Skip to main content

Posts

Showing posts from January, 2020

मानव अधिकार

मेरो देशको मानव अधिकारको नाल नातो डलरको खेतीसित  जोडिएको छ भनिन्छ यो कुरा हो होइन म भन्न सक्दिनं तर म के देख्दछु भने जब सत्ता र शक्तिमा भएको मान्छेले मानव अधिकारको भकुण्डो खेल्दछ जब सत्ता र शक्ति भएको मान्छेले मानव अधिकारकारलाई गोलीले उडाउँछ फाँसीमा झुण्डाउँछ मानव अधिकारलाई बुट र बन्दुकले कुल्चिन्छ आफूलाई मानव अधिकारको ठेकदार सम्झिने मानव आँखा चिम्भ गरेर बस्दछ कान थुनेर बस्दछ े मुख सिएर बस्दछ कुम्भकरणको निंदमा सुत्दछ तर जब पीडित मान्छे आफ्नो लुटिएको मानव अधिकारको खोजीमा सडकमा उत्रिन्छ मानव अधिकारको ठेकदारको तेस्रो नेत्र खुल्दछ मानव अधिकारको  हनन् भयो भन्दै तण्डव नृत्य गर्न थाल्दछ । १६–१० २०७६

दुखी दरिद्र देशको दशा

म सोंच्दछु यतिबेलाको ओली र प्रचण्डको लोकतान्त्रिक गणतन्त्रभन्दा त हिजो राजाको पंचायती व्यवस्था जनताको लागि धेरै राम्रो   व्यवस्था  थियो । आजको ओली र प्रचण्डको लोकतान्त्रिक व्यवस्थाभन्दा त  हिजोका राजा ज्ञानेन्द्रको निरंकुश व्यवस्था धेरै राम्रो थियो ।  राम्रो के अर्थमा भने त्यतिबेला कर्मचारी तुलनात्मक रुपमा अनुशासित थिए । न्यायालय तुलनात्मक रुपमा स्वतन्त्र थियो । किन भने सबैलाई राजाको डर थियो । उनीहरू सोच्दथे केही गडबडी गरे उनीहरूको  खैरियत छैन । निश्चित रुपमा आजको मितिसम्म हिजो राजाका पालामाभन्दा आज हजार गुना बढी स्वतन्त्रता छ बोल्नको लागि । भ्रष्टाचार गर्नको लागि । लुटतन्त्र चलाउनको लागि । संघ संस्था बनाउनको लागि । विरोध प्रदर्शन गर्नको लागि । बिप्लव बाहेकका संघ संस्था तथा मान्छेहरूलाई । तर यो छुट पनि अब काला कानून बनाएर कुण्ठित र संकुचित  गर्ने कदम चालिसकिएको अवस्था छ । हिजो पंचायती व्यवस्था वा राजा ज्ञानेन्द्रको शासनभन्दा आजको ओली र प्रचण्डको गणतान्त्रिक लोकतन्त्र किन गए  गुज्रेको शासन छ भने हिजो लुट सिंहदरबारबाट मात्र हुन्थ्यो ।  आज गाउँ गाउँमा सिंहदरबार आएको छ र यसले गणतान्त्रि

नेपालमा एमसीसीको जालोे

  नेपाल अहिलेसम्म मुख्यतः विस्तारवादी भारतको थिचो मिचो र शोेषणको शिकार भएको थियो । साम्राज्यवादी अमेरिका नेपालदेखि केही टाढा रहेकोे थियो । त्यसको प्रत्यक्ष उपस्थिति र आक्रमणबाट जोगिएको थियो । तर चीनलाई घेर्ने र आक्रमण गर्ने उसको एउटा भर्याङको रुपमा एमसीसी भित्रिन थालेको छ । यसलाई मुख्यत रातो कार्पेट बिछाएर नेपाल हुल्नेमा प्रधानमंत्री के पी ओली र शेरबहादुर देउवा टोपी फालेर लागेका छन् । राष्ट्रघाती महाकाली सन्धि गर्नेहरूमा अग्रपंक्तिमा उभिएका के पी ओली र शेरबहादुर देउवाको राष्ट्रवादसित यो राष्ट्र निश्चित रुपमा अपरिचित छैन । हिजो उनीहरूको विशेष चुरीफुरीमा भएको राष्ट्रघाती सन्धिले उनीहरूलाई  पुरस्कार स्वरुप कुर्सीमा पुराइदिएको कुरा देख्न सकिन्छ । महाकाली सन्धिबाट यो राष्ट्रले के पायो उनीहरूले राष्ट्रलाई जवाव दिनु पर्ने कुरा  यही हो । के पी ओली र शेरबहादुर देउवाले यतिबेला संसदबाट पास गराउन थालेका ५५ अरब धनराशि बोकेको   अमेरिकाको एमसीसीको चारो चीनलाई घेर्ने उसको इण्डोपेसिफिक सामरिक रणनीतिको एउटा अभिन्न अंग हो । यो कुरा हामीले मात्र भनेको होइन खुदै अमेरिकाले भनेको छ । अमेरिकी दुतावासले ने

बोल

बोल देशभक्त हो बोल दुप्टहरूले देश बेच्न लागे पोल दैशघातीहरूको खोल हो खोल पछि कुरा काटेर हुन्छ के बेला छॅदै खेल हो खेल कुनै न कुनै रोल खाएका छन् यिनले मालिकको कलो फउल खेल खेलेरै भए पनि खेलमा म्याचिङ गरेरै भए पनि दुश्मनको पक्षमा गर्छन् यिनले गोल भित्र भित्रै गरेका छन् हिसाब किताब मोलतोल पात्र उनै हुन् राष्ट्रघाती महाकाली सन्धिका खेल्छन् खेल राता रात हान्दै सिङ्गो राष्ट्रलाई लात ओडेर कुनै रामनामी खोल बोल हो बोल नेपाल आमाका सन्तान हो ढिलो भइसक्यो अब त बोल हो बोल स्वाधीन यो मुलुकलाई पराधीनताको माखेसाङ्लोबाट जोगाउन पिट हो पिट सकेसम्म ढोल ।

घरदेखि घरसम्मको यात्रा

मान्छे कुनै न कुनै कार्यमा व्यस्त रहँदोरहेछ । हुँदोरहेछ । कहिलेकाहीं त मान्छे यति व्यस्त हुँदोरहेछ कि उसलाई खान पनि फुर्सद हुने रहेनछ र कसैसित कुराकानी गर्न पनि फुर्सद हुने रहेनछ । शायद यही भएर होला बेल्शका अंग्रेजी कवि विलियम  हेनरी डेविजले लिजर (  Leisure  ) कवितामा भनेका छन् ।         What is this life if, full of care,      We have no time to stand and stare . हुन त कहिलकांही मान्छे फुर्सद भएर पनि बेफुर्सदिलो हुन्छ । व्यस्त न भएर पनि व्यस्त जस्तो देखिन्छ । फेरि कुनै मान्छे भने साँच्चिकै व्यस्त  हुन्छ । मान्छे जति व्यस्त भए पनि उसले फुर्सद निकाल्नु पर्दोरहेछ । घरबाट घुम्न निस्किनु पर्दोेरहेछ । घुम्नुमा छुट्टै प्रकारको आनन्द प्राप्त हुन्छ । प्राय घुम्दा मान्छेका मन पुलकित हुन्छ । मान्छे हिंड्न डुल्न पायो भन निकै खुशी हुन्छ । उसले निकै रमाइलोे अनुभूति गर्दछ । घुम्नु मनोरंजको विषय मात्र हाइन । यो शिक्षाप्रद कुरा पनि हो । दश बर्ष किताब पढेर प्राप्त हुन नसेकेको ज्ञान दश दिन घुमेर प्राप्त गर्न सकिन्छ । शायद यही भएर होला राहुल साँंकृत्यायनले यात्राका महत्वमाथि प्रकाश पार्दै हिन्दीम

दर्शनको दर्शन २

  दर्शनलाइ हामी सत्य पता लगाउने शास्त्रको रुपमा पनि बुझ्न सक्दछा्रै । दर्शनले निश्चित रुपमा सत्य कुरा पता लगाउने कार्य        गर्दछ । दार्शनिकहरूले दर्शनलाई त्यही रुपमा लिंदै आएका छन् । त्यही रुपमा बुझ्दै आएका  छन् । सत्य के हो भन्ने कुराको खोजी गर्नु जुनसुकै विषय वा शास्त्रको कार्य हुन्छ होला ।  तर पनि सत्य कुराको खोजी गर्नु र पता लगाउने मुख्यत दर्शन कै काम ठानिन्छ । मानिन्छ । हिजोदेखि आजसम्म दार्शनिकहरूले सत्य के हो भन्ने कुराको खोजी गर्दै आइरहेका छन् र आफूले बुझेसम्म सत्य यही हो भन्ने गरेका छन् । कैयो अवस्थामा दार्शनिकहरूको सत्य पता लगाउने कुरा अन्धाले हाथी छामे जस्तो पनि हुने गरेको छ । सत्य पता लगाउने सन्दर्भमा म एउटा अफ्रिकी मिथको स्मरण गर्दछु । अफ्रिकी आख्यान अनुसार एकपल्ट एकजना व्यक्ति सत्यको खोजीमा यही कुरा ठानेर पहाड चढ्न थालेछ कि सत्य पहाडको                     चुचुरोमा छ । पहाड अप्ठ्यारो र धेरै अग्लो रहेछ । ऊ चट्टान काटेर पाइल टेक्ने डोब बनाउँदै पहाड चढ्दै गएछ ।  पहाड धेरै अग्लो भएकोले त्यसको चुचुरामा पुग्न उसलाई कैयौं बर्ष लागेछ । पहाडको  चुचुरोमा पुग्ने बेलासम्म ऊ निक

साहित्य के हो ?

साहित्य के हो ?  यस प्रश्नको उत्तरको लागि चर्चा परिचर्चा गर्नुभन्दा अघि के कुरा उल्लेख गर्न आवश्यक हुन्छ भने प्राचीन कालमा साहित्य शब्दको प्रयोग भएको थिएन । त्यतिबेला साहित्य भनेकै काव्य हो । वास्तवमा आज हामीले जसलाई साहित्य भनेर चिन्दछौं प्राचिनकालमा त्यो काव्यको रुपमा स्थापित थियो । परिचित थियो । रामायण महाभारत ओडेसी आदि प्राचीन कालमा लेखिएका महाकाव्यहरू काव्य नै हुन् । प्रमथियस, किंग इडिपस आदि जस्ता विश्व प्रसिद्ध नाटक काव्य नै हुन् । शेक्सपियरलाई हामी नाटककारको रुपमा चिन्दछौं । उनले नाटक काव्यमा नै लेखेका थिए । ब्लान्क भर्समा । शेक्सपियरलाई संसारका ठूला कवि भनेको सनेट लेखेर मात्र होइन । काव्यमा नाटक लेखेर पनि हो । हुँदा हुँदा नेपाली शेक्सपियर बालकृष्ण समले पनि काव्यमा नाटक लेखे मुकुन्द इन्दिरा । भक्त प्रहलाद । प्राचीनकालमा प्रेस थिएन ,। मुद्रण हुँदैनथ्यो । कथेको कुरा मौखिक रुपमा सुनाइन्थ्यो । मौखिक सुनाउनु पर्दथ्यो । मौखिक सुनाउन कुनै पनि कुरालाई कण्ठस्थ पारिनु पर्दथ्यो । कुनै पनि कुरालाई कण्ठस्थ सुनाउन गद्यमाभन्दा पद्यमा सजिलो हुन्थ्यो । यसैले नै प्राचीनकालमा साहित्यको जन्म पद