Skip to main content

Posts

Showing posts from November, 2021

ढाँडमा कैद कागजपत्रहरू

  उहिलेको कुरा हो  दशकौंं अघिको कुरा हो  कमरेड क्रान्तिमा होमिएको बेलाको कुरा हो  कमरेडले मसित गुनासो गरे  मेरो कागजपत्र तपाईका कागजपत्रमा परे  मिसिए  हराउन सक्छन्  मैले कमरेडलाई आश्वत पार्दै भने  तपार्इंको कागजपत्र  मेरा ढाँडमा परेका छन्  हराउँदैनन्  ढाँडमा परेका काजगपत्र यता उता पर्न सक्दछन्  तलमाथि पर्न सक्दछन् दायाँ बाँया पर्न सक्दछनु मिसिन सक्दछन् छासमिस हुन सक्दछन्  च्यापिएका हुन सक्दछनु दबिएका हुन सक्दछन् छेलिएका हुन सक्दछन् ओझेलमा पर्न सक्दछन् खोज्न कठिन पनि हुन सक्दछ  समय पनि निकै लाग्न सक्दछ  मेहनत पनि निकै धरै गर्नु पर्ने हुन सक्दछ   जाँगर पनि निकै धेरै चलाउनु पर्ने हुन सक्दछ  तर पनि तपाईंका ढाँडमा परेका कागजपत्रहरू यता उता  परेका कागजत्रहरू  तलमाथि परेका कागजपत्रहरू दायाँ बायाँ परेका कागजपत्रहरू मिसिएका कागजपत्रहरू छाससिम भएका कागजपत्रहरू च्यापिएका कागजपत्रहरू दविएका कागजपत्रहरू छेलिएका कागजपत्रहरू ओझलमा परेका कागजपत्रहरू अन्येत्र कतै परेका पनि  हुँदैनन् हराएका पनि हुँदैनन् लापता परेका पनि हुँदैनन् बेपत्ता भएका पनि हुँदैनन्  कमिलाले जस्तै पखेटा हालेर कतै उडेका पनि हँुदैनन्

गोंजालोप्रति दुृई शब्द

  मनेल रुवेन अविमेल गुज्यमान रेलोसो संक्षेपमा अविमोल  गुज्यमान अर्थात कमरेड गोञ्जालाको जन्म ३ दिसम्बर १९३४ मा लिमादेखि १००० किलोमिटर दक्षिणमा अरेकिपा क्षेत्रको इसले प्रान्तको बन्दरगाह शहर मोलेन्डोमा भएका थियो । उनी एकजना धनी व्यापारी ऐयासी बाउका छोरा थिए जसका धरै बैद्य अवैद्य श्रीमतीहरू रहेका थिए । गोञ्जालोकी आमाका नाम थियो बेरेनिस रेनोसो । उनकी आमाको मृत्युृ उनी पाँच बर्षको छँदा भएको थियो । आमाको मृत्युृ पछि १९३९ देखि १९४६ सम्म उनी मावलीमा गएर बस्न थालेका थिए । १९४६ पछि भने उनी आफ्ना बाउसित अरेकिपा शहरमा गएर बस्न थाले । त्यहाँ उनले प्राइभेट क्याथोलिक माध्यमिक विद्यालय कलेग्रो डेला सालेमा अध्ययन गर्न थाले । १९ बर्षको उमेरमा उनले अरेकिपाको सान अगस्तीन नेशनल युनिवर्सिटीमा सामाजिक शास्त्रको अध्ययन गर्न शुरु गरेका थिए । विद्यार्थी जीवनदेखि नै उनी माक्र्सवादप्रति आकर्षित भएका थिए । पेरुको कम्युनिष्ट पार्टीका संस्थापक जोसे कार्लोस मेरियातेगुईको प्रसिद्ध पुस्तक पेरुको वास्तविकता सम्बन्धमा  सात आलेखहरूका अध्ययनले उनको राजनैतिक चिन्तनमा प्रभाव पारेको थियो ।  उनलाई १९६२ मा अभाकुचोको ह्युमान्गा व