Skip to main content

Posts

Showing posts from June, 2021

काली गण्डकी डाइभर्सनको प्रतिपक्षमा

 हरेक व्यक्ति गौरवमय जीवन व्यतीत गर्न चाहन्छ । हरेक देश गौरवमय राष्ट्रको रुपमा चर्चित हुन चाहन्छ । विख्यात हुन चाहन्छ  ।  हामी नेपालीलाई हाम्रो दश नेपाल हुनुमा गर्व छ । विश्वमा नेपाल धेरै कारणले चिनिन्छ ,। नेपाल बुद्धको देश भनेर चिनिन्छ । नेपाल सगरमाथाको  देश भनेर चिनिन्छ । भलै हामी हाम्रो लुटिएको जमीन फिर्ता लिन असमर्थ देखिएका छौं तर पनि विश्वमा बीर गोरखालीको रुपमा बिख्यात छौं । भिक्टोरिया क्र्रस पाउने हाम्रै पुर्खा हुन् । बीर चक्र पाउने हाम्रै पुर्खा छन् । हाम्रो देश विश्वमा किन प्रख्यात  छ भने संसारका १० अग्ला शिखरमध्ये ६ हाम्रै मुलुकमा छन् । संसारमा सबभन्दा बढी थरिका चरा पाउने  मुलुक हाम्रै देश हो । संसारमा सबभन्दा बढी थरिका पुतलीहरूको निवास हाम्रै नेपाल हो । जरुवा पानीको लागि हाम्र्रै नामी हाम्रै देश नेपाल हो । सबभन्दा अग्ला ठाउँमा ताल पोखरी हाम्रै देशमा छन् । हिमाल पहाड र तराईको विविधता र विेशेषताले युक्त हाम्रै देश नेपाल हो । सबै प्रकारको जलबायु र मौसमले युृक्त नेपाल पृथ्वीको स्वर्ग जस्तै छ । नेपाल विश्वको दोस्रो जलस्रोतको धनी देश हो । नेपालमा साना ठूला गरेर ६०००जति नदी नाला खोल

यो कुनै काल्पनिक कथा होइन

       गोरा अग्ला खाइलाग्दा धन बहादुर सुनारलाई मैले त्यतिबेला चिनेको थिइनं । एक दिन प्राध्यापक गोपी नारायण प्रधानसित शंकरदेव कलेजबाट तल झर्दै थिएँ । बिष्णुपुरको ओरालोमा हाम्रो झम्का भेट यिनै धनबकादुर सुनारसित भयो । शायद मेरो उनीसितको यो नै प्रथम र अन्तिम भेट थियो । प्रा गोपी नारायण प्रधानले हामीबीच एक अर्कासित परिचय गराएका थिए । मलाई त्यतिबेला धनबहादुर सुनार एउटा अध्ययनशील लेखक रहेछन् भन्ने कुरा थाहा भएको थियो । पछि पछि मात्र मलाई उनी बारे धेरै कुरा थाहा हुँदै गयो । उनी आसामी बंगाली नागा हिन्दी अंग्रेजी आदि भाषाका ज्ञाता र लेखक पनि रहेछन् । साहित्यकार पनि रहेछन् । उनीसित मेरो सालाखाला पाँच दशक अघि प्रा गोपीनारायण प्रधानसित भेट हुँदा के के कुरा भए त्यसको स्मरण त म अहिले गर्न सक्दिनं । तर धनबहादुर सुनारले  महात्मा गान्धीलाई पनि प्रभावित पार्ने र  लेनिनले पनि रुसी क्रान्तिको ऐना भनेका लिउ टल्सटयको बृहत उपन्यास बार एण्ड पिस (  युद्ध र शान्ति ) का बारेमा चर्चा गरेका थिए । पछि मैले वी ए को विद्यार्थी छँदा नै बार एण्ड पिस जबरजस्ती पढेको थिएँ । बार एण्ड पिसमा एक हजारभन्दा बढी चरित्रहरू छन् । उ

कवितासित कुरा

  संगीतकार संगीतसित कृुरा गर्दछ भने गीतकार गीतसित कुरा गर्दछ भने चित्रकार चित्रसित कुरा गर्दछ भने मुर्तिकार मुर्तिसित कुरा गर्दछ भने कवि पनि त कवितासत कुरा गर्ने नै भो कवि कवितासित कुरा गर्दछ कवितासित कसरी कुरा गर्ने कविलाई थाहा छ कहिले कति सजिलो हुन्छ कवितासित कुरा गर्न कविलाई कहिले निकै जटिल भए पनि कविता भरर टुसाउँछन् दशैंमा राखेका जमरा जस्तै कविता फक्रक्क फक्रिन्छन् फूलबारीका रंगी बिरंगी फूलका कोपिला जस्तै कविता ढकमक्क फुल्दछन् वनभरि लाली गुराँस जस्तै कविता हरियो दुबो हुँदै डाँडा काँडा भरि ढाकिन्छन् कविता पहाडी झरना जस्तै ह्बार ह्वार झर्दछन् कविता हिमनदी जस्तै पग्लेर बग्दछन् कविता पहाडी खोला जस्तै गडगडाउँर्दै अघि सर्दछन् कविता भरर उड्छन् खुला आकाशतिर गुँडबाट भर्खर भर्खर निस्केका चराका बचेरा जस्तै कविता लामा लश्कर लाएर माथि माथि बयली मार्दछन् साइबेरियाबाट झरिरहेका मालचरा जस्र्तै कविताहरू ताल तलाउमाथि सलल तैरिन्छन् राजहंसका बथान जस्र्तै कविता झृुल्किन्छन् पूर्वी क्षितिजतिरबाट उषाको रक्तिम किरण जस्तै कविता चाँदी जस्तै भिर पाखाभरि छाउँछन् पूर्णिमाका जुन जस्तै कविता आकाशभरि छरिएर टिलबिल

अणृु

धेरै भयो यहाँ भित्र भित्रै अनेक जालझेल धेरै भयोै यहाँ रात रातै देशै सिध्याउने खेल किनारा लगाउन के सकिन्थ्यो सजिलै धमिरालाई बिष्फोटन नगराई शक्तिशाली विद्रोहकै बम सेल ।     ् १–३–२०७८

देशका ग्रह दशा

धेरै पहिलेदेखि नै  सकटा शनि राहु र केतुको ग्रह दशाबाट बडो मुश्किलले बच्दै आएको यो  देश  जोगिदै आएको यो देश सुरक्षित रहँदै आएको यो. देश  यतिबेला ज्ञात अज्ञात ् परिचित अपरिचित  बाहिरी र भित्री नौलो नौला ग्रह दशाबाट भ्mन् झन् ग्रसित हृुँदै गएकोे छ यो देश भmन् झन् पीडित हुँदै आएको छ यो देश भयंंकर ठूलो संकटमा परेको छ यो देश यतिबेला जीवन मरणको दोसाँधमा पुगेको छ यो देश यतिबेला फेरि जन्मिनु पर्नै  हो कि बीर बलभद्र कुँवरहरू  फेरि जन्मिनृु पर्ने हो कि भक्ति थापाहरू अमर सिंहहरू उजिरसिंहहरू भीमदत्त पंतहरू सिंगो देशमाथि लागेको ग्रह दशा कटाउन   ग्रह दशा हटाउन  त्यसको छाया पर्न नदिन । ३१–२–२०७८

होशियार होशियार होशियार

  यिनले के बेचेर खाएनन् र  मुलुकका कल कारखाना उद्योग धन्दा सब बेचेर खाए  मुलुकका नदी नाला खोला ताल तलाउ सब बेचेर खाए मुलुकमा गिट्टी बालुवा ढृुंगा माटा सब बेचेर खाए आज सिंगै चुरे बेचेछन्  ठेगान लगाउन सक्ने होइन बेलैमा भने यिनलाई डाँडा कटाउन सक्ने होइन बेलैमा भने.यिनलाई भोलि महाभारत पर्वत बेचेर खाने सक्छन् पर्सि हिमाल बेचेर खान सक्छन्                                                                          सगरमाथा बेचेर खाने सक्छन् दलाल नै त ह्ुन् यिनीहरू गद्दार नै त हुन् यिनीहरू लेन्डुप नै त हुन् यिनीहरू    एक दिन नेपाल आमालाई नै बेचेर खान सक्छन्  । २७–२–२०७८ यिनले के बेचेर खाएनन् र  मुलुकका कल कारखाना उद्योग धन्दा सब बेचेर खाए  मुलुकका नदी नाला खोला ताल तलाउ सब बेचेर खाए मुलुकमा गिट्टी बालुवा ढृुंगा माटा सब बेचेर खाए आज सिंगै चुरे बेचेछन्  ठेगान लगाउन सक्ने होइन बेलैमा भने यिनलाई डाँडा कटाउन सक्ने होइन बेलैमा भने.यिनलाई भोलि महाभारत पर्वत बेचेर खाने सक्छन् पर्सि हिमाल बेचेर खान सक्छन्                                                                          सगरमाथा बेचेर खाने सक्छन् दला

डा. लालबहादुर बर्माप्रति श्रद्धा सुमन

  हालै भारतका एकजना प्रसिद्ध माक्र्सवादी बुद्धिजीवी इतिहासकार प्रोफेसर डा लालबहादुृर बर्माको  दुखद  मृत्यु भयो । यो सिंगो माक्र्सवादी जगतको लागि ठूलो क्षति हो । यो विश्व कै बामपंथी आन्दोलनको लागि ठूलोे क्षतिको कुरा हो ।  मैले डा लालबहादुर बर्माको नाम आजभन्दा चार दशकभन्दा पहिलेदेखि सुन्दै जान्दै आएको थिएँ । म शिलांगमा छँदा रहँदादेखि नै डा लालबहादर बर्माको नाम सुन्दै जान्दै आएको हुँ । मैले उनको बारेमा के कुरा थाहा पाएको थिएँ भने डा लाल बहादुर बर्मा गोरखपुर विश्वविद्यायलका इतिहास विषयका प्रोफेसर हुन् । उनले हिन्दीमा प्रगतिवादी पत्रिकाको सम्पादन गरिरहेका र त्यसमा पुष्पलालको नेपालकोे क्रान्तिका बारेमा लखिएका लेख प्रकाशित भएका छन् । उसरी  पुष्पलालका लेखहरू कलकत्ताबाट प्रकाशित हुने अंग्रजी पत्रिका फन्टियरमा पनि छापिन्थे । त्यतिबेला म शिलाङमा छँदा मैले लेखको  नेपाल सम्बन्धी एउटा लेख ह्वाट नेपाल वान्टस् फन्टियरमा प्रकाशित भएको थियो । डा लाल बहादुर बर्माले इतिहास बोध पत्रिका पछिसम्भ सम्पादन गरिरहे । यस पत्रिकाले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन निकै धेरै सुचना र प्रेरणा संप्रेषण गरिरह्यो । नेपाली