमण उपाध्यायको उपस्थिति पनि पार्टी कार्यालयमा नै हुन्थ्यो । नेपालबाट वा अन्य कुनै ठाउँबाट पार्टी सम्पर्कमा आउने व्यक्तिहरू पुष्पलाललाई पार्टी कार्यालयमा नै भेट्दथे । पार्टी गरीब भएको हुनाले पार्टी कार्यालयको किराया तिर्न पनि निकै सकस हुन्थ्यो । कहिलेकाहीं खाने खर्चो नहुँदा भोक भोकै वा आधा पेट खाएर पनि बस्नु पर्ने हुन्थ्यो । पुष्पलाल चियाका निकै शौकिन थिए । बनारसको गल्लीमा पुष्पलालले चिया पिउने एउटा स्पेशल चिया पसल थियो ।  उसको चिया पसल पुष्पलालको लागि अति प्रिय चिया पसल थियो । सारा बनारसमा सबभन्दा असल चिया बनाउने पसल यही थियो । 

पुष्पलाल बनारसबाट बाहिर निस्के प्राय जाने ठाउँ गोरखपुर , दरभंगा तथा कलकत्ता हुने गरका थिए ।  ती ठाउँबाट उनले पार्टी सम्पर्क स्थापित गर्दथे । पार्टी संगठनका नेता तथा कार्यकर्तालाइे निर्देशित गर्दथे । 

मेरो पुष्पलालसित बनारसमा पार्टी सम्पर्क भए पछि मैले उनलाई शिलाङमा पुराउने ठूलो इच्छा राखेको थिएँ । मेघालयमा पुराउने ठूलो इच्छा गरको थिएँ । मेरो पटक पटकको ठूलो आग्रह पछि पुष्पलाल शिलाङ जान राजी भए । तयार भए । तर काशी जाने कुतीको बाटो भने जस्तै पुष्पलाल बनारसबाट सिधै शिलाङ होइन कि कलकत्ताबाट शिलाङ पुगेका थिए ।  कलकत्ताबाट शिलाङ जाने बाटो भने सिधा बाटो मान्नु पर्ने हुन्छ । 

त्यतिबेला पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मेघालय, आसाम र यहाँसम्म कि नागालैण्डसम्म फैलिएको थियो । पार्टीको पार्टी संगठन भूमिगत थियो । पुष्पलाल शिलाङमा पुगेको बेलामा खुला हुन चाहन्थे । उनले शिलाङ मेघालयका नेपालीका चर्चित काग्रेस आईका  नेता एम एल ए ध्रुवनाथ जोशीलाई व्यक्तिगत रूपमा पनि भेट्न चाहन्थे । तर हामीले पार्टीको भूमिगत अवस्थालाई असर परेमा हामीलाई त्यहाँ पार्टी कार्य गर्न गाह्रो हुने खतराले पुष्पलाललाई खुलाउने कुरालाई रोक्यौं ।  मात्र हामीले प्रा गोपीनारायण प्रधान लगायतका केही हाम्रा शुभचिन्तकबीचमा पुष्पलाललाई परिचित गराएका थियौं । पुष्पलाल शिलाङमा छँदा फुर्सदको समय शिलाङको स्टेट सेन्टरल लाइब्रेरीमा अध्ययन गरेर बिताएका थिए । पुष्पलाल शिलाङ गएको बेलामा मैले लेखेको नाटक इतिहास यही भन्छ स्टेट सेन्टरल लाइब्रेरीको हलमा प्रदर्शित गरेका थियौं । त्यहाँ ठूलो संख्यामा दर्शकहरूले त्यो नाटक अवलाोकन गरेका थिए ।  पुष्पलालले पनि दर्शक दीर्घामा बसेर नाटक अवलोकन गरेका थिए । तर दर्शकहरूलाई पुष्पलालका सम्बन्धमा कुनै  जानकारी भएन । उनको उपस्थिति भूमिगत नै रह्यो ।  अहिले भने मलाई जुनसुकै चुनौतीलाई सामना गर्नु परे पनि पुष्पलाललाई शिलाङमा खुला हुन दिनु पर्दथ्यो जस्तो लागिरहेछ ।

मेलालयको  एउटा महत्वपूर्ण ठाउँ जोवाइ पनि हो । जोवाई वेस्ट जयन्तिया हिल्सको हेडक्वाटर हो । त्यहाँ अवलोकन गर्नु पर्ने महत्वपूर्ण वाटर फल्सहरू हुन्  क्राङ सुरी फल्स, बोफिल फल्स तथा तिरसी फल्स । त्यहाँ अवलोकन गर्नु पर्ने अरु पनि महत्वपूर्ण स्थालहरू छन् । पुष्पलालको इच्छामा म लगायत हामी केही साथीहरू शिलाङबाट जोवाई गएका थियौं ।  तर हामी त्यहाँका महत्वपूर्ण स्थलहरूमा घुम्न पट्टि नलागी केही हाम्रा समर्थक साथीहरूसित भेटघाट गर्नपट्टि लागेका थियौं ।  समर्थक साथीहरूलाई पुष्पलालसित परिचित गराएका थियौं । 

त्यतिबेला हामीहरू पुष्पलालसित एउटा चर्चमा पनि पुगेका थियौं ।  चर्चमा मैले फादर ( पादरी ) सित अंग्रेजीमा कुराकानी गर्दा पश्चिमा पादरीले मलाई भनेका थिए उनी भारतमा ३८वर्षदेखि बसोबासो गर्दै आएका छन् । उनले ३८ वर्षदेखि भारतमा छु भने पछि मैले प्रतिक्रियामा भनेको थिएँ — अहिले तपाईं कति वर्षको हुनु भयो ? उनले जबाबमा भनको थिए —अहिले म ६४ वर्षको भएँ । फेरि मैले उनलाई भनको थिएँ — तपाईं त यस्तो जवान देखिनु हुन्छ त ? प्रतिक्रियामा उनले भनेका थिए — म त जवान रहेर नै मर्ने छु ।  वास्तवमा यो पश्चिमा जगतको स्प्रिटको कुरा थियो । चर्चका फादरले त्यतिबेला पुष्पलालको  उपस्थितिमा भनेको यो कुरा अझ पनि मैले विर्सेको छैन । 

चिरापुंजी मेघालयको एउटा महत्वपूर्ण स्थल हो । संसारमा सबभन्दा बढी पानी पर्ने ठाउँ नै चिरापुंजी हो । तर हाल भने संसारमा सबभन्दा बढी पानी पर्ने ठाउँ मावसिन्राम हो । यो कुरा शिलाङका नेपाली भुगोलविद् डी टी जिम्बाले उनले लेखेको भूगोलको पुुस्तकमा उल्लेख गरेका थिए । मावसिन्राम चिरापुंजीको नजिकैको ठाउँ हो ।  मावसिन्राम पूर्वी खासी हिल्स जिल्लामा पर्दछ । चिरापुंजीमा मेघालयको विशाल सिमेन्ट फेक्टरी छ । चिरापुंजीमा कोयला खानीहरू पनि छन् । चिरापुंजीको डिलबाट बंगलादेशको अवलोकन गर्न सकिन्छ ।  त्यसको फेदी बंगलादेशसित जोडिएको छ । चिरापुंजीको डाँडाबाट बंगलादेशको अवलोकन गर्दा कता कता विशाल समुन्द्र देखे जस्तो लाग्दोरहेछ । त्यहाँबाट आँखाले देखिने जति बंगलादेश देख्न सकिन्छ । 

शिलाङ गएको बेलामा पुष्पलाल चिरापुंजी पनि जान चाहको थिए । चिरापुंजीको भ्रमण अवलोकन गर्न चाहको थिए । त्यतिबेला पार्टीको तर्फबाट पुष्पलाललाई चिरापुंजी भ्रमण अवलोकन गराउने जिम्मा ऋषि ज्ञवालीलाई दिइएको थियो । ऋषि ज्ञवालीले पुष्पलाललाई चिरापु्ंजी पुराई घुमाएका थिए । चिरापूंजी देखाएका थिए । हालै काठमाण्डौमा उपचारको क्रममा यिनै पुष्पलाललाई चिरापुंजी घुमाउने ऋषि ज्ञवालीको दुखद मृत्यु हुन गयो ।  

पुष्पलालले शिलाङ आएको बेलामा एकजना आसामी प्रोफेसरलाई पनि भेटेको थिए । ती आसामी प्रोफेसरसित पुष्पलालको अचानक कलकत्तामा भेटघाट र चिनाजानी भएको थियो । पुष्पलालले आसामी प्रोफेसरलाई नेपाली जस्तो मानेर उनीतिर नजर लगाएका रहेछन् । फेरि आसामी प्रोफेसरले पुष्पलाललाई आसामी जस्तो मानेर उनीतिर नजर लगाएका रहेछन् । यसरी एकले अर्कोलाई भेट्दा  पुष्पलालले आफू नेपाल कम्युनिष्ट पार्टीको महासचिव बताएछन् । आसामी प्रोफेसरले आफ्नो परिचय दिंदै भनेछन् उनी माक्र्सवादी कम्युनिष्ट पार्टीमा संगठित छन् । उनल त्यतिबेला आसाम गुवाहाटी गएको बेलामा पुष्पलाललाई उनलाई भेट्ने निम्तो दिएका रहेछन् । कलेजको  सम्पर्क दिएका रहेछन् ।   त्यसैले शिलाङबाट गुवाहाटी झरेको बेलामा पुष्पलालले ती आसाम प्रोफेसरलाई भेटेको रहेछन् । यिनै आसामी माक्र्सवादी प्रोफेसरको माध्यमबाट पुष्पलालको आसमको दैनिक समाचार पत्र आसाम ट्रिबुनका सहायक सम्पाद के फुकनसित परिचय भएको रहेछ ।  के फुकन राजनैतिक रूपले नक्सलवादी पार्टीको एक समूहसित सम्बन्धित रहेछन् । पुष्पलालले उनीसित नेपाल भारत जनमंत्री संघ स्थापना गर्ने सम्बन्धाम के फुकनसित बिचार विमर्श गरेका रहेछन् । यस्तो संगठन निर्माण गर्न पुष्पलालले मलाई गुवाहाटी बोलाएर के फुकनसित सम्पर्क गराएका थिए । के फुकन पुष्पलालको निम्तोमा उनलार्ई भेट्न बनारससम्म पुगेका थिए । बनारसबाट फर्के पछि के फुकनले भननेपाल भारत जन मंत्री स्थापनाको सम्बन्धमा मलाई गुवाहाटी बोलाएका थिए ।  पुष्पलालकोअवधारणा के रहेको थियो भने भारत सरकार र नेपाल सरकारबीचमा परस्पर हितमा मंत्री हुन सक्दछ भने भारतीय  र नेपाली जनतको बीचमा जन स्तरमा किन जन मैत्री सैगठन स्थापित हुन सक्दैन ।  यस्तो सम्बन्ध भयो भने नेपाली क्रान्तिलाई हस्तक्षेप गरेर भारत सरकारले दबाउन खोजेमा भारतका जनताले भारत भूमिबाट पनि भारत सरकारको हस्तक्षेपकारी भूमिकाको बिरोध गर्न सक्दछन् । गुवाहाटीमा रहेको बेलामा पुष्पलालको आसामका सुप्रसिद्द नक्सलवादी आन्दोलनका समर्थक गुवाहाटी विश्व विद्यायलयका अंग्रेजी विभाग प्रमुख डा प्रोफेसर. हिरण्य गुवाईसित पनि भेटघाट र कुराकानी भएको रहेछ । पछि हामीले डा प्रोफेसर हिरण्य गुवाईलाई गुवाहाटी विश्वविद्यालयमा भेट्दा उनले पुष्पलालको चर्चा गरेका थिए । हामीले हालै उनको मृत्यु भयो भन्दा उनी निकै दुखित भएका थिए ।

६—५—२०८१

२२—८—२०२४

















































   


Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...