Skip to main content

Posts

Showing posts from September, 2021

हली गोठालाको गर्जन

हली गोठालाको गर्जन अक्सफोर्ड उत्पादित मान्छेहरू हार्वड उत्पादित मान्छेहरू तिमी आफूलाई संसारको सबभन्दा ठूला बुद्धिमान मान्छे ठानेका हुन सक्दछौं संसारको सबभन्दा बढी जान्ने बृुझ्ने ज्ञानी मान्छे ठानेका हुन सक्दछौ यो दुनियाँमा तिमीले जान्नु पर्ने बृुझ्नु पर्ने र सिक्नु पर्ने कुनै कृुरा नभएको ठानेका हृुन सक्दछौं हामी हली गोठालालाई त तिमी के गन्दथ्यो हामी हली गोठाला त तिमी पटमुृर्ख नै ठान्दछौ हामी हली गोठालालाई त तिमी पाखे नै ठान्दछौ देश र दुनियाँ नदेखको गँवार नै ठान्दछौ गँवार गाउँले नै ठान्दछौ दुई पैसाको पनि बुद्धि नभएको. मान्छे. ठान्दछौ ठीक हो हामीले तिमीले जस्तै अक्सफोर्डको मुख देखेका छैनौ ठीक हो हामीले तिमीले जस्तै हावर्डको दैलो कुचेका छैनौ हो हामीले तिमीले जस्तै देश र दुनियाँ देखेका छैनौं तर पनि हामीले हाम्रा भीर कान्ला देखेका छौ पाखा पखेरा देखेका छौं . डाँडा काँडा देखेका छौं खेत बारी खरवारी देखेका छौ हो हामीले. हाम्रो मुलुकको ढुँगा माटा देखेका छौं यही ढुंगा माटामा पुर्खाका पसिना बगेको देखेका छौं यही ढुंगा माटामा पुर्खाका रगत बगेको देखेका छौं यही ढुंगा माटामा पुर्खाका हड्डी र छाला गले

काली गण्डकीको गुंजन

     हिमालको सेताम्मे भएको जटाबाट मूल फुटेर धारण गरी काली गण्डकीको विराट यो स्वरुप      निर्माण गर्दै आफ्नो स्वतन्त्र मार्ग काली गण्डकी पथ काटेर पहाड पर्वत बगाएर बाटाका कुँडा करकट  बनाएर विश्वकै सबभन्दा गहिरो खोच अनादिकालदेखि  अनवरत  अविचल  बेरोक टोक आफ्नै मार्गमा े आफ्नै पथमा आफ्नै गतिमा े आफ्नै तालमा  आफ्नै सुरमा  सुन छर्दै किनार किनारमा शलिकरामको चांग लगाउँदै ठाउँ ठाउँमा वरिपरिका जमीनलाई सिंचन गर्दै  दायाँ बायाँ मानव वस्ती बसाल्दै नयाँ नयाँ शहर सभ्यता र संस्कृतिको निर्माण गर्दैे प्राणी जगतको अस्तित्व रक्षाको लागि अनुकुल बाताबरणको सृष्टि गर्दै दृढ संकल्प र महान लक्ष्य बोकेर  बगिरहेको म काली गण्डकीमाथि मेरा केही ज्ञात अज्ञात बैरीहरूले  प्रत्यक्ष अप्रत्यक्ष रुपमा  धावा बोलेको आभास मलाई भइरहेको छ ् ममाथि हमला भइरहेको आभास मलाई भइरहेको छ मलाई क्षत विक्षत पार्ने दाउ चलिरहेको आभास मलाई भयरहेको छ मेरो परिचय र पहिचान मेटाउने चाल चलेको आभास भइरहेको छ ममाथि तीव्र शोषण र दोहनको जाल बिछाउने षडयन्त्र भइरहेको आभास मलाई भइरहेको छ मेरो रुप नै कुरुप पार्ने क्रियाकलापले तीव्रता लिएको अनुभूति मलाई भइरह

एमसीसी इस्ट इंडिया कम्पनीको अमेरिकी संस्करण

  राणाकालको अन्त्य पछि हाम्रा मुलुकमा राणाकालमाभन्दा बढी राष्ट्रघात भएको छ । १९५० को नेपाल भारतबीच भएको सन्धि राणाकालपछिको राष्ट्रघातको प्रस्थानबिन्दु हो । यो सन्धि भारतले आफ्नो स्वार्थको लागि नेपालमाथि लादेको सन्धि हो । राणाकालपछि उत्तरमा भारतीय चेकपोष्ट राखिनु अर्को राष्ट्रघात थियो । भारतले नेपालको अपार जलस्रोतमाथि शुरु देखि नै आँखा गाढेको थियो । त्यसमाथि आफ्नो कब्जा जमाउन चाहन्थ्यो । मातृका प्रसाद कोइरालाको पालामा राष्ट्रघाती कोशी सम्झौता भयो । विपीको कोइरालाको पालामा राष्ट्रघाती गण्डकी सम्झौता भयो ।  गिरिजा प्रसाद कोइरालाका पालामा  राष्ट्रघाती टनकपुर समझौता भयो । यी तीनबटा समझौता नेपाली कांग्रेसके सरकारले गरेको थियो । अझ कोंइरालाहरूबाट गरिएको थियो । त्यतिबेला नेपाली कम्युनिष्टहरूले नेपाली कांग्रेस राष्ट्रघाती हो भन्दथे । यसले  नेपालका  नदी नाला बेचर खायो भन्ने आरोप लगाउँथे । अझ के पनि भन्दथे भने कृष्ण प्रसाद कोइरालाका तीन भाइ मातृका विश्वेश्वर र गिरिजाले नेपालका नदी भारतलाई सुम्पेर ठूलो राष्ट्रघात गरे । नेपाली कांग्रेस भारतको दलाल हो । तर राष्ट्रघाती महाकाली सन्धि गर्नमा नेपाली कम्

स्वतन्त्रता

कुरा त्यतिबेलाको हो  म बन्दी बनेको थिएँ व्यारेकभित्र  काँडेतारभित्र  बिना कुनै हातमा हत्कडीे बिना कुनै खुट्टामा नेल बिना कुनै आँखामा कालो पट्टी म बन्दी बनेको थिएँ बिना कुनै यातना  बिना कुनै प्रताडना हो, पुरै स्वतन्त्र थिएँ म व्यारेकभित्र काँडेतारभित्र  यत्ति हो बस भनेको ठाउँमा म बस्नु पर्दथ्यो  बस्न मन लागे पनि नलागे पनि सृुत बनेको ठाउ्रँमा म सुत्न पर्दथ्यो  निंद लागे पनि नलागे पनि  खा भनेको कुरा मैले खान पर्दथ्यो  खान मन लागे पनि नलागे पनि  खाना दिने सिपाही भन्दथ्यो  अलि बढी जोर गरेर खानुहोस् खाना घटाउँदै गर्नु भएको छ दुब्लाउनृु होला म बसेको ठाउँमा  सिपाही चिया लिएर आउँदथ्यो भन्दथ्यो एक्लै बस्नु पर्दा बोर  लाग्यो होला चिया पिएर भुल्नुहोस्  सुवदार साहेब भन्दथे  मेजर साहेवले माथि पठाए तपाइलाई गाह्रो पर्ला  यहीबाट छोडिदिए राम्रो हुन्थ्यो मेजर साहेब भन्दथे  पृुलिसले तपाइलाई समातेको कुरा पनि हामीलाई थाहा थियो  तपाइलाई समात्नु पर्दछ भन्ने उजुरीहरू नपरेका होइनन्  तर पनि हामीले बेबास्ता गरेका थियौं माथिबाट नै आदेश भएकोले तपाइंलाई समात्न परेको हो  संकटकालको बेला  मान्छे बेपत्ता भएका भई थिए  मा

आशा

    बनेको छैन अझसम्म यो देश   कैले कसैको दास गद्दारले बनाउँछ् कि गुलाम     भन्ने भए नि त्रास  रहेसम्म हाम्रो शरीरमा बाँकी   एक मुठी नै सास  बचाउन सकिएला यो मृुलुक  भन्ने ह्ुृन्छ नै आश  बढ्छन् देशभक्तहरू लाम लागी गर्दै ठूलो साहस बीरहरूले नै आखिर  देशमा  रच्ने हो इतिहास  हुन्थे केलाई उनीहरू कहिले केहीले नै निराश दिंन्थे नै  केलाई देशद्रोहीलाई   गर्न कुनै विनाश  हुनै नदिएर कतैबाट पनि देशको सत्यानाश  गर्ने छन् देशभक्त मिलेर नयाँ युगकै शिलान्यास । १९–५–२०७८  

पुष्पलाल र वी पी कोइराला

   मैले वी पी कोइरालाको नाम म नेपाल छँदादेखि नै सुन्दै आएको भए पनि पुष्पलालको नाम भने धेरै पछि मात्र सुन्न थालेको हुँ ।  वास्तवमा मैले पुष्पलालको नाम शिलाङ छँदा बल्ल सुन्न थालेको हुँ । भनौं मैले पुष्पलालको नाम साठीको दशकको अन्त्यतिर र सत्तरीको दशकको प्रारम्भदेखि सुन्न थालेको हुँ । मैले पुष्पलालको नाम सुन्दा एक किसिमले म अघोषित रुपमा कम्युनिष्ट बिचारको नजिक नजिक पुगिसकेको थिएँ । भनौं म कम्युनिष्ट समर्थक भइसकेको थिएँ । मैले पढ्ने गरेको साहित्यले पनि मलाई कम्युनिष्ट बिचारप्रति आकर्षित गरेको थियो । माक्र्सवादप्रति आकर्षित गरेको थियो । साथसाथै शिलाङको बाताबरण पनि बाम बिचारप्रति आकर्षित हुृने खालको थियो । शिलाङमा म कम्युनिष्ट हुँ भन्ने कुनै नेपाली नभेटिए पनि ट्रेड युनियनमा क्रियाशील केही बंगालीहरूले आफूलाई कम्युनिष्ट बिचारका अनुयायीको रुपमा प्रस्तुत गर्दथे । उनीहरूले खास गरी मई दिवसका बेलामा शिलाङामा निकाल्ने रेलीले पनि कम्युनिष्ट संस्कृतिको झलक दिन्थ्यो । म त्यतिबेला अखिल शिलाङको अध्यक्ष थिएँ । निश्चित रुपमा हामीमा केही मात्रामा नक्सलबादी आन्दोलनको प्रभाव परेको थियो । हाम्रा गितिविधिबाट केह

नामहरू

आज भोलि म  धेरै मान्छेका नाम बिर्सन थालेको छु  धेरै मान्छेका नाम विर्सन थालेकोले पनि  आज भोलि म धैरै मान्छेका नाम संझिन थालेको छु  मान्छेका नाम नबिर्सी मान्छेका नाम संझिन सकिने रहेनछ आखिर  संझिन खोजिने रहेनछ आखिर  आज भोलि मैले संझेका धेरै मान्छेका नाम बिर्सेर नै आज भोेलि म धेरैभन्दा धेरै मान्छेका नाम संंझिने जमर्को गरेको छु  जसको नाम सैझेको छु उसको नाम फेरि नबिर्सियोस् भनेर  कागजको टुक्रामा कोरेर राख्न पनि थालेको छु  मस्तिष्कमा कुँदेर राखेका नामहरू हराउन सक्दछन् बरु अचेतन मनको अथाह जंगलमा  यसैले संझेका जति नामहरू  भोजपत्र, ताम्रपत्र वा शिलापत्रमा कृुँदेर राख्न नसके पनि  कागजको टुक्रामा त कारेर राख्न सकिन्छ  चाहिएकोे  बेलामा ती नामहरूमा सरर नजर लगाउन सकिन्छ  हो आजको यो डिजिटलको युगमा  सकिन त मेमोरी कार्डमा पनि सेभ गरेर राख्न सकिन्छ नामहरू हार्ड डिस्कमा पनि सेभ गरेर राख्न सकिन्छ नामहरू तर खतरा यही छ  यसरी सेभ गरेर राखेका नामहरू आफूले डिलेट नगरे पनि ह्याङ्ग हुन सक्दछन् करप्टेड हृन सक्दछन्  कतैबाट ह्याक पनि हुृन सक्दछन्   म जान्दछु  म मान्दछु  हामीले जानेका सुनेका नामहरू बिर्सन हुँदैन  काम