Skip to main content

Posts

Showing posts from December, 2021

सन्दर्भ जीवराज आश्रितको चिठी

  कम्युनिष्ट सिद्धान्त बिचार पाटीं नेता वा कार्यकताप्रतिकोे आस्था वा प्रतिबद्धतामा शुरु शुरुमा नजदीकीपन ,जातियता क्षेत्रीयता नाता गोता संगी साथी भाइ भतिजा आदिका कारणले पनि काम गर्दो रहेछ । प्रभाव पार्दो रहेछ । मेरो जीवराज आश्रितसितको सम्बन्ध यसरी हेर्दा उनीप्रति म आकर्षित हुने पहिलो कारण क्षेत्रियता नै थियो । ईलाकाबादी बिचार थियो । सोंच थियो । चिन्तन थियो । यद्पि यो कुरा बेग्लै हो कि म जीवराज आअितको नजदीकीको नाताले प्रभावित भई पुष्पलालको नेतृत्वको नेकपामा संगठित भएको होेइन । बरु पुष्पलालको नेतृत्वमा संगठित नेकपामा क्रियाशील रहँदा जीवराज आश्रितसित सम्बन्ध स्थापित हुन गएको हो । नजीदीकी बढ्न गएको हो । आत्मीयता बढ्न गएको हो । जब म पुष्प लालको नेतृत्वमा संगठित भएर बनारस जान आउन थालें मेरो त्यहाँ जीवराज आश्रितसित भेट भएको थियो । परिचय भएको थियो । चिनाजानी भएको थियो । यद्पि सर्वप्रथम कुन ठाउँमा कहिले कसरी भेटघाट र परिचयको आदान प्रदान भयो त्यसको तीथि मिति लगायतका तथ्य तथ्यांक म स्मरण गर्न सक्दिनं । स्मरण गर्न संभव छ जस्तो पनि मलाई लाग्दैन ।  तर पनि शिलाङबाट छात्र फेडरेसन ,साहित्यिक सांस्कृतिक

स्वदेश बन्दना

                  आफ्नो स्वदेश जस्तो प्रिय कहिले  हुन्थ्यो कुनै बिदेश  यसैले  मन हुन्छ  घर  फर्किने फाल्न नै सास शेष आज  आज   भोलि भोलि  भन्दा भन्दै  दिन  घर्किन सक्छ घर  फर्किने  देखे पनि सपना  उ नफर्किन सक्छ                           उखेल्न जरा  नै गढेमा गहिरा सजिलो  के हुँदो हो फर्किन नै नसक्दा जन्मभूमिमा मन कति रुँदो हो  चर्न भनी गएका थिए प्रदेश बने चरनबासी फर्किन त त्यति सजिलो के हुन्थ्यो  सिर्जना सारा मासी                             फर्किने नै कुनै  दिन भए पनि राखे  पनि त आश गएको छ प्रदेशमा नै धेरैको   अंतिम पापी सास प्रदेशीका आफन्तका  मनमा त  सधै रहने त्रास बाकसमा बन्द भै  आउने हो कि सास बिनाको लाश                             कति छन् बिदेश लाागेर सानैमा फर्केर  नआएका चिठी पत्र खबर केही पनि त कहिले नपठाएका कती हो कति साल नै भैसकेको बिदेशमा गएको  मर्दाे जिउँदोको थाहा पत्तो केही कहिले नभएको                            कतिलाई सताउँदो हो यादले के दिन र के रात पश्चताप  पनि हुँदो हो सोंचेर  आएछु लागी मात न साथमा आफ्ना कुनै  संगी  साथी  न कसैको  ममता टिक्न त के सकिंदो हो प्रदेशमा   बिना