Skip to main content

Posts

Showing posts from January, 2024

किताव महोमद अजिज र ग्रिन दास

  एकाविहानै उठेर म फेसबुक हेर्दै थिएँ । अचानक मेरो नजर पुस्तकको खातमा बसेर एक जना व्यक्तिले किताव पढिरहेको  दृश्यमा पर्यो । विनु पोखरेल फलोमा कति राम्रो कुरा पढ्न पाइयो शीर्षक राखेर यस्तो लेखिएको थियो —  मोरक्को देशको राबत भन्ने ठाउँका ७२ वर्षका किताब पसले हुन् उनी । महोमद अजिज नामका उनी दैनिक छ देखि आठ घण्टा पढ्छन् । अंग्रेजी, अरबिक र फ्रान्सेली भाषाका ५ हजार बढी पुस्तक उनले पढिसेका छन् । विगत ४३ बर्षबाट उनी एकै स्थानमा छन् । उनको पसलमा किताब बाहिरै  असरल्ल हुन्छन् । किताब बाहिर छाड्दा चोरीको डर हुन्न भन्ने .प्रश्नमा उनले भनेका छन् , जो पढ्दैन उसले चोर्दैन ।  जो पढ्छ उ चोर हुँदैन । यस अभिव्यक्तिले मेरो ध्यान आकृष्ट किन भयो भने म आसाममा स्कुल पढ्दा हाम्रा शिक्षक ग्रिन दासले पुस्तक चोर्ने सम्बन्धमा घतलाग्दा कुरा गरेका थिए । रोचक कुरा गरेका थिए । यो कुरा उनकै भनाइसित बाझ्दो थियो ।  ग्रिन दास चारदुवार हाई स्कुलमा आसामी भाषा साहित्य पढाउँथे ।  मैले आसामी विषय लिएको थिइनं । आसामी स्कुलमा उच्च कक्षामा हिन्दी पढाउने कुनै शिक्षक नभए पनि मैले आफै पढेर हिन्दीको जाँच दिने विचार गरेको थिएँ । आसामी

कलम र कम्प्युृटर

  कम्प्युटरसित बढे पछि बढी दोस्ती कलमसितको सम्बन्ध पातलिंदै जाँदो रहेछ  कम्प्युटरसित हुन थाले पछि बढी परिचित  कलमसितको सम्बन्ध पुरानिंदै जाँदो रहेछ कम्प्युटरसितको गाँसे पछि नाल नातो  कलमसितका नाल नातो मेटिंदै जाँदो रहेछ  कम्प्युटिरसित थाले पछि हुन हेलमेल कलमसितको चलखेल घट्दै जाँदो रहेछ कम्प्युटरसित गर्न थाले पछि कुराकानी  कलमसितकोे बोलीचाली बन्द हुँदै जाँदो रहेछ  कम्प्युटरसित थाले पछि उठ बस  कलमसितको भेटघाट कम ह्ुँदै जाँदो रहेछ  कम्प्युटरसित हुनथाले पछि मेल मिलाप  कलमसितको सम्बन्धमा बिराम लाग्न थाल्दोरहेछ  कम्प्युटरसितको सम्बन्धलाई गर्दै गए नबीनीकरण कलमसितको सम्बन्धको डेट एक्सपाएर हुन थाल्दोरहेछ  कम्प्युटरलाई दिन थाले पछि मन पेट  कलमसिमाथिको. भरोसा टुट्दै जाँदो रहेछ  फेरि पनि मलार्ई लाग्दछ  कम्प्युटर  आयो भन्दैमा कलमसितको युयौं पुरानो गाढा सम्बन्ध भुल्न पो कहाँ हुन्थ्यो र भुल्न पो कहाँ सकिन्थ्यो र  फेरि कुृरा यो पनि छ  कलम भनेको कलम नै हो  ् जति आधुृनिक र उन्नत भए पनि कलम जस्तो त के हुन्थ्यो र कम्प्युटर कम्प्युटर ह्याङ्ग पनि हुन सक्दोरहेछ कम्प्युटर करप्ट पनि हुन सक्दो रहेछ  कम्प्युटर ड