Skip to main content

Posts

Showing posts from May, 2018

तुृहिन युगमा मेरो देश

बुवाको जीवनकालमा मेरो अध्ययनप्रति कुनै रुचि रहेन । थिएन । बुबाले मलाई बटौलीमा भारी चलाउन आउँदा बोकेर लगेको ठूलो बर्णमाला अध्ययन गराउँदा म पढ्न पटक्कै मान्दैनथें । बुवाले कुटी कुटी मलाई अध्ययन गराएको भए पनि मैले कखरा र बाह्रखरीभन्दा बढ्ता केही पढ्न मानिनंंं ।  मैले त्यतिबेला  किन पढ्न मानिन त्यसका धेरै कारण होलान् । एउटा कारण त मलाई के लाग्दछ भने त्यतिबेला मेरा कान्छा बुबाका छोरा माइला दाईले मलाई भन्ने गर्दथे – तैले ठीकसित पढ्न सकिनस् भने तँलाई झेलखानामा तोरिन्छ । जेल हालिन्छ । फलामका डण्डीले पिटिन्छ । शायद मलाई यस कुरामा विश्वास भएको थियो । शायद यस कुराले मेरो मनलाई आतंकित पारेको थियो ।  त्यसैले पनि होला म पढ्ने कुरालाई खतरनाक कुरा ठान्न थालेको थिएँ । मलाई लाग्न थालेको थियो मैले ठीकसित पढिनं भने मैले ठूलो अपराध गरेको हुन्छु ।  म जेल पर्न सक्दछु । मलाई फलामका डण्डीले पिटिन्छ होला । उसरी मैले पढ्न नमानेको मेरो पढाइप्रति कुनै रुचि नभएर पनि हुन सक्दछ । मेरो पढाइ लेखाइमा मन नबसेर पनि हुन सक्दछ । ध्यान केन्द्रित नभएर पनि हुन सक्दछ । मैले पढाइ लेखाइको खास कुनै महत्व नबझुेर पनि हुन सक्दछ । 

पुष्प बिमान

१ साधुको भेषमा अवतरित रावणहरू यस पवित्र भूमिमा खिचिएका लक्ष्मणरेखा पार गर्दै अपरहण गरेर सीतालाई जबरजस्ती कोचेर पुष्प बिमानमा जम्बु जेटमा उडाइरहेका छन् दक्षिण दिशातिर हवाई मार्ग हुँदै तुफानी गतिमा २ सीता माताको प्रतिरक्षार्थ आकाशमार्गमा नै भिड्न गएको जटायुमाथि पं्रहार गरेर बेहिसाब वार गरेर धारिलो तलबारले पार्दै शक्त घाइते काटेर पंखेटा दुबै लडाइरहेका छन् भूतलमा पुराएर अर्ध मृुर्छित अवस्थामा ३ नयाँ घटना भने यो अवश्य होइन विगतमा पनि साधुको भेषमा अवतरित रावणका थुप्रै अवतारहरूले लक्ष्मणरेखा पार गर्दै यस पत्रित्र भूमिका सीता माताहरूलाई जवरजस्ती अपहरण गरी पुष्प बिमानमा कोचेर जेट बिमानमा कोचेर आकाश मार्ग हुँदै उडाएका हुन् दक्षिण दिशातिर तुफानी गतिमा सीता माताको प्रतिरक्षामा उत्रेका बीर जटायुृहरूमाथि प्रहार गरी  तलबारले शक्त घाइते पार्दै काटेर दुबै पखेटा उनीहरूका धरतीमा ढलाउँदै अर्ध मुर्छित अवस्थामा पुराउँदै  ४ यो क्रम जारी छ इतिहास जारी छ साधुको भेषमा भिक्षाको पात्र बोकेर आउने रावणहरूले लक्ष्मण रेखा अतिक्रमण गर्दै लुटपाट मच्चाइरहेका छन् यस ध

भोजपुृरी भाषाको कमाल

यो दुई दशकभन्दा अघिको कुरा हो । म बनारसबाट बुटवल फर्किंदै थिएँ । त्यस दिन म बनारसबाट सिधै बुटवल पुग्न त कुनै पनि हालतमा  सक्दैनथें  । त्यसैले मलाई साँझसम्म गोरखपुरमा उत्रेर रेक्शा गरी कुँडाघाट जानु पर्दथ्यो । कुँडाघाटमा बहिनीहरू बस्ने हुनाले बेलैमा गोरखपुर उत्रेमा मलाई त्यहाँ पुग्न कुनै गाह्रो हुँदैनथ्यो । तर रातिको बेलामा गोरखपुर उर्लेर कँुडाघाट पुग्न भने अवश्य पनि खतराको कुरा थियो । बीच बाटोमा गुण्डा लाग्ने ठूलो डर थियो । बनारसबाट गोरखपुर पुग्ने एउटा बाटो आजामगढ हुँदै जाने बाटो थियो । अर्को चालु बाटो माउ जिल्ला हुँदै गोरखपुर जाने बाटो । आजाम गढमा गाडी फेर्न पर्ने अवस्था थियो । यो बाटो छोटो भए पनि बेलामा नै बस पाउने कुरामा भरोसा हुन सक्दैनथ्यो । फेरि यस बाटोमा सरकारीभन्दा पनि प्राइभेट बसको सहारा लिनु पर्दथ्यो । प्राइभेट बसको कुनै भरोसा हुँदैनथ्यो । बढी चालु बाटो भने माउ जिल्ला हुँदै जाने बाटो नै थियो । फेरि यस बाटोमा रोडवेज चल्ने हुनाले त्यो बढी  सुरक्षित बाटो मानिन्थ्यो । अर्को कुरा यो बाटो हुँदै गोरखपुर निस्कन परेमा बीचमा गाडी फेर्न पर्ने झञ्झट हुँदैनथ्यो । रोडबेजमा बनारसबाट सि

मोदीका प्रिय पात्र कोली भाइ

मेरो स्पष्ट धारणा छ ओली नेपालको वाम आन्दोलनका शीर्ष नेता होइनन् । ओली नेपाल बाम आन्दोलनका त्यस्तो चर्चित व्यक्तित्व पनि होइनन् ।  नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल हुन् । झापा आन्दोलनका नेता सी पी मैनाली हुन् । मशालका नेता मोहनबिक्रम सिंह हुन् । माओवादी जनयुद्धका नेता पुष्पकमल दाहाल हुन् । तर पनि यतिबेला संसदीय राजनीतिमा के पी ओली माधव नेपाल , झलनाथ खनाल यहाँसम्म कि पुष्पकमल दाहालभन्दा पनि ठूला नेता हुन पुगेका छन् ।  ठूला नेता हुन जस्ता देखाइका छन् । यसकारण कि कांग्रेसले आफ्नो राष्ट्रवादी चेहरा देखाउन सकेन । यस कारण कि कांग्रेसको कुनै सर्वमान्य नेता हुन सकेन । यस कारण कि माओवादी फुट्यो । यस कारण कि कमल थापाहरूको दल बहुदलको दलदलमा फस्यो । यस कारण कि मधेसवादी पार्टी क्षेत्रीय पार्टी हुन पुगे । यस कारण कि मशाल प्युठानमा खुम्चियो । यस  कारण कि मजदुर किसान भक्तपुरमा ठिंगरियो  । कथित वामपन्थी पार्टी अझ कथित कम्युनिष्ट पार्टीमा एमाले सबभन्दा ठूलो दल हुन पुग्यो । इतिहासकै बिडम्बना भनौं घुमाइ फिराइ ओली एमालेका पुछारका नेता भए पनि पार्टी अध्यक्ष हुन पुगे । निर्वाचनमा एमाले सब

शक्तिको स्रोत

 नाकाबन्दीको बेलामा भारतीय पत्रिकाले नेपालका सबभन्दा शक्तिशाली प्रधानमंत्रीको रुपमा के पी ओलीलाई प्रस्तुत गरे । जनताले भ्रमवश ओलीलाई राष्ट्रवादी नेता भनेर होस् वा ओलीले जन धन र डनको प्रयोग गर्नाका साथसाथै माओवादी केन्द्र र अरु साना वाम पार्टीसित मिलेर चुनाव जितेर होस् पाँच बर्षको लागि नेपालको इतिहासमा नै शक्तिशाली प्रधानमंत्री भएका छन् किन पनि भन्न सकिन्छ भने उनले झण्डै दुई तिहाईको समर्थन प्राप्त गरिरहेका प्राधनमंत्री हुन पुगेका छन् र उनलाई कुनै पनि शक्तिले पाँच बर्षसम्म हल्लाउन सक्दैन । तर उनको शक्तिको स्रोत के रहेछ भन्ने कुराको रहस्य खुल्दै गइरहेको छ । पहिले महाकाली नदीको  भूमिकाले उनलार्ए शक्तिशाली बनाएको रहेछ । अहिले अरुण तेस्रोको कन्यादानले । इतिहास साक्षी छ सिक्किम भारतलाई सुम्पेका महाशक्तिशाली नेता लेन्डुप दोर्जे आफ्नै जीवनकालमा आफ्ना पतनको भयावह दुश्य अवलोकन गर्न वाध्य भएका थिए । यतिबेला उनी इतिहासमा नै धिक्कारका पात्र बनेका छन् ।

गजल

लम्पसारवादी ओलीको दिमाग नै भुटेर गए  महाधुर्त मोदी अरुण तेस्रो नदी लुटेर गए  के राख्न सक्दथे देशको अस्मिता सुृरक्षित यिनले  डाँका लुटेरा चोर चण्डाल सब यी जुटेर गए  जति जोडे पनि जालीहरूले  नाल नाता पुरानो  हाम्रै धरतीमा आएर हाम्रै मान्छे कुटेर गए  जति उत्पात गरे पनि पारिबाट वारि आएर खुंखार  अपराधीहरू बाइज्जत छुटेर गए  राहु र केतु मिले पछि  के दिन्थे सुख शान्ति कतै  हुने भो रजाइ शत्रु कै जनशक्ति फुटेर गए । ३०–१–२०७५

माक्र्सको संझनामा

तिमीले भन्यौ अहिलेसम्म दार्शनिकहरूले संसारको व्याख्या मात्र गरेका छन् अब आवश्यक छ संसार फेर्न हुन पनि हो बुझेर मात्र के गर्ने यो संसार बर्णन गरेर मात्र के गर्ने यो संसार संसार फेर्ने कुरा प्रमुख हो पmेर्नैको लागि बुझ्नु पर्दछ यो संसार यत्ति हो संसार फेर्ने कुरा कहाँ ससिलो छ र सजिलो भए त जसले पनि फेर्दथे यो संसार एक बार होइन दुई बार होइन हजार बार फेर्दथे यो संसार जो पनि बन्दथे संसार फेर्ने महानायक किन कोही भाग्दथे बीचबाटोबाट नै छोडेर संसार फेर्ने काम महापण्डित राहुले पनि माक्र्सको स्वरसित आफ्नो स्वर मिलाउँदै भनेकै थिए भागो नही दुनिया को बदलो तर पनि साँचो कुरा त के हो भने यो संसारमा संसार फेर्ने कुरादेखि भाग्ने मान्छे मात्र छैनन् संसार फेर्न अन्तिम विन्दुसम्म लाग्ने मान्छे पनि छन् यो संसारमा संसार फेर्ने मान्छे पनि छन् लेनिन यस्तै एउटा मान्छे थिए स्तालिन यस्तै एउटा मान्छे थिए माओ यस्तै एउटा मान्छे थिए उनीहरू माक्र्समा असल अनुयायी थिए उनीहरू माक्र्सका असल उत्तराधिकारी थिए उनीहरू संसार बुझेर मात्र बसेनन् उनीहरू संसारको व्याख्या मात्र गरेर बसेनन् उनीहरूले संस