Skip to main content

Posts

Showing posts from November, 2020

जिउँदो लाश भएर गए

   हिजो जसरी उदाएका थिए उनी  आज उसरी नै अस्ताएर गए  जीता जागता खाता पिता जस्तो देखिने मान्छे  जिउँदो लाश भएर गए  हिजो जति माथि माथि उफ्रेका थिए उनी आज उति  तल तल थेंचारिंदै गए  नेकारिंदै गए  पधारिंदै गए  पछारिंदै गए चित्त पारिंदै गए  हिजो जति माथि माथि चढेका थिए उनी आज उति  तल तल झर्दै गए  खस्दै गए भासिंदै गए  सगरमाथाका शिखर सफल आरोहण गर्न  पाइला अघि सारेका मान्छे  तल आधार शिविरमा नै हराउन गए  बेपत्ता हुन गए  हिजो  ठूलो उथल पुथल ल्याउने  आँधी तुफान जस्तो भएर आएका थिए उनी सुनामीको छाल जस्तो भएर आएका थिए उनी आज हावा फुस्केको बेलुन जस्तै भएर भए हिजो दावानल जस्तो भएर दन्किंन आएका थए उनी आज तेल सकिएको बत्ती जस्तै निभ्दै गए  हिजो बाघ जस्तै गर्जिन आएका थिए उनी आज बिरालो जस्तै म्याउ म्याउ गर्दै गए  मृगले लखिटिरहेको बाघ जस्तै ओरालो लाग्दै गए बाघको शिकार गर्न हिंडेका मान्छे बिरालाले खेलाइरहेको मुसा जस्तै भएर गए  हिजो बम जस्तै बिष्फोट हुन आएका थिए उनी आज बारुद ओसिएको पटका जस्तै फुस्स गर्दै गए हिजा सबेका आशाका केन्द्र जस्ता भएर आएका थिए उनी आज आफै निराशाका पात्र बनेर गए   हिजो विश्व बिेजेता सिकन्द

सम्बन्ध

  सम्बन्ध अझ सुध्रिदै जान्छ १९५० को जस्तै असमान नेपाल भारत मैत्री तथा शान्ति सन्धि गर्दै जाऊ  नेपाल भारतसितको सम्बन्ध अझ सुघ्रिदै जान्छ अझ गाढा हुृँदै जान्छ सुदृढ हृँदै जान्छ  नेपाल आमाको छाती चिरेर   कोशी गंडकी महाकाली कर्नाली जस्तै  नेपालका सारा नदी नाला खोला भारतका चरणमा सुम्पिदै जाऊ   नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ  अझ गाढा हुृँदै जान्छ सुदृढ हृँदै जान्छ  विभिन्न बहाना र विभिन्न नाउँमा छिमेकीलाई उत्तरतिरका हटेका जस्ता चेक पोष्ट एक एक गर्दै फेरि खडा गर्न देऊ  नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ  अझ गाढा हुृँदै जान्छ  सुदृढ हृँदै जान्छ  दक्षिणतिरको वादशाहलाई  रातारात  जंगे पिलर ढाल्न दऊ जंगे पिलर गायब गर्न देऊ  बर बर सार्न देऊ यतारितको रस्ती बस्ती उतातिर पार्न देऊ नेपाल भारतसितको सम्बन्ध अझ सुध्रिदै जान्छ  अझ गाढा हुृँदै जान्छ  सुदृढ हृँदै जान्छ  हिजो मित्र राष्ट्रका चारलाख नागरिकका हात हातमा नेपाली नागरिकताको प्रमाणपत्र थमाइदिए जस्तै उताका नागरिकलाई पनि यताका नागरिक बनाइदिए जस्तै  सीमापारिका हरेक पाहुनाहरूका हात हातमा पनि अथितिदेवको देव भवको मन्त्र उच्चाहरण गर्दै ने

सतिले सरापेका योे देशमा

  भीममल्लहरू मारिएको या देशमा भीमसेन थापाहरू सेरिएको यो देशमा दण्डित हुनु पर्न मान्छे सम्मानित हुन्छन् सम्मानित हुनु पर्ने मान्छे दण्डित हुन्छन् जेल जानु पर्ने मान्छे जेलर हुन्छन् जेलर हुनु पर्ने मान्छे जेल जान्छन्  देशभक्तहरू फुकी फुकी हिंड्नु पर्दछ यहाँ लुकी लुकी बस्नु पर्दछ यहाँ  देशघातीहरू त खुल्लमखुल्ला ढुकी ढुकी बसेका हुन्छन् गौंडा गौंडामा विदेशी दलालहरूको खेती हृुन्छ यहाँ  लेन्डुपेहरूको  नीति  हुन्छ यहाँ हुँदैन केही कुरा पनि दिनको उज्यालोमा यहाँ  मध्यरातमा ठूला ठूला सौदाबाजी हुन्छ यहाँ कारोबार हुन्छ यहाँ लेनदेन हुन्छ यहाँ किन बेच हुन्छ यहाँ जनता जब गहिरो निंदमा हुन्छन्  चोर र डाँकाहरू सल्बलाउन थाल्छन्  देशको नाप नक्शा खल्बलाउन थाल्छन् लुट्न र लुटाउन थाल्छन्  सिंगै देश बेच्न नसके पनि ठेकेदारहरू किस्ता किस्तामा देश बेच्दछन् चिरा चिरा पारी देश बेच्दछन् पलटिंङ गरी देश बेच्दछन् अझ पनि जनता रही रहने  हो गहिरो निंदमा भने भोलि जाग्दा उनी अर्कै देशका बासिन्दा हुन सक्दछन्  उनको देशको नाप नक्शा र्नै गायब हुन सक्दछ  चुच्चे नक्शा गायब भए जस्तै  गायब गरिए जस्तै  चौकीदारको भरमा देश सुम्पिदा बर