Skip to main content

Posts

Showing posts from March, 2018

बोक्सीको आराधना

हे बोक्सी देवी म तिम्रो सभक्ति प्रार्थना गर्दछु म तिम्रो बरु कठोर कठीन तपस्या गर्दछु मलाई पनि बोक्सी बन्ने रहर छ मलाई पनि तिमी जस्तै बोक्सी बनाऊ हो मलाई पनि तिमीलाई जस्तै छौडा नचाउने रहर छ मलाई पनि छौडा नचाउन सिकाऊ मलाई पनि तिमीलाई जस्तै छौडा छोड्ने रहर छ अन्धविश्वासीका घर घरमा छौंडा छोड्ने तालिम देऊ मलाई पनि बक्सी बनाऊ तिमीले कसैका जिउमा दा“त गाडेर नीलडाम पारे जस्तै म पनि जनद्रोहीका जिउमा जहरिला दा“त गाढेर नीलडाम पार्न चाहन्छु रगत नै  चुस्न चाहन्छु तिमीले कसैलाई ऐंठन गराएर रातभरि चैनको नींद सुत्न नदिए जस्तै म पनि देशद्रोहीलाई मस्त सुतिरहेको बेलामा ऐंठन गराएर बेचैन बनाउ“छु म तिमीले जस्तै आ“खा लगाउ“छु नया“ नेपालको बाटोमा का“डा लगाउनेहरुका दाना पानीमा म तिमीले जस्तै बान हान्छु देशको अग्रगतिमा तगारो बन्नेहरुका मुटु मुटुमा हे बोक्सी देवी मलाई पनि तन्तर मन्तर गर्न सिकाऊ सारा तालिम गराऊ मलाई पनि तिमी जस्तै बोक्सी बनाऊ डायना डंकिनी बनाऊ किच्किनी बनाऊ पिचासिनी बनाऊ कुटनी बूढी बनाऊ रा“को बाल्दछु म पापी समाजमा आगो लगाउ“छु म अपराधी जगतमा हे बोक्सी देवी मलाई

सपना र जीवन

सपना जीवन हो जीवन सपना हो सपना नै नभएको जीवन बाँच्नु पनि के बाँच्नु सपना हुनु पर्दछ जीवनमा जीवन जीवन हुनको लागि पनि सपना हुनु पर्दछ जीवनमा बाँच्नको लागि पनि फरक के हुन्छ मुर्दा र जिउँदा मान्छेमा आखिर सपना नै छैन जीवनमा कुनै पनि भने हो,बाँच्न त बाँच्दछन् मान्छेहरू सपना नभए पनि जीवनमा कुनै बाँच्नु पनि पर्दछ मान्छे जीवनमा कुनै सपना नभए पनि   । १–१२–२०७४

कटुवाललाई काठमाण्डौमा भेट्दाका कुरा

म शिलाङमा छँदा शुरुदेखि नै हरिभक्त कटुवालको नामसित निकै परिचित भएको थिएँ । निकै परिचित रहेको थिएँ । त्यतिबेला शिलाङ मेघालयको राजधानी बनिसकेको थिएन । मेघालय असमबाट छुट्टिएकै थिएन । शिलाङ असमकै राजधानी रहेको थियो । असमका निकै चर्चित कविहरूमा हरिभक्त कटुवालकै नाउँ अग्रिम पंक्तिमा आउँथ्यो । उनी ‘आकाशका तारा के  तारा’ लेखेर निकै नामी कवि भएका थिए । लोकप्रिय कवि भएका थिए । त्यतिबेलासम्म उनको भित्री मान्छे बोल्न खोज्छ कविता संग्रह प्रकाशित भैसकेको थियो । उनको सुधा खण्ड काव्य पनि प्रकाशित भएको थियो । सुधा खण्ड काव्यमा कविले शिलाङको सुनाकुरुङका प्रसिद्ध झरना –विडन र विशप फल्सहरूको प्राकृतिक सौन्दर्यको चर्चा गरेका छन् । त्यतिबेला हरिभक्त कटुवाल कै सम्पादनमा असमेली १२ जना कविहरूको  संयुक्त कविता संग्रह पूर्व किरण पनि प्रकाशित भएको थियो ।  यसमा कृष्णप्रसाद ज्ञवाली , पुष्पलाल उपाध्याय , गोपीनारायण प्रधान , गजेन्द्र क्षेत्री ,लक्ष्मीप्रसाद तिम्सिना ,पद्मबहादुर थापा , जगतबहादुर प्रधान , हरिप्रसाद गोर्खा राई ,  हरिश पुरी, हरिभक्त कटुवाल, गुरुभक्त जैसी र बिरही सुब्बाका कविताहरू संग्रहित गरिएका छन् ।

इन्द्रबहादुर राईको सम्झनामा केही शब्दोद्गार

सामाजिक संजाल तथा पत्र पत्रिकाबाट थाहा भयो– नेपाली साहित्यका एक महारथी इन्द्रबहादुर राई (बि.सं १९८४–२०७४) को ९० बर्षको उमेरमा यही २२ गते मंगलबारको दिन आफ्नै निवासमा दाजींलिङमा दुखद मृत्यु भयो । धेरैले उनको मृत्युप्रति शोक सम्वेदना प्रकट गरे । म निकै दुखित हुँदै  इन्द्रबहादुर राईको स्मरण गर्न पुग्दछुं । यो १९७२ तिरको कुरा हो । त्यतिबेला म शिलाङमा थिएँ । गोर्खा दुःख निवारक सम्मेलन ,दार्जीलिङको तत्वाधानमा १४,१५ र १६ जुलाई १९७२ मा आयोजित विराट्  नेपाली साहित्य सेमिनारमा भाग लिन शिलाङबाट नेपाली साहित्य परिषद्, नेपाली भाषा संघर्ष समिति, प्रगति संघ तथा अखिल शिलाङ नेपाली विद्यार्थी सघका प्रतिनिधिहरूका रुपमा हामी प्रा गोपीनारायण प्रधान, दिल साहनी, धर्मलाल भूसाल, ईश्वरी प्रसाद खनाल, मनबीर कुँवर, तुलसीराम क्षेत्री, होमलाल तिम्सिना र लीलबहादुर मिजार दार्जीलिङ पुगेका थियौं । आसामका प्रतिनिधिमध्ये दार्जीलिङ पुग्नेहरूमा गुवाहाटीबाट अनुराग प्रधान र गोपालबहादुर क्षेत्री , पावै (  डिग्बोई ) बाट श्यामबहादुर सुब्बा ( लिबाङ ) र सन्तकुमार देवान थिए । त्यतिबेला मैले के सोंचिरहेको थिए भने निश्चित रुप

पारिजातलाई मन परेको मेरो प्रतिबन्धित कविता

प्रायजसो कवि कथाकार हुँदैन । नाटककार उपन्यासकार हुँदैन । निबन्धकार समालोचक हुँदैन । यद्पि कविले कथा पनि लेखेको हुन्छ ।  नाटककारले उपन्यास पनि लेखेको हुन्छ । निबन्धकार समालोचक पनि हुन्छ । पारिजात कवि हुन् कि आख्यानकार भन्न गाह्रो छ । शायद उनी दुबै हुन् । कवि पनि । आख्यानकार पनि । निश्चित रुपमा कुनै रचना कत्तिको राम्रो छ त्यसको मूल्यांकन समालोचकले गर्दछन् । यस कारण समालोचकको दृष्टि साहित्यिकको सृजनामाभन्दा बढी साहित्यिको निरुपणमा केन्द्रित रहेको हुन्छ । सौन्दर्य शास्त्रमा केन्द्रित रहेको हुन्छ । हुन त किम उल सुंगले भनेका छन् साहित्यका साँचा पारखी जनता हुन् । जनताको आँखामा राम्रो ठहरिएको रचना नै राम्रो रचना हुन्छ । राम्रो सृजना हुन्छ । यो कुरा सही हो । वास्तवमा साहित्यकारले सृजना गरेको सामाग्री जनताको लागि नै हो । साहित्यकारले समालोचकहरूका लागि साहित्य सृजना गर्दैन ।  साहित्यकारले साहित्यकारको लागि साहित्य सृजना गर्दैन । साहित्यकारले जनताको लागि नै साहित्य सृजना गर्दछ । अझ आधुनिक भाषामा साहित्यकारले पाठकको लागि साहित्य सृजना गर्दछ  । तर हामी देख्दछौं के भने धेरै जसो साहित्यको अध्ययन