Skip to main content

Posts

दिलबहादुर नेवारबारे भ्रम

  दिलबहादुर नेवारको सम्बन्धमा ज्ञानबहादुर छेत्रीको एउटा अनुसन्धानात्मक लेख उत्तर पूर्वी भारतीय नेपाली निवन्धः एक संक्षिप्त रूपरेखा ( रचना वर्ष ५१, पूर्णांक ११२ बैशाख जेठ२०६८ ) शीर्षकमा प्रकाशित भएको थियो । यस लेखमा उनले दिलबहादुर नेवारको बिचारमा डुवेको मान्छे लेखको चर्चा गरेका छन् । उनले टिप्पणीमा भनेका छन् — उत्तर पूर्वी भारतको पहिलो निबन्ध कुन हो भन्ने कुरामा लेखकहरू एक मत भएका देखिंदैनन् । नेपाल साहित्य परिषद, असमको मुखपत्र परिषद पत्र ( पृ. १४३ ) मा दिलबहादुर नेवारको बिचारमा डुबेको मान्छेको प्रकाशन वर्ष वि. स. २०२७ देखाइएको छ । तदनुसार प्रा दुर्गा प्रसाद घिमिरेको साधना (  पृष्ठ ३४ ) मा उक्त ग्रन्थको प्रकाशनकाल सन् १९७० भनिएको छ । डा. भीमकान्त उपाध्यायको केही समीक्षात्मक निवन्धहरू शीर्षक ग्रन्थ (  पृ १ ) मा कृष्णप्रसाद ज्ञवालीको पीपलको  छहारीलाई उ. पूं भारतको पहिलो निबन्ध संकलन भन्ने उल्लेख पाइन्छ । मेघालयका शोधकर्ता गोविन्दसिंह रावतको शोधपत्र नेपाली साहित्यमा मेघालयको अवदान (  पृ ६३ ) मा विचारमा डुवेको मान्छेको मान्छेको प्रकाशन १९६० सन् उल्लेख छ तर त्यो ग्रन्थलाई पहिलो ग्रन्थ भनिएको
Recent posts

जीवनका बाटाहरू रोज्ने निर्णय

मान्छेका जीवनका बाटाहरू एक होइन अनेक हुन्छन् । आफू कुन बाटो हिंड्ने त्यो कुरा मान्छेले आफै चुन्नु पर्ने हुन्छ । आफै तय गर्नु पर्ने हुन्छ ।  तर त्यसरी आफू हिंड्ने बाटो चुन्न त्यति सजिलो भने हुँदैन । त्यति सहज भने हुँदैन । फेरि पनि कति मान्छेले आफू हिंड्ने बाटो बडो सहज  तरिकाले नै चुन्छन् । तर कति मान्छेलाई आफू हिंड्ने बाटो चुन्न निकै कठिन हुन्छ । पहाड पल्टाउनु जस्तै हुन्छ । प्रशस्त समय लाग्दछ । त्यस अवस्थामा उनीहरू अरु कसैले चुनिदिएको बाटो हिंड्नु पर्ने पनि हुन सक्दछ । नेपालीमा एउटा उखान छ आफ्नो बुद्धिले बरु जोगी हुनु अर्कोको बुद्धिले राजा नहुनु । नेपालीमा यस्तो भनाइ पनि छ — सुन्नु सबैका कुरा तर चल्नु आफ्नो  हिसाबले । आफ्नो निर्णयले ।  आफ्नै बुद्धिले ।  कुरा यस्तो भए पनि साँचो कुरा त के हो भने कहिले आफ्नो बुद्धिले चल्दा पनि धोका पाइन्छ । फेरि कहिले अर्कोको बुद्धिमा चल्दा पनि सफलता प्राप्त गर्न सकिन्छ । कुरा जे भए पनि आफ्नो बुद्धिले चल्नु राम्रो कुरा हो । आफ्नो बुद्धिले चल्न मान्छेमा निर्णय गर्ने क्षमता चाहिन्छ । उसले कुनै पनि कुरामा तुरुन्त निर्णय लिन सक्ने क्षमता राख्नु पर्दछ जुन कुरा

छोरीको प्रश्न

  बुबा एक किलो गहुँलाई कति पर्दछ  म छतमा चरालाई चारो हालिदिन्छु  म संझिन्छु  आमाले छतमा कौवालाई रोटी राखिदिनुहुन्थ्यो  जहाँ गएको भए पनि कौवा  रोटी खान आउँथ्यो  मैले छोरीलाई भने  मकै छन्  मकै राखिदेऊ  उत्कर्षा भन्दछे मकै भंगेराले चपाउन सक्दछ र  म भन्दछु  मकैको आटा होला  त्यही राखिदिनु  चामल राखिदिए पनि हुन्छ  म गंभीर भएको देखेर  छोरी प्रश्न गर्दछे  क सोंच्दै हुनुहुन्छ  म भन्दछु केही सोंचको छैन  सोंच्न त सोचिरहको छु  २०८१ साल लागिसक्यो  रविलाल अधिकारीको साहित्य सारथीमाथि टिप्पणी अलिकति त लेखेको छु  पुरा भएको छैन  उता काडमाण्डुबाट  मित्र कृष्णले एस एम एस गर्नु भएको थियो तपाईं दर्शन सम्बन्धि लेख आएन  अस्ति चैत मसान्तमा लेख पुरा गरेको थिएँ तर फेरि लेखमा केही थप्न मन लागेको छ  पुरा गरें भनेको लेख पनि पुरा भए जस्तो लागेको छैन  उता शिलाङबाट मित्र नरबहादुर राईले  फोन गरेको पनि महिना दिनभन्दा बढ्ता भयो भन्नु भएको थियो  मादल निस्किंदै छ  तपाईंका लेख चाहियो  मैले शिलाङ नेपाली भाषा साहित्यको इतिहास झल्काउने लेख लेख्न त शुरु गरें पूरा भएको छैन  पाल्पाबाट मित्र भट्टराई फोन गर्दै हुनुहुन्थ्यो  तपाईंले

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने कुनै क्ष

पट्टुको संझनामा

  यस्तै ६ बजे म र ज्ञानु घुम्टे कानूनी सेवा फर्मबाट आफ्नो निवासमा आएका थियौं । छोरा छोरी सुभाष र उत्कर्षा डाइनिङ टेबलमा बसेर ६ महिना अघि विदेश गएकी दिदी ईप्सासित भिडियो कलमा कुराकानी गरिरहेका थिए । म र ज्ञानु पनि डाइनिङ टेबलमा कुर्सी तानेर बस्यौं । पट्टु् मतिर आएर कहिले मेरो कुम, कहिले पाखुरा त कहिले टाउकामा बसिरहेको थियो । तर पट्टु सधैंको जस्तो हो हल्ला गरिरहेको थिएन । बोली रहेको थिएन । मौन बसिरहेको थियो ।  छोरी उत्कर्षाले भनी आज पट्टुले एउटा कप खसालेर फुटालेको थियो । शायद डराएर होला चुपचाप बसेको छ । कसैसित बोलेको छैन । विदेशमा गएकी छोरी ईप्सासित कुराकानी गरिरहेको बेलामा हामीले मोवाइलमा उसको अनुहार देखाइदिंदा ऊ घोरिएर हेर्दथ्र्यो । कतिबेला मोवाइलको नजदिक गएर स्पर्श गर्दथ्यो । हामीबीच कुराकानी यही पट्ट्को सम्बन्धमा चलिरहेको थियो । हामीले एकसाथ एक्युरियममा माछा र पट्ट्ु पालेका थियौं । माछा चुपचाप एक्युरियममा बस्दथे । तर पट्टु पिंजडामा बस्न चाह्न्नथ्यो । पिंजडामा राखे हो हल्ला गर्न थाल्दथ्यो । शोर मच्चाउन थाल्दथ्यो । यसले हल्ला गरे पछि नानी बाबुले त्यसलाई पिंजडा खोलेर बाहिर निकाली दिन्थे

बेलायतमा मेरो पत्रकारिता

बेलायतमा मेरो पत्रकारिता भन्न बित्तिकै कसैलाई लाग्न सक्दछ म बेलायतमा गएको छु र त्यहाँ बसेर पत्रकारिाता गरेको छु । तर कुरो त्यसो होइन । म बेलायतमा कहिले गएको छैन । अतयब यो कुरा स्वयंसिद्ध छ कि मैले बेलायतमा पत्रकारिता गरे पनि बेलायतमा बसेर पत्रकारिता गरेको भने होइन । गरेको भने छैन । यही बुटबलमा बसेर नै बेलायतमा पत्रकारिता गरेको हुँ । मैले बुटबलमा बसेर नै बेलायतको पत्रकारितामा हिस्सा लिएको हुँ । मैलै साला खाला दुई बर्ष जति बेलायतमा पत्रकारिता गर होला जस्तो लाग्दछ ंं । तर यो कुरा धेरै कमलाई मात्र थाहा छ । मैले बेलायतमा छद्म नाममा लेखहरू पठाएर पत्रकारिता गर्दथेंं । गरेको थिएँ । माओवादी युद्ध उत्कर्षमा प्गेको अवस्थामा सरकारले माओवादीलाई आतंकवादी घोषित गरे पछि माओवादीको पक्षमा लेख्नु वा उनीहरूको पक्षमा वकालत गर्नु आफू पनि माओवादी बनेको मानिन्थ्यो । ठानिन्थ्यो । त्यसैले सरकारका आँखा छल्न पनि मैले छद्म नामले लेख लेख्नु पर्दथ्यो । आफ्नो बिचार वा अभिमत जाहेर गर्नु पर्दथ्यो । हो त्यतिबेला माओवादीलाई जति सक्दो गाली गरेर वा सरकारको जति सक्दो प्रशंसा गरेर लेख लेख्न भने अवश्य  सकिन्थ्यो  । टिप्पणी गर

भोजराज नगरकोटीको संझनामा

  १८९१ मा मणिपुरको थम्बलमा जमादार बिरबल नगरकोटीको नेतृत्वमा ब्रिटिशका तर्फबाट मणिपुर विरुद्ध ठूलो लडाई भएको इतिहास पाइन्छ । यस लडाईमा जमादार विरवल नगरकोटीले देखाएको बिरताको चर्चा व्रिटिश  गोर्खा राइफल्सको इतिहासमा थम्बल डे को सन्दर्भमा हु्ने गर्दछ र त्यस दिन बिरवल नगरकोटीको समेत स्मरण गरिन्छ । यो कुरा सर्वप्रथम मैले भोजराज नगरकोटीको मुखबाट सुनेको थिएँ । पछि मैले यो कुरा गोर्खा राइफल्सको इतिहासमा पनि पढें । यो कुरा मैले श्यामराज जैसीको गोर्खा राइफल्सको इतिहास सम्बन्धी कितावमा पनि पढें ।  कुरो जे भए पनि मैले यस लेखमा जमादार बिरबल नगरकोटीको चर्चा गर्न खोजेको अवश्य होइन । तिनको बारेमा मलाई खासै धेरै जानकारी छँदा पनि छैन । यस लेखमा मैले यथार्थमा चर्चा  गर्न वा स्मरण गर्न चाहेका व्यक्ति हुन् — भोजराज नगरकोटी । हो, यी भोजराज नगरकोटी बिरबल नगरकोटीका बाजे हुन् । हजुरबुबा हुन् । मैले जमदार बिरवल नगरकोटीका नाती भोजराज नगरकोटीको बारेमा चर्चा गर्न खोजेको छु । उनको स्मरण गर्न खोजेको छु । भोजराज नगरकोटी शिलाङका रैथाने नेपाली हुन् । उनी लउसुतनका निवासी हुन् । बासिन्दा हुन् । लउसुतन बिष्णुपुरदेखि पल्लो