Skip to main content

Posts

Showing posts from December, 2020

इतिहास

  दाल भात तिहुन ढाके जस्तै इतिहासलाई ढाक्न सकिन ेरहेनछ  कसैले ढाक्ने दुष्प्रयास गरे पनि ढक्कन नै फालेर बाहिर निस्किने रहेछ इतिहासलाई जति लुकाउन खोजे पनि  छद्म भेषमा            लुकाउन सकिने रहेनछ  अन्ततःः इतिहास दुनियाँका सामुन्ने  आफ्नो असली रुपमा प्रकट हुने रहेछ  किरा फटेंग्रा मारे जस्तै  इतिहासलाई मार्न सकिने रहेनछ  जति मारे पनि इतिहास  चिहानबाट पनि बौरिने रहेछ  जति रोक्न खोजे पनि इतिहासको गतिलाई  चारैतिर बाँध लगाएर  रोक्न सकिंने रहेनछ बर्षाको उर्लदों बाढी भई  बाँध भत्काएर अघि बढ्दोरहेछ जति पर्खाल लगाएर छेक्न खोज पनि  इतिहासको बाटोलाई सुनामीको .छाल बनी अघि बढ्दोरहेछ  तर पनि यस दुनियाँमा बिचरा मनुवाले हत्केलाले सूर्यको प्रकाश  छेक्न भने छोड्दोरहेनछ ।              २६–८–२०७७        

बिगत

बिगत गयो भने गयो गयो  फेरि फर्केर आउने रहेनछ  बिगत आखिर समयको पानामा लेखिने  कथा रहेछ   बिगतको कथा  फेरि फर्केर आउने रहेनछ  हुन त होला विगतको कथा अत्यन्त संघर्षमय पनि हुन त होला बिगतको कथा अत्यन्त पीडादायी पनि हुन त होला बिगतको कथा अत्यन्त कष्टदायी पनि हुन त होला विगतको कथा अत्यन्त भयावह पनि  फेरि पनि बिगतको कथा पढृुँ पढुँ जस्तो लाग्दोरहेछ दोहोराई  तेहराई पढुँ पढुँ जस्तो लाग्दोरहेछ  त्यसैमा डुवुँ डुुबुँ जस्तो लाग्दोरहेछ भौतिक रुपले फर्किने नसके पनि बिगतमा सझनाका पखेटा लगाएर  बिगतमा उडुँ उडुँ जस्तो लाग्दोरहेछ बिगतमा ाबचरण गरुँ गरुँ जस्तो लाग्दोरहेछ बर्तमानलाई बिर्सेरै भए पनि एक छिन बिगतमा  भुलुँ भुलुँ जस्तो लाग्दोरहेछ  बिगतमा हराउँ हराउँ  जस्तो लाग्दोरहेछ फेरि यो कुरा पनि साँचो हो  बिगत दुर्घटना, हार, असलता र दुखान्तको कथा मात्र होइन बिगत बिजय सफलता मिलन  उल्लास तथा सुखान्तको कथा पनि हो  सबभन्दा ठूलो कुरा त बिगत आफ्नै जीवनको कथा हो आफ्नो जीवनको कथा आखिर कसलाई निरस लाग्दछ र  जति शुष्क भए पनि  फेरि केही जरुरी छैन कि बिगत एउटा शुष्क कथा मात्र हो ।   २०–८–२०२०