Skip to main content

Posts

Showing posts from April, 2018

सरकार नभएको जस्तो यो देशमा

कहिलेसम्म हामी बीर गोर्खालीहरूले केवल भाडाको सिपाही भएर तिम्रो सीमा रक्षाको लागि तिम्रो साम्राज्य विस्तारको लागि तिम्रो चक्रबर्ती राजा  बन्ने महत्वांंक्षाका  लागि दिन रात तिम्रा युद्ध मोर्चामा खटिरहनु पर्ने डटिरहनु पर्ने छातीमा गोली थापिदिंनु पर्ने बम गोला बारुदसित खेलिदिनु पर्ने रगतको खोला बगाइदिनु पर्ने बलिको बोका बनिदिनु पर्ने बिरानो मुलुकमा अय्या पनि भन्न नपाई तिम्रो  ढाल बन्दै ढलिदिनु पर्ने लाशहरूको खात लगाइदिनु पर्ने अनि यता तिमीले कुनि कहाँको बहादुरीको नाँगो प्रदर्शन गर्दै हाम्रै देशको सीमा मिचिदिने हाम्रै सुस्ता निलिदिने हाम्रै कालापानीमा कब्जा जमाइदिने हाम्रै सीमा रक्षक गोविन्द गौतमलाई ् नेपाल आमाका सपुतलाई देशभक्त योद्धालाई जंगे पिलरलाई हाम्रै भूमिमा अनधिकार प्रवेश गर्दै गोलीको निशाना बनाइरहने अनि हामी बीर गोरखालीका सन्तानहरू कतिदिनसम्म सरकार भएर पनि नभएको जस्तो यो देशमा जिउँदै मरे जस्तै भएर चुपचाप तिम्रो ताण्डव नृत्य हेरिरहनु पर्ने ः.? १५–१–२०७५

लाखेहरू

प्रभुको ईशारामा  लाखेहरू यो मुलुकका लाखेनाच नाचिरहेका छन् बेहिसाब बेताल मौसम बेमौसम बुरुक्क बुरुक्क उफ्री उफ्री भूर्इंंमा नै खुट्टा नराखी कहिले प्रदर्शित गर्दछन् यिनीहरू राष्ट्रघातका अनेकौं लाखे नाचहरू राष्ट्रघातमा असंख्य श्रृंखलाहरू राष्ट्रबादको मुकुण्डो लगाएर राष्ट्रवादको नारा घन्काएर कहिले प्रदर्शित गर्छन यिनीहरू फासीवादका क्रुर लाखे नाचहरू लोकतन्त्रका मुकुण्डो लगाएर लोकतन्त्रको गीत गाएर हामी मुक दर्शकहरू अँध भक्तहरू ताली पिट्दछौं एक छेउमा उभिएर लाखेहरूको नांगो नाच हेर्दै पहाड जत्रो माला पहिराइदिन्छौ यिनैका गलामा आफ्ना ईष्ट देउता ठान्दै आफ्ना मुक्तिदाता मान्दै धन्य हामी नेपाली नागरिक धन्य हाम्रो लाखे भक्ति । १३–१–२०२५

मरणोपरान्त कमरेड शब्दले विभूषित कमलराज रेग्मी

कमलराज रेग्मीको मृत्यु भएको केही दिन पछि मोहनबिक्रम सिंहले उनको सम्झनामा उनलाई कमरेड शब्दले संवोधन गर्दै लेख लेखे । तर कमरेड मोहनबिक्रम सिंहले जीवित कमलराज रेग्मीलाई होइन कि दिवंगत  कमलराज रेग्मीलाई कमरेड भनेका हुन् । कमरेड भनेर संवोधन गरेका हुन् । म जब पुष्पलालको पार्टीमा आसाम मेघालयतिर क्रियाशील थिएँ त्यतिबेला नेपाली कम्युनिष्ट आन्दोलनमा बदनाम केही व्यक्तिको नाम बार बार लिने गरिन्थ्यो । उनीहरूलाई कम्युनिष्ट आन्दोलनका   गद्दारको रुपमा गणना गरिने गरिन्थ्यो  । तीमध्ये कति बदनाम नाम थिए डा केशरजंग रायमाझी । कमल राज रेग्मी । डि पी अधिकारी, तुलसीलाल अमात्य, मनमोहन अधिकारी आदि आदि । यी सबै बदनाम थिए रोयल कम्युनिष्ट भएका कारणले । राजावादी कम्युनिष्ट भएको कारणले । राजाको फासिष्ट पंचायतमा प्रवेश गरेका हुनाले । राजाको पंचायती व्यवस्थालाई कुनै न कुनै रुपमा स्वीकार गरेको वा समर्थन गरेको हुनाले ।  यिनीहरूमा पनि सबभन्दा बढी बदनाम थिए केशरजंग रायमाझी र कमलराज रेग्मी । यिनीहरू त्यतिबेलाका कम्युनिष्टहरूका दृष्टिमा नेपाल कम्युनिष्ट आन्दोलनका गद्दार मानिन्थे । आज आएर कमरेड मोहनबिक्रम सिंहले कमलराज

प्रभु दर्शनको खतरा

जब जान्छन् लेन्डुप दोर्जेहरू यो मुलुकका मुग्लानतिर दर्शन भेट गर्न प्रभूहरूको आर्शीवाद थाप्न प्रभुहरूको मलाई डर लाग्दछ कुनि उनीहरूले के के भेटी चढाएर आउने  हुन् एकलब्यले जस्तै बुढी औली चढाएर आउने हुन् कि कर्णले जस्तै मुलुक कै  छाती चिरेर रक्षा कवच नै बुझाएर आउने हुन् पाँच पाण्डवले जस्तै द्रोपडीलाई नै जुवाको खालमा हारेर आउने. हुन् कि बलि राजाले जस्तै तीन लोक चौध भुवन नै गुमाएर आउने हुृन् के ठेगान यिनीहरूको आमाका मुहारको मुस्कान नै गुमाएर पनि आउन सक्दछन् यिनीहरू आमाको मुटुको ढृकढुकी पनि गुमाएर आउन सक्दछन् यिनीहरू दिन दहाडै आमाको हत्या गरेर पनि आउन सक्दछन् यिनीहरू के भर यिनीहरूको के भर गद्दारहरूको देश कै नाप नक्शा नै गुमाएर आउन सक्छन् यिनीहरू देशको भूगोल नै गुमाएर आउन सक्दछन् यिनीहरू देश कै इतिहास गुमाएर आउन सक्दछन् यिनीहरू देश कै संस्कृति गुमाएर आउन सक्दछन् यिनीहरू म भयभीत हुन्छु जब मेरो देशका लेन्डुपेहरू लावा लश्कर लाएर निस्किन्छन् प्रभुहरूका देशतिर दर्शन भेट गर्न तीथि मीति मिलाएर साइत जुराएर । ६–१–२०७५

नयाँ बर्षको शुभकामना

हरेक वर्ष हामी खिन्न हुँदै विदा दिन्छौं पुरानो बर्षलाई र प्रफुल्ल हुँदै भित्राउँछौं नयाँ वर्षलाई पुरानो बर्ष केही दिएर जान्छ सुख दिएर जान्छ दुख दिएर जान्छ हाँसो दिएर जान्छ आँसु दिएर जान्छ जीत दिएर जान्छ हार दिएर जान्छ सफलता दिएर जान्छ विफलता दिएर जान्छ यसपल्ट पनि नयाँ सालले यही कुरा दोहोराउने छ यस्तै यस्तै कुरा दोहोराउने छ इतिहास दोहोरिन्छ भन्छन् तर इतिहास हुबहू त्यही रुपमा दोहोरिन्न पनि त्यही रुपमा दोहिरिन सक्दैन पनि हो इतिहास कुनै न कुन रुपमा त अवश्य दोहोरिन सक्दछ इतिहास हाम्रो लागि ठूलो दुर्भाग्य भएर दोहोरिन पनि सक्दछ इतिहास हाम्रो लागि ठूलो सौभाग्य भएर पनि दोहोरिन सक्दछ कुरो यो पनि छ कहिले इतिहासले हामीलाई दोहोराउँछ कहिले हामीले नै इतिहास दोहोराउँछौं कहिले इतिहासले हामीलाई निर्माण गर्दछ कहिले हामीले नै इतिहासको निर्माण गर्दछौं अहिले त पुरानो साल जाँदै छ विदा भएर नयाँ साल आउँदै छ– स्वागतद्वारबाट प्रवश गर्दै कुनि के के को कुम्लो बोकेर भारी तारी बोकेर हामीलाई थाहा छैन अहिले कत्ति नयाँ वर्षले हामीलाई डोराउने हो कि हामीले नै नयाँ बर्षलाई डोेहोराउने हो नयाँ बर्ष हाम्रो लागि ठूलो फलीफ

भाषा

चाकरीको भाषा अर्कै हुँदो रहेछ दलालीको भाषा अर्कै हुँदो रहेछ कम्पनीको भाषा अर्कै  हुँदो  रहेछ डलरको भाषा अर्के हुँदो  रहेछ प्रभुका भक्तहरूको भाषा अर्कै  हुँदो  रहेछ गद्दारहरूको भाषा अर्कै हुँदो रहेछ कायरहरूको भाषा  अर्कै  हुँदो रहेछ गुलामहरूको भाषा अर्कै हुँदो रहेछ मुर्दाहरूको भाषा अर्कै हुँदो रहेछ कहाँ हुन्थ्यो स्वाभावानी स्वतन्त्र नागरिकको जस्तो भाषा त्यो कहाँ हुन्थ्यो क्रान्तिकारी व्रिद्रोही नेताको  जस्तो भाषा त्यो कहाँ हुन्थ्यो देशभक्त जनताको जस्तो भाषा त्यो । ३०–१२–२०७४  

बतुराएको त्यो मान्छे

हिजो ठूलो क्रान्ति  गर्दछु भन्दथ्यो त्यो मान्छे क्रान्तिको रथ हाँक्दछु भन्दथ्यो त्यो  मान्छे अग्र पंक्तिमा खडा हुन्छु भन्दथ्यो बर्ग संघर्षको मोर्चामा त्यो मान्छे मुक्ति कि मृत्यु भन्दै  युद्धको मैदानमा हाम्फाल्दछु भन्दथ्यो त्यो मान्छे सगरमाथाको शिखरमा लाल झण्डा फहराउँछु भन्दथ्यो त्यो मान्छे सपना त धेरै देखेको थियो त्यस मान्छेले सपना त धेरै देखाएको थियो त्यस मान्छेले पुरानो मुलुकको नक्शा च्यातेर नयाँ मुलुकको नक्शा कोर्दछु भन्दथ्यो त्यो मान्छे मुक्ति क्षेत्र घोषित गर्दछु भन्दथ्यो सम्पूर्ण भूगोललाई त्यो मान्छे फेर्दछु भन्दथ्यो सम्पूर्ण इतिहासलाई नै त्यो मान्छे संसार नै फेर्दछु भन्ने त्यो मान्छे आखिर कति छिटै आफै फेरिएछ  कति छिटै फेरेछ क्याम्प उसले कति छिटै बदलेछ बाटो उसले  कति छिटै बिर्सिएछ आफ्ना सारा बाचा कबुल उसले कति छिटै विर्सिएछ शहीदहरूको सपना उसले कति छिर्टै विर्सिएछ घाइते सहयोद्धाहरूको पीडा उसले कति सजिलै विर्सिएछ पीििडत परिवारको व्यथा उसले कति सजिलै लगाएछ उसले प्रतिक्रान्तिसित मित पचाएर सबै लाज जनबैरीहरूसित मिलाएर हात  जनबैरीहरूको पाएर  पुरै साथ आज आफै जन

मेरो देशको मान्छे र मेरो देश

आँखा भएर पनि देख्न सक्दैन मान्छे देखे पनि देखे जस्तो गर्दैन मान्छे कान भएर पनि सुन्दैन मान्छे सुने पनि सुने जस्तो गर्दैन मान्छे मुख भए पनि बोल्न सक्दैन मान्छे बोले पनि बोले जस्तो गर्दैन मान्छे हो आँखा भएर पनि अन्धो भएको छ मान्छे हो कान  भएर पनि बहिरो भएको छ मान्छे हो मुख भएर पनि मुक भएको छ मान्छे कुरा त्यति मात्र होइन जिउँदो भएर पनि लाश भएको छ मान्छे मलाई डर छ यतिबेला कतै मेरो बीरहरूको यो देश नै मुर्दाहरूको देश हुने त होइन ? २३–१२–२०७४