Skip to main content

Posts

Showing posts from March, 2020

ईश्वर बल्लभको एक चर्चां

श्रवण मुकारुङसित मेरो कुनै व्यक्तिगत जान पहिचान छैन । म उनको साहित्यसित पनि खासै परिचित छैन । तर उनले दोस्रोे जन आन्दोलनको बेलामा लेखेको विसे नकर्ची बारेको कविता बुलन्द लाग्दछ । व्यंगात्मक शैलीमा लेखिएको यो कविता बिचार तथा कला दुबै दृष्टिकोणले उत्कृष्ट छ । हालै यिनै कविले कान्तिपुरमा ईश्वर बल्लभको बारेमा एउटा लेख प्रकाशित गरेका रहेछन् । ईश्वर बल्लभलाई म उनको कविताले भन्दा पनि उनको सरल व्यवहारले मन पराउँदथें ।  उनका कविता कलाको दृष्टिकोणले जति उत्कृष्ट मानिए पनि म उनको बुर्जुवा बिचार र खास गरी आयामेली शैलीदेखि असहमत थिएँ । म के राम्ररी जान्दथें भने बुर्जुवा साहित्य जगतमा उनी इन्द्रबहादुर राई बैरागी काइला तथा मोहन कोइरालाका दाँचोका कवि मानिन्छन् । साहित्यकार ठानिन्छन् । मुकारुङले ईंश्वर बल्लभको बारेमा प्रस्तुत गरेको इंश्वर बल्लभ बारेको मिथले मलाई बिशेष आकर्षित गर्यो । यद्पि म ईश्वर बल्लभको बारेमा कुनै मिथ हुन सक्दछ भन्ने कुरामा खासै विश्वास गर्दिनं । तर पनि मलाई के थाहा छ भने ठूला ठूला कवि लेखक साहित्यकार तथा महापुरुषहरूका बारेमा मिथ हुने गर्दछन् । जस्तै मानव जातिको हितको लागि प्रम

दलबीर सिंह लोेहार आसाम गोर्खा संम्मेलन नाथुराम गोडसे

  यो १९६६ तिरको कुरो हो । त्यतिबेलाको आसामको दरंग ( हाल शोषितपुर ) जिल्लामा पर्ने गढपालमा ८ औं आसाम गोर्खा संंमेलन भएको थियो । म पनि घुम्दै फिर्दै रुम्जाटार भने जस्तै त्यस गोर्खा संमेलनमा भाग लिन नयाँ राबरघारी लोकराबाट त्यस स्थलमा पुगेको थिएँ । यो आसाम गोर्खा सम्मेलन आसामका विभिन्न जिल्लामा हुने गर्दथ्यो । यस गोर्खा संमेलनमा भाग लिन आसामभरिका अझ पूर्वांचल भारतका नेपाली प्रतिनिधिहरू उपस्थिति हुन्थे । सम्मेलन कुनै बनिबनाउ भवनमा होइन एउटा गाँउमा सयौं छाप्रा हालेर तीन चार  दिनसम्म संचालन गरिन्थ्यो । खाने बस्ने सबै व्यवस्था गोर्खा सम्मेनले नै बेहोर्दथ्यो । यस संमेलनमा नेपाली राजनैतिक व्यक्तित्व बुद्धिजीवी वकिल प्राध्यापक शिक्षक पत्रकार साहित्यकार कलाकार आदिको पनि बाक्लो उपस्थिति हुन्थ्यो ।  आसामतिरका प्राय सबै चर्चित व्यक्तित्वसित भेट हुने यो एउटा राम्रो अबसर थियो । आसाम गोर्खा संमेलन अल इंडिया गोर्खा संमेलनको एउटा शाखा थियो । तर यस आसाम र्गार्खा संमेलनमा केन्द्रिय स्तरको उपस्थिति थिएन । अखिल भारतीय गोर्खा लिगको स्थापना डम्बर सिंह गुरुङले गरेका थिए । डम्बर सिंह गुरुङको जन्म कालिम्पोङ

हामी नेपाली

मैले मणिपुरमा गएको बेलामा दुई जना प्रमुख व्यक्तिलाई भेटेको थिएँ  । पहिला थिए डा चन्द्रेश्व दुवे । डां  चन्देश्व दुबेले त्यतिबेला मणिपुर विश्वविद्यालयमा हिन्दी विषयको प्राध्यापन गर्दथे । उनले नेपाली भाषामा तीन दर्जन जति पुस्तक लेखेका छन् ।  उनी नेपाली साहित्यमा लेखक कवि तथा समालोचकको रुपमा स्थापित  छन् । विहारमा जन्मेका डा. चन्द्रेश्व दुवे केही समय नेपालमा आएर कलेजमा प्राध्यापन गरेका रहेछन् । त्यतिबेला नै उनले नेपाली भाषा सिकेका रहेछन् ।  पछि उनले नेपाली र हिन्दी भाषाको तुलनात्मक अध्ययन शीर्षकमा विद्यावारिधि गरेका हुन् । मणिपुर विश्व विद्यालयमा हिन्दीको प्राध्यापक भएर  गए पछि उनले नेपाली भाषामा नै कलम चलाए र तीन दर्जन जति  पुस्तक नेपाली भाषामा लेखे । उनलाई विश्वविद्यायको कम्पाउण्डमा भेटे पछि उनले निकै आत्मीयता व्यक्त गरे । भने तपाइं एक हप्ता बस्नुहोस् मसित । साहित्यको बारेमा राम्ररी कुराकानी गर्न सकिन्छ । तर मसित त्यति एक हप्तासम्म बस्ने समय थिएन ।  जे होस्, मलाई उनलाई व्यक्तिगत रुपमा भेट्न र कुराकानी गर्न पाएकोमा खुशी नै छ । मणिपुरमा मैले भेटेका अर्का प्रमुख व्यक्ति  हुन् प्रेम थाप