Skip to main content

Posts

Showing posts from May, 2022

बालेन शाह र रेणु दाहाल

    यतिबेलाको स्थानीय निर्वाचनको सन्दर्भमा दुई जना व्यक्तिको विशेष चर्चा छ । ती दुई व्यक्ति हुन् बालेन शाह र रेणुका दाहाल । बालेन शाहको जीत हारसित मलाई खासै चासो छैन । उनले हारे पनि ठीकै छ । उनले जिते पनि ठीकै छ । तर मलाई रेणु दाहालले भने जिते हुँदो हो जस्तो लागेको छ ।  उनी प्रचण्डकी छोरी भएको कारणले होइन । उसरी प्रचण्डीकी छोरी चुनाव लड्न पाउँदिनन् भन्ने कुरा नेपालको संविधानमा लेखेको छैन । जो पनि चुनाव लड्न पाउँछ । संविधानमा व्यवस्था भएको शर्त पुरा गरेमा । प्रचण्डको पार्टीले रेणुको ठाउँमा  अरुलाई उम्मेदवार बनाएको भए पनि राम्रै हुन्थ्यो ।  जुनसुकै कारणले पनि रेणुलाई पार्टीले उठायो  । गठबन्धनले उठायो ।  यो उनीहरूको मामिला भयो । तर केही महिलाहरूले रेणुको विरुद्धमा विष बमन गरेको , उनलाई गर्नुसम्म गाली गरेको र उनीमाथि अनेक आरोपमाथि आरोप लगाएको मिडिया मार्फत सुन्दा मलाई उल्टै आरोप गगाउने व्यक्तिप्रति घृणा लाग्यो । रेणुप्रति सहानूभूति जाग्यो । यो कुनै सिद्धान्त राजनीति वा दर्शनको कुरा नभएर नितान्त मानवीय स्वभावसित सम्बन्धित कुरा हो ।  रेणुले आफ्नो कार्यकालमा धेरै राम्रो काम गरिन् भन्ने कुरा म