Skip to main content

Posts

Showing posts from December, 2018

अणु कविता

हिजो  न्याय माग्ने मान्छे बहृुलाउँथ्यो  सतिले सरापेको यो देशमा आज न्याय खोज्ने मान्छे देखेर खुदै न्याय दिने मान्छे नै बहुलाउन थालेको छ सतिले सरापेको यो देशमा । २१–८–२०७५ ७–१२–२०१८

आॅखा

आॅखा हुन्  हर्षित पनि हुन सक्छन्  शोकाकुल पनि कठोर पनि हुन् सक्छन् द्रवित पनि आॅखा हुन मायालु पनि हुन सक्छन् क्रूर पनि चंचल पनि हुन् सक्छन्  अविचलित पनि आॅखा हून् संयमित पनि हुन् सक्छन् अधैर्य पनि तीक्ष्ण पनि हुन् सक्छन् क्षीण पनि चकित पनि हुन् सक्छन् थकित पनि आॅखा हुन् लजालु पनि हुन् सक्छन् तेजालु पनि सशंकित पनि हुन् सक्छन् भयभीत पनि बिस्मित पनि हुन् सक्छन् भ्रमित पनि आॅखा हुन् आक्रोशित पनि हुन् सक्छन् विनम्र पनि अशान्त पनि हुन् सक्छन् शान्त पनि निश्छल पनि हुन् सक्छन् निरिह पनि अबोध पनि हुन् सक्छन् प्रबुद्ध पनि ।  19-8-2075