Skip to main content

Posts

Showing posts from June, 2022

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला कविताको फुृलबारीमा हराउन पनि थालेको हुृँला कविताको फुलबारीमा कविताको फुलबारीबाट केही

शंकरमानसितको झडप

  हुन त यस विषयमा कलम चलाउने मेरो कुनै उद्देश्य वा योजना थिएन । सोंच थिएन । तर  कहिले आफूले नसोचेको विषय पनि लेखको  विषय बन्दछ । आफूले  कहिले  नसोचेको विषयमा पनि कलम चलाइन्छ । यस लेखको सम्बन्धमा यस्तै भएको छ ।  पटक पटक मेरा मित्र ऋषिराम भुसालले म त साह नि को प्रसंग उठाइरहेको र हालसालै भेट हुँदा पनि उनले यस प्रसंगलाई कोट्याएको हुँदा  यस विषयमा पनि कलम चलाउने सोंच मेरो बन्यो । त्यसैको परिणाम यो लेख हो ।  म जब योगीकुटीतिर निस्किन तालिम केन्द्रको आड  हुँदै  कालिकानगरको बाटो हिंड्छु त्यहाँ एकजना  चिर परिचित व्यक्तिको नाम रहेको पथ जाने संकेतको  बोर्ड राखेको बाटो देख्दछु । त्यस बाटो वा पथतिर मेरो नजर पर्दछ ।  त्यो पथ हो शंकरमान पथ ।  शंकरमान पथ देख्नासाथ मेरो मनमा अनेक कुरा खेल्न थाल्दछन् । मेरो अगाडि एउटा सिंगो इतिहास उपस्थित भए जस्तो लाग्दछ ।  मेरो वा हाम्रो शंकरमान श्रेष्ठसित पहिलो र अन्तिम भेट राजमार्ग चौराहामा भएको थियो । त्यतिबेला म भैरहवा बहुमुखी क्याम्पसमा पढाउँथे । भैरहवामा नै बस्दथें ।  कुनि के कामका लागि म र केशव घिमिरे बुटबल आएका थियौं । बुटबलमा साथीहरूले हामीलाई बुटबलमा बस्ने आग्

निन्दकहरूको सही परिचालन

    कतिबला मान्छको गलत सोंच नै उसको दुृश्मन बनेको हुन सक्दछ । यसैले पनि हामीले आफ्नो सोचलाई पनि परिवर्तन गर्नु पर्ने आवश्यता पर्दछ । हामीले हाम्रै फायदाको लागि पनि हाम्रो सोंचमा परिवर्तन ल्याउन आवश्यक पर्दछ ।  हामीले जहिले पनि राम्रा मान्छेहरूले मात्र राम्रा काम गरेको कुरा सोंच्दछौं । हामी कहिले यो कुृरा सोच्दैनौं कि नराम्रा मान्छेले  पनि राम्रा काम गर्न सक्दछन् । नराम्रा मान्छेले पनि राम्रा काम गरेका छन् ।  खराब मान्छोमा पनि असल गुण हुन सक्दछ । रत्नाकार डाँकुको नाम हो । रत्नाकार  हत्यारा तथा लुटेराको नाम हो । तर रत्नाकार डाँकु पछि ठूला कवि भए । बाल्मिकी भए । रामायणका लेखक बने । सम्मानीत व्यक्तित्व बने । पुजनीय व्यक्ति बने ।  रावण खराब मान्छे थिए । अझ राक्षस थिए । तर उनले सीतालाई अपहरण गरे पनि ससम्मान राखे । सुरक्षित राखे । महिलाहरूकै संरक्षणमा राखे ।  रावण रामका दुश्मन थिए । तर रामले लक्ष्मणलाई भने जाऊ मृत्युको मुखमा पुगेका रावणबाट ज्ञान गुण तथा शिक्षाका कुरा लिएर आऊ । रावण खराब मान्छे थिए । तर उनले  सुनको लंका बनाएका थिए ।  उनले दूधका नदी बगाउने लक्ष्य लिएका थिए । उनले स्वर्गमा जान स

बालन शाहको शक्तिको स्रोत

    यतिबेला नेपालको राजनीतिको चर्चाको शिखरमा छन् काठमाण्डौका मेयर बालन शाह । उनी पहिले पनि चर्चित व्यक्ति हुन् । ठूला ठूला पार्टीका उम्मेदबारलाई पछारेर काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी बने पछि बालेन शाहको चौतर्फी चर्चा हुनु स्वभाविक हो । उनी यतिबेला नेपाली राजनीतिका  बहुचर्चाका विषय बनेका छन् । व्यक्ति बनेका छन् । केन्द्र बनेका छन् । बास्तवमा ठूला ठूला पार्टीका उम्मेदवारलाई पछारेर मेयर पदमा विजयी हुनु चानचुने कुरा होइन पनि । थिएन पनि । बालेन शाहमा अद्भुत क्षमता भएर नै उनी विजयी भएका हुन् ।  हुन त कुनै पनि व्यक्ति बिजयी  एक  दुई कारणले मात्र बन्दैन । यसका अनेक कारणमध्ये एउटा कारण पार्टीप्रतिको जन आक्रोश पनि हुन सक्दछ । कारण जे भए पनि बालेन शाह यतिबला काठमाण्डौ महानगरपालिकाको मेयर पदमा शानदार रुपमा विजयी बनेका छन् । सत्य कुरा यही हो ।  विहानीले दिनको संकेत गर्दछ भने जस्तै उनले सर्वप्रथम बैठकलाई पारदर्शी बनाउने र काठमाण्डौको फोहोर व्यवस्थापनको समस्यालाई हल गर्ने दिशातिर पाइला चालेका छन् । यिनको काम गर्ने शैली पनि राम्रो र प्रभावकारी नै देखिन्छ । आकर्षक नै देखिन्छ । स्टक्चरल इंजिनियरि