Skip to main content

Posts

Showing posts from December, 2022

सुकुम्बासी समस्या र समाधान

  यतिबेला मुलुकमा सुकुम्वासीका सम्बन्धमा व्यापक चर्चा भएको छ ।  यस चर्चामा भाग लिनेहरूमध्ये कतिले सुकुम्बासीप्रति आफ्नो भए भरको घृणा उपेक्षा तथा आक्रोश प्रकट गरेको छन् । उनीहरूलाई अवान्छित पात्र पात्राको रुपमा खडा गरेका छन् ।  तिनीह्रू सुक्ुम्वासी होइनन् । हुकु्मबासी हुन् पनि भनेका छन् । फेरि कतिले सुकुम्बासीप्रति गहिरो सहानुभूति प्रकट गरेका छन् । उनीहरू दयनीय अवस्थाप्रति आफ्नो चिन्ता पनि जाहेर गरेका छन् ।  उनीहरूले सुकुम्बासीलाई मानवीय दुष्टिले हेरेका छन् । यसै सन्दर्भमा सामाजिक संजालहरूमा मनमोहन अधिकारीको पालामा बनेको सुकुम्बासी आयोगबाट विष्णु पौडेल , प्रदीप ज्ञवाली, सिद्धिनाथ ज्ञवाली, शिव सुवेदी र गोपीरमण उपाध्यायले सुकुम्बासीको नाममा जग्गा प्राप्त गरेको चर्चा पनि चलिरहेको छ । यी सब कुराल नेपालमा सुकुम्बासी शब्द कै विद्रु्पीकरण भएको जस्तो  देखिन्छ ।  यसैले पनि सुकुम्बासी को हुन् र नेपालमा सुकुम्बासी समस्याको समाधान के हो भन्ने सवालमा प्रश्न उठाउनु पर्ने भएको छ । इतिहासकारहरूले भनेका छन् भारत यस्तो धनी देश हो जहाँ गरीबहरू बस्दछन् । हुन पनि भारतमा नेपालका भन्दा दशौं गुनाबढी मान्छेहरू