Skip to main content

Posts

Showing posts from March, 2019

देशका कुरा

नेताले आफ्ना चेला बिगारेको देखें आफ्ना चेलाले आफ्ना नेता बिगारेको देखें भ्रम पनि हुन सक्दछ यो मेरो अन्तरमनको तर मैले कुनि किन नेताले आफ्ना चेला बिगारेको देखें आफ्ना चेलाले आफ्ना नेता  बिगारेको देखें हुन त हो नबिग्रिन पनि सक्दछ नेता आफ्ना चेला जति विग्रे पनि हुन त हो नबिग्रिन सक्दछ चेला आफ्ना नेता जति विग्रे पनि यो मेरो दृष्टि दोष हो कि मेरो  दृष्टिकोण कै दोष मैले त स्पष्ट नेताले चेला विगारेको देखें चेलाले नेता विगारेको देखें हुन त म यो पनि सोच्दछु गहिरिएर नेता नबिग्रेको भए चेला बिग्रिने थिएन होला शायद फेरि चेला नबिग्रेको भए नेता विग्रिने थिएन होला शायद यथार्थ कुरा गर्ने हो भने मलाई त यो देशमा नेताले चेला बिगारेको जस्तो लाग्दछ चेलाले नेता विगारेको जस्तो लाग्दछ फेरि म कता कता यस्तो पनि सोंच्न पुग्दछु बिग्रे विग्रिन्थे नेता जति बिग्रे पनि विग्रे बिग्रिन्थे चेला जति बिग्रे पनि तर के गर्नु बिग्रेका नेताले देश नै बिगार्ने भए विग्रेका चेलाले देश नै बिगार्ने भए शायद यही भएर यो देशलाई आज जसले जति विगार्न खोजे पनि नबिग्रिने सक्षम नेतृत्व चाहिएको हो जसले जति विगार्

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास

आगोदेखि होशियार

हिउँदमा सधैं आगो लाग्दछ जंगलमा उसरी मौसम बेमौसमा पनि लाग्दछ आगो आगो लाग्नलाई कुनै आइतबार चाहिंदैन आगो लाग्नलाई कुनै साइत जुराउन पर्दैन कुनै पात्रो पल्टाउन पर्दैन कुनै जोखाना हेर्न पर्दैन जहिले पनि लाग्न सक्दछ आगो जहाँ पनि लाग्न सक्दछ आगाो बेला कुबेला पनि लाग्न सक्दछ आगो आगो लागे पछि ्बाँकी के राख्दथ्यो डडाल्छ  हरियो बन नेपालको  धन डडाल्दछ जडी बुटी डडाल्छ पशु पन्छी डडाल्छ किरा माकुरा डडाल्छ बनस्पति डढाल्छ सबकुछ हो कहिले आफै लाग्दछ आगो कहिले लगाइन्छ आगो जानी जानी कहिले बनभित्रबाट¬ै लाग्दछ आगो कहिले बन बाहिरबाट पनि कहिले घरभित्रैबाट लाग्दछ आगो कहिले घर बाहिरबाट पनि हो लागे पछि आगोमाथि घिउ छर्किने मान्छे पनि हुन्छन् यो दुनियाँमा आगो माथि पानी बर्साउने मान्छे पनि आगो लागे पछि आफ्नो रोटी सेकाउने मान्छे पनि हुन्छन् यो दुनियाँमा आगो लगाएर जिउँदै मान्छे मार्ने पनि मान्छे हुन्छन् यो दुनियाँमा आगोमा हाम्फालेर आफू भष्म खरानी भए पनि आगोमा जलिरहेका मान्छेलाई बचाउने मान्छे पनि हुन्छन् यो दुनियाँमा हिटलर पनि जन्मिन सक्दछन् आगोको मुस्लोबाट हिटलरको चिहान खन्ने स्तालिन

तिमीप्रति

राजा त तल झरे भने सिंहासनमा बस्ने तिमी को हौ राजाले त श्रीपेच उतारे भने श्रीपेच पहिरिने तिमी को हौ राखेर मुलुकलाई बन्धकी तिमी कति दिन अझै बिक्छौं नांगिदै गएका छौ  दिन दिनै शिरदेखि पाउसम्म बतासे कुरा गरेर मात्र तिमी कति दिन अझै टिक्छौं विदेशीको बुई चढेर फुई धेरै झार्दछौ  तिमी बनेर गोटी अरु कै मुलुकलाई अप्ठारो पार्दछौ तिमी गर्दैनौ सही कृुरा कहिले दुनियाँलाई ढाँट्दछौ तिमी लेन्डुपेसित हातमालो गर्दै भीमदत्तका टाउका काट्दछौ तिमी ठूला ठूला साम्राज्य त ढले भने तसका महल जस्तै तिम्रो के कुरो ढिलो चाँडो पुरा भएरै छाड्दछ  शहीदको सपना अधुरो । १२–१२–२०७५ २६–३–२०१९

अणु कविता कुर्सीको दाउमा

जंगबहादुर जन्मे त बरु ठीकै हुन्थ्यो  यो मुलुकमा लुटेको मुलुक पनि फिर्ता ल्याउँथ्यो यहाँ त लेन्डुप दोर्जे जन्मेको छ जसले लुटेको  मुलुक फिर्ता ल्याउने त कुरै छौडौं पुरानो मुलुकको पनि सुम्पिदेला जस्तो छ प्रभुका पाउमा प्रभुको नाउमा कुर्सीको दाउमा । ११–१२–२०७५

सल्बलाइरहका लेन्डुपेहरूदेखि सावधान

एउटा स्वतन्त्र मुलुकको मानचित्र मेटाउन एउटै लेन्डुपे काफी हृुँदो रहेछ यस मुलुकमा त थुप्रै लेन्डुपेहरू मूल्याहा भएर जन्मेका छन्  ठहराउन गाह्रो छ कुन रंगी विरंगी लेन्डुपेको हेडक्वाटर कहाँ खडा छ तर यति कुरा पक्का छ यो मुलुकमा धेरै लुन्डुपेका आउट पोस्ट खडा रहेका छन् होलान् कोही तराईको मैदानको आउट पोस्टमा खटी अएका डटी आएका होलान् कोही पहाडको आउट पोस्टमा खटी आएका डटि आएका होलान् कोही हिमाली क्षेत्रको आउट पोस्टमा खटी आएका डटि आएका तर सबभन्दा खतरनाक लेन्डुपे त राजधानी मै खटी आएका  आएका छन् डटिआएका छन् यतिबेला  लेन्डुपेहरू मुलुकको मुटुमा नै सल्बलाइरहेका देखिन्छन् खल्बलाइरहेका छन् देखिन्छन् मुलुकको अस्तित्व नै मुलुकको इतिहास नै मुलुकको भूगोल नै बेला नै सचेत  हुने होइन यो मुलुका पहरेदार भने बेलामा नै डाँडा कटाउने होइन उनीहरूलाई लौरो लाएर भने बेलामा नै बढार्ने होइन उनीहरूलाई कुचो लाएर भने मेटाउन सक्दछन् यिनले सिंगो देशको मानचित्र नै एकै रातमा । ३–१२–२०७५  

सावधान लेन्डुपेदेखि

जागिरहेछन् यो मुलुकका लेन्डुृप दोर्जेहरू बनेर दूत दुश्मनहरूको लागिरहेछन् कोपर्न आमामो हाँड छाला गरेर धारण रुप दैत्यको लगाउने होइन ठेगान यिनको बेलैमा भने लखेट्ने होइन यिनलाई सात डाँडा पारि भने मेटाउन सक्ने छन् दुष्टहरूले पुर्खाका रगतले लेखेको मानचित्र नै यो देशको । २६–११ २०७५ १०–०३–२०१९