Skip to main content

Posts

Showing posts from February, 2019

पशुपति शर्माको भूकम्प ल्याउने गीत

सागरको बीचमा आए पछि अब भयले पछि हट्नु हुँदैन आँधी आई कुृर्ले कुर्लोस अब हिक्मत हार्नृु हुँदैन डुब्नु वा मर्नु यति न हो त्रास तँलाई लाखौ. डुब्छन् लाखौं मर्छन जगको रीत चलाउनलाई  ।        – सिद्धिचरण श्रेष्ठ पशुपति शर्माको नाम मैले धेरै दिनदेखि सुन्दै आएको छु । मलाई उनी निकै तगडा लोकदोहरी गायक लाग्दछन् । उनले गाउने लोकगीत धेरै जसो माया पीर्ति कै हुन्छन् । यदा कदा ेचेतनामूलक गीत गाए पनि । वास्तवमा गजलको जस्तो लोकदोहरीको विषय बस्तु मूलतं माया पीर्ति कै हुुने गर्दछ । तर यो कुरा साँचो होइन कि गजल वा लोकदोहरीको विषय बस्तु माया र्पीिर्त मात्र हुन सक्दछ । हुनु पदैछ । समय र परिस्थिति फेरिए जस्तै हरेक कुरा फेरिंदै जान्छन् । म केटाकेटी छँदा लोकदोहोरीको निकै चर्चा भएको सुन्दथें । उसरी लोक ेदोहरीलाई हाम्रा गाउँ घरतिर झाँउरै पनि भन्दछन्, । अझ लोकभाषामा त्यसलाई झाम्रे पनि भन्दछन् । झाम्रेमा धेरै जसो माया पीर्ति कै गीत गाइन्छ । कोही कोही मान्छे झाउरे गाउनमा निकै चर्चित हुन्छन् । सप्पीस हुन्छन् । म सानो छँदा मैले मन मायाको नाम सुन्दथें । मन मायालाई मैले कहिले नदेखेको भए पनि म के सुन्दथें भने ऊ सात

न्याय अन्याय

अन्याय पनि कहिलेकार्ही न्याय जस्तो भएर कुर्लिन्छ न्याय पनि कहिलेकाहीै अन्याय जस्तो भएर खुम्चिन्छ अन्याय अन्याय र्नै हो अन्याय न्याय हुन सक्दैन न्याय न्याय नै हो न्याय अन्याय हुन सक्दैन फेरि पनि यो दुनियाँमा अन्याय न्याय जस्तो भएर  लम्किन सक्दछ न्याय अन्याय जस्तो भएर  कुल्चिन सक्दछ मान्छेले न्याय र अन्यायलाई छुट्टाउन सक्ने हो भने मान्छेले न्याय र अन्यायलाई पहिचान गन सक्ने हो भने अन्यायको अस्तित्व नै रहने थिएन यो विश्वमा \न्याय जिउँदै मर्ने थिएन यो विश्वमा ।  २०–१०–२०७५

मान्छे

राम्रा मान्छेलाई पनि  बिना अर्थ नराम्रो मान्छे भनिन्छ  नराम्रा मान्छेलाई पनि  बिना अर्थ राम्रो मान्छे भनिन्छ जसले जे भने पनि आखिर राम्रो मान्छे राम्रै हुन्छ नराम्रो मान्छे नराम्रै । 20-10-2075

पागलहरूसितको सहयात्रा

कुनै  सयम अत्यन्त दुर्गम ठानिने गलकोट आजभोलि सुगम           स्थान बनेको छ । पूर्व पश्चिम पहाडी लोकमार्ग गलकोट हुँदै बुर्तीबाङ ढोरपाटनतिर लाग्दछ । गलकोट मुगलिन  पोखरा हुँदै पनि जान सकिन्छ । तानसेन रिडी हुँदै पनि । बुटबलबाट छोटो बाटो तानसेन रिडीको नै हुन्छ । तर पुरै बाटो पिच भएको छैन । भए पनि बिहान ७ बजे बुटबलबाट गाडी चढ्ने हो भने २ बजेसम्म  गलकोट हटिया पुग्न सकिन्छ । म तानसेन रिडीको बाटो हुँदै गलकोट  एकपल्ट मात्र गएको छु । तानसेनसम्म गाडीमा गई पैदल बाटो भने  धेरै पल्ट हिंडेको छु । उसरी म पैदल हिंडेर गलकोटबाट बुटवल पनि         झरेको छु र बुटबलबाट पैदल हिंडेर गलकोट पनि पुगेको छु । मलाई नरमाइलो लाग्ने दुइबटा कुरा सोच्दा अहिले पनि कहाली लाग्दछ । एउटा कुरा घरबाट एकाबिहानै आमाहरूबाट विदा भई बुटबलतिर लाग्दा र फेरि बुटबलबाट पैदल हिंड्दै गलकोटतिर लाग्दा । मलाई जस्तै घरबाट विदा भएर लाहुरतिर लाग्दा मेरा दाईलाई पनि दिकै नरमाइला लागेको रहेछ । उहिले । मलाई आमाले बताउनु भएको थियो –बिहान लाहुर जान घरबाट विदावादी भई निस्किुनु भएका दाईले पारि जिमिरेको डाँडाबाट वारि हुलुवा आफ्नो घरको आँगनमा कुखुरा हि