Skip to main content

Posts

Showing posts from March, 2024

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने कुनै क्ष

पट्टुको संझनामा

  यस्तै ६ बजे म र ज्ञानु घुम्टे कानूनी सेवा फर्मबाट आफ्नो निवासमा आएका थियौं । छोरा छोरी सुभाष र उत्कर्षा डाइनिङ टेबलमा बसेर ६ महिना अघि विदेश गएकी दिदी ईप्सासित भिडियो कलमा कुराकानी गरिरहेका थिए । म र ज्ञानु पनि डाइनिङ टेबलमा कुर्सी तानेर बस्यौं । पट्टु् मतिर आएर कहिले मेरो कुम, कहिले पाखुरा त कहिले टाउकामा बसिरहेको थियो । तर पट्टु सधैंको जस्तो हो हल्ला गरिरहेको थिएन । बोली रहेको थिएन । मौन बसिरहेको थियो ।  छोरी उत्कर्षाले भनी आज पट्टुले एउटा कप खसालेर फुटालेको थियो । शायद डराएर होला चुपचाप बसेको छ । कसैसित बोलेको छैन । विदेशमा गएकी छोरी ईप्सासित कुराकानी गरिरहेको बेलामा हामीले मोवाइलमा उसको अनुहार देखाइदिंदा ऊ घोरिएर हेर्दथ्र्यो । कतिबेला मोवाइलको नजदिक गएर स्पर्श गर्दथ्यो । हामीबीच कुराकानी यही पट्ट्को सम्बन्धमा चलिरहेको थियो । हामीले एकसाथ एक्युरियममा माछा र पट्ट्ु पालेका थियौं । माछा चुपचाप एक्युरियममा बस्दथे । तर पट्टु पिंजडामा बस्न चाह्न्नथ्यो । पिंजडामा राखे हो हल्ला गर्न थाल्दथ्यो । शोर मच्चाउन थाल्दथ्यो । यसले हल्ला गरे पछि नानी बाबुले त्यसलाई पिंजडा खोलेर बाहिर निकाली दिन्थे

बेलायतमा मेरो पत्रकारिता

बेलायतमा मेरो पत्रकारिता भन्न बित्तिकै कसैलाई लाग्न सक्दछ म बेलायतमा गएको छु र त्यहाँ बसेर पत्रकारिाता गरेको छु । तर कुरो त्यसो होइन । म बेलायतमा कहिले गएको छैन । अतयब यो कुरा स्वयंसिद्ध छ कि मैले बेलायतमा पत्रकारिता गरे पनि बेलायतमा बसेर पत्रकारिता गरेको भने होइन । गरेको भने छैन । यही बुटबलमा बसेर नै बेलायतमा पत्रकारिता गरेको हुँ । मैले बुटबलमा बसेर नै बेलायतको पत्रकारितामा हिस्सा लिएको हुँ । मैलै साला खाला दुई बर्ष जति बेलायतमा पत्रकारिता गर होला जस्तो लाग्दछ ंं । तर यो कुरा धेरै कमलाई मात्र थाहा छ । मैले बेलायतमा छद्म नाममा लेखहरू पठाएर पत्रकारिता गर्दथेंं । गरेको थिएँ । माओवादी युद्ध उत्कर्षमा प्गेको अवस्थामा सरकारले माओवादीलाई आतंकवादी घोषित गरे पछि माओवादीको पक्षमा लेख्नु वा उनीहरूको पक्षमा वकालत गर्नु आफू पनि माओवादी बनेको मानिन्थ्यो । ठानिन्थ्यो । त्यसैले सरकारका आँखा छल्न पनि मैले छद्म नामले लेख लेख्नु पर्दथ्यो । आफ्नो बिचार वा अभिमत जाहेर गर्नु पर्दथ्यो । हो त्यतिबेला माओवादीलाई जति सक्दो गाली गरेर वा सरकारको जति सक्दो प्रशंसा गरेर लेख लेख्न भने अवश्य  सकिन्थ्यो  । टिप्पणी गर

भोजराज नगरकोटीको संझनामा

  १८९१ मा मणिपुरको थम्बलमा जमादार बिरबल नगरकोटीको नेतृत्वमा ब्रिटिशका तर्फबाट मणिपुर विरुद्ध ठूलो लडाई भएको इतिहास पाइन्छ । यस लडाईमा जमादार विरवल नगरकोटीले देखाएको बिरताको चर्चा व्रिटिश  गोर्खा राइफल्सको इतिहासमा थम्बल डे को सन्दर्भमा हु्ने गर्दछ र त्यस दिन बिरवल नगरकोटीको समेत स्मरण गरिन्छ । यो कुरा सर्वप्रथम मैले भोजराज नगरकोटीको मुखबाट सुनेको थिएँ । पछि मैले यो कुरा गोर्खा राइफल्सको इतिहासमा पनि पढें । यो कुरा मैले श्यामराज जैसीको गोर्खा राइफल्सको इतिहास सम्बन्धी कितावमा पनि पढें ।  कुरो जे भए पनि मैले यस लेखमा जमादार बिरबल नगरकोटीको चर्चा गर्न खोजेको अवश्य होइन । तिनको बारेमा मलाई खासै धेरै जानकारी छँदा पनि छैन । यस लेखमा मैले यथार्थमा चर्चा  गर्न वा स्मरण गर्न चाहेका व्यक्ति हुन् — भोजराज नगरकोटी । हो, यी भोजराज नगरकोटी बिरबल नगरकोटीका बाजे हुन् । हजुरबुबा हुन् । मैले जमदार बिरवल नगरकोटीका नाती भोजराज नगरकोटीको बारेमा चर्चा गर्न खोजेको छु । उनको स्मरण गर्न खोजेको छु । भोजराज नगरकोटी शिलाङका रैथाने नेपाली हुन् । उनी लउसुतनका निवासी हुन् । बासिन्दा हुन् । लउसुतन बिष्णुपुरदेखि पल्लो