Skip to main content

Posts

Showing posts from October, 2022

गल्कोट

  म सोंच्दछु  मलाई लाग्दछ  गल्कोट गल्कोटमा छैन  प्रथम विश्व युद्ध लडेको गल्कोट  द्वितीय विश्व युद्ध लडेको गल्कोट युद्ध लड्न जहाँ पनि पुगेको गल्कोट  युद्ध लडेर कहिले नथाकेको गल्कोट हिजो लाहुर जान्थ्यो गल्कोट  इंडिया बर्मा जान्थ्यो देहरादुन भाक्सु धर्मशाला अल्मोडा काश्मिर जान्थ्यो  जान त दिल्ली बम्बई मदरास पनि जान्थ्यो  काशी कलकत्ता कानपुर पनि जान्थ्यो  तर पनि बढी त  आसाम गुवाहाटी तिनसुकिया शिलाङ चिरापूंजी जान्थ्यो  नागालैण्ड मणिपुर ऐजल तृुरा जान्थ्यो हुँदा हुँदा गल्कोट मलाया हङकङ जान थाल्यो बेलायत जान थाल्यो अहिले त  गल्कोटका लागि कतार कुबेत साउदी दृुबईं  मलसिया जापान कोरिया सबै  पानी पधेरो भएको छ  अमेरिका क्यानाडा अस्ट्रेलिया युरोप  बसाइ सराइको नयाँ मुलुक भएको छ  पृथ्वीको  जुनसुकै कुनामा गए पनि गल्कोट भेटिने छ  गल्कोटको भ्रमण गर्न पाइने छ  गल्कोटको दर्शन गर्न पाइने छ  गल्कोट यत्र तत्र सर्वत्र छ  सर्वव्यापी छ  कहाँ छैन र गल्कोट सिर्फ गल्कोट गल्कोटमा छैन । ५–७–२०७९ २२–१०–२०२२