Skip to main content

Posts

Showing posts from October, 2019

लाहुरे

हाम्रा गाउँ घरमा हिजो खेतीपाती गर्ने मान्छेहरू बेसीबाट लेकतिर लाग्दथे । लेक घाँस दाउरा र खेतीपातीको लागि रसिलो ठाउँ मानिन्थ्यो । कति मान्छे सधैं नै लेखमा नै बस्ने गर्दथे भने कति लेक बेसी .( औल ) दुबै ठाउँमा बस्ने र खेतीपाती गर्ने गर्दथे । आधा समय  लेक र आधा समय बेसी ओैललाई दिन्थे । उसरी कति मान्छे भने  मात्र औल बेसीमा बस्दथे । औल बेसीमा नै खेतीपाती गर्दथे ।                            एक दिन म दिदीको घरबाट पुग न पुग एक किलोमिटर वर रहेको  आफ्नोे घरतिर लागिरहेको थिएँ । बाटोमाथिबाट आवाज आयो –  नमस्कार जेठान । घरमा आउनु भएको रहेछ । आज मात्र देखें । लगत्तै उनले आँगन अगाडि लगाएको लटरम्म फलेको कफीको रहल लाग्दा गेडा देखाउँदै भने –  हेर्नुस् त जेठान मैले एउटा कफीको बोट रोपेको कति राम्ररी यसमा फल लागेको छ । सरकारले किन्ने बेच्ने व्यवस्था गरिदिए त यसैको खेती गर्न हुन्थ्यो । त्यतिबेला गुल्मीको आँपचोरमा खुब कफी खेत  हुन थालेको थियो ।  मैले बाटोमा हिड्दा गुल्मी आँपचौरको कफी खेती देखेको थिएँ । मसित यस्ता कुरा गर्ने आँगाखेत गल्कोटका पौडेल ज्वाईको पछि चाडपर्वमा दिदी बहिनीको घरबाट फर्किदा बामी टक्सा

शिलाङका पंजुलाल गुरुङको सम्झनामा

मलाई मेरा मित्र धर्मलाल भुसालले फोन गर्दै भने शिलाङका पंजुलाल गुरुङको मृत्यु भएछ । सय वर्ष काटिसकेका पंजुलाल गुरुङको मृत्यु भएछ ।उनलाई यो कुरा शिलाङका तुलसी फुलेलले सुनाएछन् । तुलसी फुलेल अर्घाखाचीका युृवक हुन् । उनका बुबाले शिलाङ कलेजमा काम गर्दथे । यसैले उनी पनि उतै जागिरे भएका हुन् । शिलाङमा पंजुलाल गुरुङको मृत्यु हामी सवैको लागि निकै दुखद कुरो हो । हालै शिलाङ नजिक नयाँ बंगलाका शिक्षकको रुपमा कार्यरत भई अवकास प्राप्त गरेका व्यंग्य कवि तथा लेखक बलराम पोखरेलले मसितको बुृटबलको भेटघाटमा भनेका थिए हामीले शिलाङको मोप्रेममा पुगी पंजुलाल गुरुङलाई भेटेका थियौ । १०० वर्ष काटिसकेका पंजुलाल गुरुङ हिडडुल गर्न सक्दैनन् । ओछ्यानमा परेका छन् । तर बोली भने बुलन्द छ  । टाठो छ । चर्को छ । वजनदार छ । पहिलाको जस्तो वजनदार । उनको जन्म गुवाहाटी आसाममा २२ अगस्त १९१७ ( वि. सं. ७ भाद्र १९७४ ) मा भएको हो । मेरो पंजुलाल गुरुङसित भेटघाट नभएको ४ दशक भन्दा बढी भयो होला ।   वीचमा हामीबीच चिठी पत्र खेल्दथ्यो । उनले लेखेको एउटा चिठी मसित अझै सुरक्षित छ । यो ऐतिहासिक दस्तावेज वन्न सक्दछ । म सोच्दछु पंजुलाल गुरुङस