Skip to main content

Posts

Showing posts from September, 2023

नरबहादुर दाहालको सम्झनामा

  आजभन्दा लगभग तीन दशक अघि मेरो काठमाण्डौंमा लैनसिंह बाङदेलका उपन्यासमा विद्याबारिधि गर्न आएका सुरेन्द्र प्रधान ¬(  श्रेष्ठ ) सित भेट भएको थियो । मेरो दार्जीलिङतिरका साहित्यकारहरूसितको सम्पर्क टुटेको एक दशकभन्दा बढी समय भएको थियो । त्यतिबेला मैले दार्जीलिङतिरका साहित्यकारहरूका बारेमा सोधपुछ गर्दा उनले मलाई बताएका थिए  समालोचक र कवि गुमानसिंह चामलिङको मृत्यु भैसकेको छ ।  कवि भरत यादवको पनि मृत्यु भैसकेको छ । समालोचक  राम लाल अधिकारी बिमारी छन् । अधवैंशे साहित्यकार नरबहादुर दाहाल झन् युवक भएका छन् । यिनै अधबंैशे अवस्थामा पनि युवक भएका नरबहादुर दाहालको यस्तै सतासी वर्षको उमेरमा हालै मृत्यु भएको दुखद् खबर मैले सामाजिक संजालबाट चाल पाएको हु््ँ । नरबहादुर दाहालसित मेरो व्यक्तिगत परिचय थियो ।  तर म यतिबेला जति प्रयास गरे पनि के कुरा संझिन सकिरहेको छैन भने मेरो उनीसित कहाँ र कहिले परिचय भएको थियो । भेटघाट भएको थियो । मलाई उनीसित दार्जीलङमा भेट भए जस्तो लाग्दैन । १९७२ मा शिलाङबाट दार्जीलिङमा भएको बृहत साहित्य सेमिनारमा भाग लिन उनीसित भेट भएको जस्तो लाग्दैन । म पारसमणि प्रधानलाई भेट्न १९७२ मा का