Skip to main content

Posts

Showing posts from January, 2021

मणिराम भट्टराईको संझनामा

एक बिहान मैले आफ्नो फेसबुक हेर्न थालें ।  त्यहाँ शुरुमा नै मणिराम भट्टराईको ठूलो फोटो देखा पर्यो । मैल सोंचे मेरो फेसबुकसित मणिराम भट्टराई जोडिएका छैनन् । कसरी उनको फोटो मेरो फेसबुकमा देखा पर्यो । मणिराम भट्टराइको फोटो तल लेखिएका शब्दहरू पढ्दै जाँदा पो मलाई थाहा भयो यो त  उनीप्रति श्रद्धांजली व्यक्त गर्न राखिएको फोटो रहेछ । म छाँगाबाट खसे जस्तो भएँ । यो मेरो लागि अत्यन्त अकल्पनीय कुरो थियो । म मर्माहत भएँ । मैले फेसबुक बन्द गरें । त्यतिबेला नै पोखराबाट प्राध्यापक यमबहादुर क्षेत्रीको फोन आयो । उनले दुखद समाचार सुनाउँदै भने मणिराम भट्टराईको दुखद मृत्युको खबर दिन मैले तपाइंलाई फोन गरेको हुँ । मैले भने मैले फेसबुकबाट भर्खर मणिराम भट्टराईको मृत्यु भएको खबर थाहा पाएको छु । यमबहादुर क्षेत्री त मणिराम भट्टराईबीच चिनजानी आसामको हाप्फलुंगमा भएको थियो । हाफलुग पहाडी जिल्ला हो । ब्रिटिशले रेल पुराएको पहाडी जिल्ला । मणिराम भट्टराई र यमबहादुर क्षेत्री दुबैले हाफ्लुंग कलेजमा अध्ययन गरेर गुवाहाटी विश्वविद्यायलबाट वी ए पास गरेका थिए ।   यमबहादुर क्षेत्रीले केही दिन भैरहवा क्याम्पसमा पनि अध्यापन गरेका थ

रुप कार्कीको सम्झनामा

       पmेस बुकमा पढें । काठमाण्डौ आउँदै गर्दा भारोत्तलनका विश्व विजेता रुप कार्कीको बाटामा नै मुत्यु । निश्चित रुपमा यो अत्यन्त  दुखद खबर थियो । मैले सोंचे रुप कार्कीको मृत्यु अमेरिकाबाट नेपाल आउँदा बाटोमा नै भएको होला । तर  पूरा कुरा पढे पछि मलाई थाहा भयो – रुप कार्कीको रुपन्देहीबाट उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रहेछ । मलाई के पनि थाहा भयो भने रुप कार्की हाल नेपालमा नै रहेछन् । रुपन्देहीमा नै रहेछन् । नेपालमा भएको अवस्थामा नै उनको मृत्यु भएको रहेछ ।  म रुप कार्कीलाई चिन्दैनथे । उनीसित मेरो भेटघाट चिनाजानी केही थिएन । उनी मेरा लागि शत प्रतिशत अपरिचित व्यक्ति थिए ।  यस्तै केही महिना वा बर्ष अघि होला एक दिन मलाई फोन गर्दै बसन्त  पोखरेलले भनेका थिए – भारोत्तलनका विश्व विजेता रुप कार्की अमेरिकाबाट आएर रुपन्देहीमा कतै बस्दारहेछन् । उनी गल्कोट बांग्लुङका मान्छे रहेछन् । तपाइंका गाउँले । उनलाई भेटेर लेख लेख्नु भए राम्रो हुन्थ्यो । मलाई बसन्त पोखरेलको सल्लाह सुझाव मन परेको थियो ।  कुनै न कुनै क्षेत्रमा चर्चित बनेका व्यक्तिमाथि कलम चलउनु मेरो धर्म जस्तै भएको थियो । मै

जनार्दन आचार्यको संझनामा

  त्यतिबेला मेरो मित्र दुर्गा प्रसाद अधिकारी बाबु मणिसिंह गुरुङको जीवनी लेख्ने कार्यमा लागेका र त्यसको आवश्यक सामाग्री जुटाउँदै थिए । यसै सन्दर्भमा हामीले मदन पुरस्कार पुस्तकालयबाट मणिसिंह गुूरुङले १९३६ तिर शिलाङबाट प्रकाशित  र सम्पादित गरेको पत्रिका गोर्खा सेवकका प्रतिहरू प्राप्त गर्न सकिन्छ कि भनेर त्यसका हर्ता कर्ता कमल मणि दीक्षितलाई भेट्न पुलचौक पुगेका थियौं । हामीले त्यस दिन कमल मणि दीक्षित जनार्दन आचार्यले सम्पादन गरेको साप्ताहिक समाचारपत्र साप्ताहिक समाकालीनमा मैले गुवाहाटीका प्रेमसिंह सुवेदीका सम्बन्धमा लेखेको लेख पढ्दै रहेछन् । उनले हामीले भेट्नासाथ मलाई भने म तपाइंले साप्ताहिक समकालीनमा गुवाहाटीका प्रेमसिंह सुवेदीका बारेमा लेखेको लेख अध्ययन गर्दै थिएँ । तपाइंंले आसामतिरका साहित्यकारहरूका बारेमा कलम चलाएर निकै महत्वपूर्ण काम गर्नु भएको छ ।  तपाइंले माओवादीका सम्बन्धमा  पनि लेख लेख्नु हुने रहेछ । ती लेखतिर मेरो खासै चासो छैन । तर तपाइंले  आसामतिरका साहित्यकारहरूका बारेमा लेख लेखेर हामीलाई महत्वपूर्ण सूचना उपलब्ध गराउनृु भएको छ । पछि तपाइंले यसलाई पुस्तकको आकारमा प्रकाशित गर्नु

ध्रुवनाथ जोशीको सम्झनामा केही कुरा

  ्यही जनवरी महिनाको ११ तारिकका दिनमा ९८ बर्षका उमेरमा शिलाङ मेघालयका नेपालीका नेता ध्रुवनाथ जोशीको मृत्यु भएको दुखद समाचार सुनें । दुखित भएँ । उनको मृत्यसिते शिलाङका पुरानो पीढीको युग समाप्त  भयो जस्तो लाग्दछ ।  ध्रुवनाथ जोशी नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाका ससुरा हुन् । मेरो धुैवनाथ जोशीसितको सम्पर्क र  सम्बन्ध निकै पुरानो हो । शायद मैले सर्वप्रथम उनलाई १९६६ मा आसामको तत्कालीन दरंग (  हाल शोषितपुर ) जिल्लाको  गढपालमा आसाम गोर्खा लिगको आर्ठौ सम्मेलनको बेलामा भेटको थिएँ । जुन सम्मेलनमा मैले आसामका नेपालीका चर्चित नेता दलबीर सिंह लोेहार, बिष्णु प्रसाद उपाध्याय, सेते राना, डि आर सुब्बा , प्रसाद सिंंह सुब्बा, सी वी क्षेत्री,,  चर्चित साहित्यकार लीलबहादुर क्षेत्री, अनुराग प्रधान,हरिप्रसाद शर्मा खनाल अधिबक्ता खेमराज अधिकारी,पत्रकार कर्णसिह क्षेत्री लगायतका  अनेक चर्चित व्यक्तित्व तथा हजारौं उपस्थित प्रतिनिधिहरूलाई प्रत्यक्ष भेट्ने मौका पाएको थिएँ । यसमा सम्मिलित प्राय जसो सबै जसो नेपाली नेता तथा बुद्धिजीवीहरू भारतीय कांग्रेससित आवद्ध  थिए । त्यतिबेला दलबीर सिंह लोहार भारतीय कांग

ओली गैर संवैधानिक बाटोतिर अग्रसर

                                         पुष ५ गते प्रधानमंत्री के पी ओलीले आफ्नो कुर्सी खोसिने खतरा देखेपछि नरहे बास नबजे बाँसुरी भन्ने बिचार र भावनाले उत्प्रेरित भएर संसद विघटन गरे । यो कु नै हो । यो ओलीका बैधानिक तरिकाले कुर्सीमा बस्न सकिन्न भने अवैधानिक रुपमा नै भए पनि कुर्सीमा बस्दछु भन्ने फासीवादी कदम नै हो । उनको कु वा फासीवादी कदमले सफलता पाउँछ पाउन्न त्यो त आउने दिनले बताउला । तर इतिहासमा फासावादीहरू पनि केही समय सफल नै भएका छन् । विजय नै भएका छन् । हिटलर त्यसका राम्रा उदाहरण हुन् । के पी ओली आफ्नो कुर्सी बचाऊ मिसनमा सफल भए पनि नभए पनि एउटा कुरामा सफल भएका छन् । उनको गैर संवैधानिक कदमको विरुद्धमा अदालतमा मुद्दा चलेको हुनाले जवसम्म मुद्दा तन्किन्छ उनी ढृक्कसित कुर्सींं बस्ने र कुर्सीं कै बलमा धेरै कुर्सी प्रेमीलाई आफ्नो पोल्टामा पारेर केही समय प्रधानमंत्री भएको स्वाद चाखिरहन सक्दछन् । यद्पि प्रधानमंत्रीको कुर्सी  व्यक्तिगत स्वार्थको लागि नभएर देश र जनताको हितमा काम गर्नको लागि हो । यद्यपि यो कस्तो कुर्सींमा बसेको छ त्यसले पनि अर्थ राख्दछ । कुर्सीमा त राणाहरू पनि बसेका थिए । राज