Skip to main content

Posts

Showing posts from June, 2018

हलौ सरकार

हलौ सरकार डा. गोविन्द के सीे तिमीले नागरिक स्वतन्त्रता खुृम्चाउँदै खुम्चाउँदै घोषित गरेको निषेधित क्षेत्रमा तिम्रै संविधानमा लेखे बमोजिम बिना हात हतियार बिना बम गोला बारुद फगत एक्लै बुद्धको जस्तै ध्यान मुन्द्रामा  शान्तिपूर्ण तरिकाले अनशनमा बस्दा कुनै सीमा क्षेत्रमा विदेशी प्रभुले थिचोमिचो गर्दा नेपाल आमाका छातीमा विदेशी सेना  परेड खेल्दा त्यसको कडा प्रतिरोधमा तिमीले राज्यकै ठूलै शसस्त्र बलको पल्टन पठाए जस्तै हात हतियार सहित प्रहरीको त्यति ठूलो शक्ति किन खन्याउनुृ पर्दथ्यो फुकीढल डा. गोविन्द के सीलाई लछार पछार गर्न उनलाई जुन सुकै हालतमा पनि पकडाउ गर्न गिरफ्तार गर्न  एउटा प्रहरी जवान काफी थियो फेरि डा. गोविन्द के सी त कुनै तिम्रो सिंहासन ताकेर गाथ गद्धी ताकेर विद्रोहमा उत्रेका पनि थिएनन् राज्य विरुद्ध कुनै बिप्लब पनि गरेका थिएनन् माग हुँदा हुन् उनका दुई चार बँुदे बढीका एक दर्जन तिनलाई दाहिने कानले सुनेर बायें कानले उडाउँदिए पनि हृुन्थ्यो यस कुराको स्मरण मैले तिमीलाई गराइरहनु पर्ने होइन यस मामिलामा त सरकार स्वयं विज्ञ छ सरकार स्वयं अभ्यस्त छ सरकार स्वय

गजल ( असार १६ ,२०७५ )

देशको नयाँ नक्शा कोर्दछु भन्दथे उनी आफै केरिएकाछन् देशको मुहार नै फेर्दछु भन्दथे उनी  आफै फेरिएकाछन् भनेका  कुरा  गरेको पुरा  खोई त कहाँ छ रेकर्ड उनको शत्रुृलाई घेर्न निस्केका उनी शत्रुृबाटै  आफै घेरिएकाछन्् के भनेर हिंडेका थिए हिजो के गरेर हिंडिरहेकाछन् आज बेर्दछु बैरीलाई भन्दा भन्दंै बैरीबाट आफै बेरिएका छन्् शान थियो कस्तो उनको हिजो मान थियो कस्तो उनको हिजो अरुका के कुरा गर्नु गिरेका नजरले आफै हेरिएका छन्  दिन पनि कहिले कस्तो आउँदो रहेछ मान्छेको जीवनमा पर्दैन सेर्न कसैले उनलाई उनी त आफै सेरिएका छन् । १६–३–२०७५

भोलिको खबरमा हराएका दिलु सुवेदी

मेघालयको रि–भोई जिल्लाका नेपाली भाषाका कवि लेखक साहित्यकार एवं खासी भाषाका पनि कवि श्री दिलु सुवेदीको असामयिक र दुखद निधनमा  परिषद् परिवार शोकाकुल भई श्रद्धांजलि प्रकट गर्दछ । – मादल २०१७ मादल पत्रिकामा मैले यो दुखद खबर यही १९ बैशाख २०७५ (  २ मई २०१८ ) का दिन पढेको हुँ । यही मादल पत्रिकाबाट मलाई मेरा मित्र दिल सुवेदीको दुखद मृत्यु भएको थाहा भएको हो । यद्पि मलाई उनको मृत्यु कहिले र कहाँ भयो त्यो भने स्पष्ट हुन सकेन । प्रा नरबहादुर राईले कुनै बेला शिलाङ बस्ने हामी धर्म भूसाल, दुर्गा प्रसाद अधिकारी, टिकाराम शर्मा र मलाई नामै लेखेर एक एक प्रति मादल पत्रिका पठाइदिएकोमा मैले मित्र धर्मलाल भूसालको हातबाट यो पत्रिका प्राप्त गरेको हुँ । टाढा र सम्पर्कविहिन अवस्थामा भएको स्थितिमा आफूले चिनेजानेका ईष्ट मित्र संगी साथीहरूको मृत्युको खबर निकै ढिलो प्राप्त हृुँदोरहेछ । हाई स्कूल पनि उत्तीर्ण नगरेका दिलु सुवेदी शुरुमा नागालैण्डको डिमापुर कोइलाजानतिर बस्दथे । त्यहाँबाट नै उनले साहित्यिक जीवन शुरु गरेका हुन् । हामी पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध रहेर क्रियाशील रहेको अवस्थामा

रणबहादुर क्षेत्रीको सम्झनामा

केही बर्ष अगाडिको कुरा हो । एक राति यस्तै दश बजे बिर्तामोेडबाट फोन आयो कुन्दन भट्टराईको । तिल कार्कीका बहिनी ज्वाई कुन्दन भट्टराईको ।  फोनमा उनले दुखद् खबर सुनाउँदै भने – भर्खर शिलाङको नाजरत हस्पिटलमा तिल कार्कीको मृत्यु भयो ।  तपाइंले (  मोबाइल नम्बर दिंदै ) फोन गरेर दुर्गा शर्मालाई सम्झाउनु होला । कुनै बेला दुर्गा शर्मा मेरी छात्रा थिइन् । उनको विबाह  मेरा साथी तिल कार्कीसित भएको थियो । दुर्गा शिलाङ स्थित सर्भे अफ इंडियाको अफिसमा काम गर्दथिइन् । यतिबेला उनमा बुबा आमाहरू शिलाङबाट अर्घाखांची फर्किसकेका थिए । मैले कुन्दन भट्टराईले दिएको नम्बरमा फोन गरें । फोन दुर्गा शर्माले होइन उनका देवरले उठाए । मैले उनलाई भने – तिमीले भाउजुलाई राम्ररी सम्झाउनु । मैले लगत्तै सेन्ट एन्थनी कलेजका पूर्व नेपालीका प्राध्यापक गोपीनारायण प्रधानलाई फोन गर्दै भने – सर भर्खर नाजरत हस्पिटलमा तिल कार्कीको मृत्यु भएको  छ तपाइंले उनकी श्रीमती दुर्गा शर्मालाई सम्झाउनु होला । त्यतिबेला नै मलाई प्रा गोपीनारायण प्रधानले भने – भाइ तपाइंलाई थाहा छ छैन रणबहादुर क्षेत्रीको मृत्यु भएको छ । रणबहादुर क्षेत्रीको मृत्यु भएको