Skip to main content

Posts

Showing posts from September, 2018

रावण राज्य

न्याय नपाए गोरखा जानु भन्थे बुढापाकाहरू गोरखामा न्याय पाइन्थ्यो पाइन्नथ्यो मलाई थाहा  छैन तर अहिलेको गोरखा राज्यमा त न्याय मरेको छ बाँचेको छ त केवल अन्याय अन्यायको अगाडि अदालत पनि हारेको छ अदालतले पनि हात उठाएको छ मुर्खस्य ठिंगम् बलम भन्छन् कुरो त्यस्तै भएको छ अदालतको अवस्था पनि यतिबेला अन्यायी शरणाम गच्छामी कै जस्तो भएको छ  चाहेर पनि अदालत न्याय पार्न सक्दैन यस कारण कि अदालतले पारेको न्यायलाई पनि जोगीको भेषमा आएको रावण अपहरण गर्दछ यसैले यतिबेला न्याय बेपत्ता भएको छ जनयुद्धमा नेपाल आमाका असल छोरा छोरी बेपत्ता भए जस्तै रावणहरूका कब्जामा परेको अदालतले न्याय दिन नसके पनि यतिबेला सडकले न्याय दिन सक्दछ यत्ति हो सेलाएका सडक तात्न समय लाग्दछ स्वयं जनताले न्याय दिन सक्दछन् यत्ति हो जनताले दिनै न्यायको लागि त निकै लामो प्रतीक्षा गर्नु पर्ने हुन सक्दछ आखिर कुम्भकरणको निन्द्रामा सुतेका जनतालाई जगाउन पनि समय लाग्ने नै भयो तबसम्म रावणको राज्य कायम नै रहने भयो रावणको बर्बरता जारी रहने नै भयो रावणको क्रूरता प्रदर्शित भइरहने नै भयो तर पनि हामी सबै ढृुक्क हुने कुरा के भने