Skip to main content

Posts

Showing posts from December, 2023

कविताको बिरुद्ध विद्रोह

  यति बेला म मेरै कविताको विरुद्ध  ब्रिद्रोहको घोषणा गर्दछु  आन्दोलनको घोषणा गर्दछु्  क्रान्तिको घोषणा गर्दछ्ु  यही सोंचेर कि  के काम छ मेरो कविताको के अर्थ छ मेरो  कविताको  मेरो कविता त फगत मेरो बिचार मात्र हो   मेरो कविता त फगत मेरो भावना मात्र हो  मेरो कविता त फगत मेरो कल्पना मात्र हो  मेरो कविता त फगत मेरो अनुभूति मात्र हो  मेरो कविता त फगत मेरो वेदना मात्र हो  मेरो कविता त फगत मेरो  क्रन्दन मात्र हो मेरो कविता त फगत मेरो अरण्य रोदन मात्र हो मेरो कविता त फगत मेरो  हृदयको उदुगार मात्र हो  मेरो कविता त फगत मेरो आवाज मात्र हो म मान्दछु मेरा कवितमा देशभक्तिका कुरा होलान्  तर जब यहाँ  देशभक्तिको बिचार  नै छैन भने मेरो कविताको के काम  म मान्दछु मेरो कवितामा आमूल परिवर्तनका कुरा होलान्  तर जब यहाँ आमूल परिवर्तनको भावना नै छैन भने मेरो कविताको के काम  म मान्दछु मेरो कवितामा समानताका कुरा होलान् तर जब यहाँ समानताको कल्पना नै छैन भने मेरो कविताको के काम  म मान्दछु मेरो कवितामा मानवताका कुरा होलान्  तर जब यहाँ मानवताको अनुभूति नै र्छैन भने मेरो कविताको के काम  यसैले त म आफै जति कविता प्रेमी भ