Skip to main content

Posts

Showing posts from June, 2020

नागरिकता कानूनको सम्बन्धमा

  धनपति उपाध्याय मेरा अत्यन्त आत्मीय मित्र थिए । उनी वामबुद्धिजीवी र प्रतिष्ठत अधिवक्ताको रुपमा परिचित थिए । उनी एकजना सच्चा देशभक्त थिए । हामीबीच प्राय भेटघाटमा कुराकानी हुने विषय राष्ट्रियताको सवाल नै थियो । उनी मेरो सम्पर्कबाट नै नेकपा मालेमा संगठित भएका हुन् । यो कुरा प्रदीप नेपालले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । त्यतिबेला प्रदीय नेपाल नेकपा मालेको लुम्बिनी इन्चार्ज थिए । म्ेोरो धनपति उपाध्यायििसत नेपाली नागरिकताको विषयमा पनि कुराकानी हुन्थ्यो । उनी मसित भन्दथे श्री ५ को सरकारले नागरिकता वितरण गरेर ठूलो गल्ती गरेको छ । नेपाली नागरिकता वितरण गर्ने कुृराले धेरै इंडियनहरूले नेपाली नागरिकता प्राप्त गर्ने छन् र बैद्यता प्राप्त गरेर नेपालमा बस्ने छन् । अन्ततः यो नेपालको लागि प्रत्युत्पादक कुरो हुने छ । भारतले आफ्ना नागरिकलाई नेपालले जस्तो नागरिकता वितरण गर्दैन ।,  भोटर लिस्ट राशन कार्ड आदिलाई त्यहाँको स्थायी बासिन्दाको रुपमा लिइन्छ । यसले गर्दा पुस्तौ पुस्तौंदेखि भारतमा बसेका नेपाली भारतीय नागरिकलाई पनि विदेशी भनी जतिबेला पनि धपाउन सकिन्छ ।  तर पछि यिनै धनपति उपाध्याय नेपाली नागरि

सवाल नागरिकताको

कुनै पनि देशको नागरिकता नीति त्यस देशको हित र स्वार्थ अनुरुप नै हुन्छ । नागरिसकता सम्बन्धमा कुनै अन्तराष्ट्रिय बैज्ञानिक नियम छैन । हुन पनि सक्दैन । जुन देशको जनसंख्या थोरै हुन्छ त्यसले अरु देशको नागरिकलाई सजिलै तरिकाले नागरिकता प्रदान गर्दछ । आफ्नो देशको जनसंख्या बढाउन उसले त्यसो गर्दछ । तर जुन देशको जनसंख्या ज्यादा छ उसले विदेशीलाई नागरिकता दिने सवालमा कठोर नीति लिन्छ । त्यो उसको राष्ट्रिय स्वार्थ अनुरुपको नीति हुन्छ । कुरा हुन्छ । नेपाल भारततिर तीनतिर खुृला सीमा भएको देश हो । नेपालबाट कुनै पनि नेपाली खुला सीमा हुँदै भारतमा गएर काम गर्न सक्दछ । बसोबासो गर्न सक्दछ । त्यसरी नै कुनै पनि भारतीय नागरिक खुला सीमाको प्रयोग गर्दै नेपाल आउन सक्दछ । नेपालमा काम गर्न सक्दछ । नेपालको नागरिकता निित  खुकुलो र कर्मचारी भ्रष्ट भएका हुनाले पैसामा नागरिकता किन बेच पनि हुने गर्दछ । अर्कोतर भारतको नेपालसित रोटी बेटीको सम्बन्ध भएको हुनाले भारतीय नागरिक समेतलाई ससुराले छोरो बनाएर नागरिकता दिलाएका उदाहरण पनि भेटिन्छन् । थाहा लागे कारवाही भए गरिए पनि थाहा नपाइका धेरै मुद्दा हुन्छन् । अर्कोतिर ०६२ – ०६३

गोर्खालीको आवाज

आफू आफैलाई ठूलो ठानी शेखी नझारे हुन्छ जबरजस्ती जंंगे पिलर  गुम नपारे हुन्छ रगतले कोरेकोे सीमा त्यो मेटाउन सक्छ  को बीर गोर्खालाई वीरतामा  भेटाउन सक्छ को हामी नलडेको युद्ध कुनै आखिर कहँ  पो छ हामीले हारेको  युद्ध  कुनै आखिर कहाँ पो छ मार्न र मर्नलाई डराउने  हाम्रो जात होइन शत्रुका अगाडि उठाउने   हाम्रो हात होइन लिपुलेक लिम्यिाधुरा अनि कालापानी हाम्रै हो खुरुक्क यी ठाउँ खालि गरी फिर्ता गर्नु राम्रो हो मिले मिल्छ कुरा बार्ताबाटै नमिले माथि जान्छ र्र्हर्छाै हामी कसले कसरी   हाम्रो जमीन खान्छ लड्न परे लड्छौ हामी बरु मर्न परे मर्दछौं युद्धको मैदानबाट अब  कहाँ पछि सर्दछौं लड्दै जाँदा  हामी हुन सक्छ अझ ठूलो झगडा पुग्न  सक्दछ दाबी हाम्रो त  टिस्टादेखि कांगडा । २–३–२०७७              

सरिता गिरीको हिन्दी मोह

  सरिता गिरीले लिम्पिया धृुरा लिपुलेक र कालापानी नेपालको भूभागलाई नेपालको नक्शामा पारेर नयाँ नक्शा प्रकाशित गर्दा सरकारले भारत र चीनसित बार्ता गर्नु पर्दथ्यो भन्ने जस्ता देशद्रोही बिचार व्यक्त गरिन् । भारतले कालापानी लिपुलेक र लिम्पियाधुरा भारतको नक्शामा पारेर प्रकाशित गर्दा नेपाललाई सोध्न नपर्ने  ? बीचमा कुनि कसले षडयन्त्र गरेर नेपालको चुच्चे नक्शा लुकाएर बिना चुच्चोको नक्शा प्रकाशित गरेकोमा त्यसलाई सच्चाएर आफ्नै पुरानो नक्शा प्रकाशित गर्दा भारतको किन अनुमति  लिनु पर्ने ? भारत  वा चीनलाई किन सोध्नु पर्ने ?  तर यहाँ मैले यस कुराको चर्चा गर्न खोजेको होइन । चर्चा गर्न खोजेको हो उनले संसदबाट बोल्दा हिन्दी भाषाको प्रयोग गरेको कुरालाई लिएर । नेपाली संसदमा हिन्दी भाषा बोल्नु विखण्डनकारी सोंचबाट उत्प्रेरित भएको कु्रा हो  ।  नेपाली संसदमा हिन्दी भाषाको प्रयोग गर्नु भनेको नेपाली संसदको सांसद भएर नेपाली संसदकै उपहास गरेको हो । नेपाली संसदमा हिन्दी बोलेर नेपाल र नेपाली जनतालाई होइन भारत र भारतका विस्तारवादी चिन्तन राख्ने शासकलाई खुशी पार्न खोजेको हो । उनीहरूको चाकरी र चापलुसी गर्न खोजेको हो ।