Skip to main content

Posts

Showing posts from February, 2020

उनले

 बालेर झापामा क्रान्तिको आगो प्रतिक्रान्तिसित साटेका थिए उनले बर्षेनी एक खरब बिस अरव लाभ हुन्छ भनेर ढाँटेका थिए उनले इम्प्रेरस क्लथका वादशाह जस्तै नागिंदै पुरै शिरदेखि पाउसम्म घाइते देशलाई नै जन्म दिनको केक बनाई काटेका थिए उनले । १३–११–०७६

तेउवामा अन्तराष्ट्रिय १६ दिने मूर्तिकला कार्यशाला

म जब सानो थिएँ  दुई राजाहरूको शासन अन्तर्गत थिएँ । नेपालका राजा र गल्कोटका राजा । गल्कोट ऐतिहासिक ठाउँ हो । ऐतिहासिक ठाउँ  यस अर्थमा कि गल्कोट बाइसे चौबिसे राज्यमध्ये एक राज्य हो । गल्कोटका अन्तिम राजा भरथबम मल्ल थिए । उनको  गल्कोट राज्य चौधह सालतिर आएर खारेज भयो । म केटाकेटी छँदा राणा शैलीमा बनेको गल्कोटे राजाको दरबार दरममा थियो । अहिले गल्कोट राजा सुनसान दरबार हरिचौरमा छ ।  कारण के भने हामी जसलाई केटाकेटीमा दरम नामले चिन्दथ्यौं अहिले आएर हरिचौर नामले चिन्दछौं । ठाउँ नफेरिए पनि नाउँ  फेरिएको छ । गल्कोटे राजा भरथबम मल्लकी रानीको नाउँ हो चैतन्य देबी । चैतन्य देबी सुवर्ण शमसेरकी दिदी हुन् । मैले सानामा गल्कोटकी रानी चैतन्य देबीलाई देख्ने मौका पाएको थिएँ ।  बुबाका गल्कोटे राजा र रानीसित राम्रो सम्बन्ध र सम्पर्क भएको हुनाले पनि होला उनी रिडी बुटबल हुँदै घुमाउरो बाटो काठमाण्डौ जान्थिइन् । त्यसरी घुमाउरो बाटो हुँदै काठमाण्डौतिर जाने बेलामा मिनमा चढेर हिंड्दा उनको मिन (  पालकी ) हाम्रो आँगाखेतको दोकानमा अडिएको र उनी मिनबाट निस्केर केही बेर बुबाहरूसित  कुराकानी गरेको दृश्य अझै पनि मेरो स्

शिलाङका होमलाल जोशीको संझनाको सेरोफेरोमा

केही दिन अघि बुटवलमा मेरो भेट तुल्सीराम फुल्लेलसित भएको थियो । उनको पहाड घर अर्घाखाँचीमा पर्दछ । तर हाल उनी शिलाङ कलेजमा लाइबेरियन छन् । त्यहाँ उनी शिलाङमा राजनैतिक  सामाजिक र विशेषगरी साहित्यिक कार्यमा संलग्न र सक्रिय छन् । उनका बुबा शिलाङ कलेजमा काम गर्दथे । शायद यही भएर होला बुबाको ठाउँमा उनले शिलाङ कलेजमा जागीर पाए ।  शिलाङ कलेज मैले अध्ययन गरेको कलेज हो । यस कलेजमा मैले अध्ययन गर्दा शुरुमा बंगाली प्रिन्सिपल थिए ।  पछि  सिनिरियटीको आधारमा भन्दा पनि क्षमताको आधारमा धु्रवसिंह रावतलाई नै डिपिआईले पिन्सिपल नियुक्त गरेको थियो । ध्रुवसिंह रावत  एनसीसीका पनि कमाण्डर भएको हुनाले उनमा अद्भूत  कमाण्डिङ क्षमता थियो । यसै कारणले नै उनलाई उक्त  पदमा नियुक्ति दिइएको थियो । ध्र्ुवसिंह रावत   कमर्श विषयको नै अध्यापन गर्दथे । तर शिलाङ कलेजमा वी एमा नेपाली बिषय बढाउने कुनै शिक्षक नभएको हृनाले उनले नै नेपाली विषय पनि अध्यापन गर्दथे । उनले कठिन नेपाली शब्दको अर्थ अंग्रेजीमा लेखेर राखेका हुन्थे । कठिन नेपाली शब्दको अर्थ नखुृलेमा नोटबुकमा अंग्रेजीमा लेखिएको अर्थ हेर्दथे । उनले माधव प्रसाद घिमिरेको रा

बिडम्बना

बा तिम्रो गणतन्त्र वा तिम्रो लोकतन्त्र वा तिम्रो कानुनी राज वा तिम्रो विधिको शासन कहीं नभएको जात्रा हाँडीगाउँमा भने जस्तै छोड्नु पर्ने मान्छे चीलले चल्ला झम्टे जस्तै झम्टिन्छ तिम्रो गणतन्त्र बाघले बाख्राको पाठो जस्तै गजेट्दछ तिम्रो लोकतन्त्र थुन्नु पर्ने मान्छे साँडे पल्टेर डुक्रिदै हिड्छ तिम्रो कानुनी राज जेलमा कोच्नु पर्ने मान्छे मदोमत्त हातीले जस्तै ऐन कानून नै कुल्चेर हिड्छ तिम्रो विधिको शासन । २५–१०–२०७६

एमसीसीको विरोधमा देश

दुनियाँलाई थाहा भएकै कुरा हो कि अमेरिकी साम्राज्यवादले जुन जुन देशको उद्धार गर्दछु भनेर सेना पठायो त्यहाँ जरो गाडेर बस्यो । अड्डा जमाएर बस्यो । हो चि मिन्हको वियनामले मात्र बषौं बषौंसम्म डटेर लडेर आफ्नो भूभागबाट अमेरिकी सेनालाई लखेट्यो । यो अपवाद हो । नेपालमा यो वा त्यो बहानामा अमेरिकी सेना पस्यो भने त्यसलाई भगाउन सजिलो कुरा हुन सक्दैन । हाम्रो मुलुकको सरकारले कालापानीमा कब्जा जमाएर बसेको भारतीय सेनालाई त हटाएर आफ्नो भूभाग फिर्ता गराउन सकेको छैन भने अमेरिकी सेनाको कुरा के गर्नु ।  इराकको संसदले अमेरिकी सेनालाइ इराक छोड्न भनेर आदेश दियो । अमेरिकी सेनाले सुनेको छैन ।  हेक्का राख्नु पर्ने कुरा यो छ कि इराक नेपालभन्दा धेरै शक्तिशाली छ । यतिबेला साम्राज्यवादी अमेरिकालाई टक्कर दिने फिडरल कास्ट्रोको क्वुवा हो । उत्तर कोरिया हो । इरान हो । रुस र चीन पनि अमेरिकाले हेप्न नसक्ने मुलुक हुन् । बाँकी संसारलाई अमेरिकाले गन्दैन । टेर्दैन । यतिबेला अमेरिकाको लागि सबभन्दा ठूलो चुनौती चीन बनेको छ । उदयमान शक्ति चीन । चीनले हिजोको सोभियत  संघको स्थान लिंदैछ ।यसैले पनि विश्वको उदयमान शक्ति चीनलाई घेर्ने

चल उड जा रे पंक्षी

पंडित बाबुराम भट्टराई थनथनको लागि प्रसिद्ध छन् । उनका थनथन खलील जिब्रानका भन्दा सरल तर पनि चोटिला हुन्छन् । मलाई कार्टुन, व्यंग चित्र तथा पंडितजीको थनथन मन पर्दछ । म उहिले धर्मयुग पढ्दा ढब्बुजीको व्यंग चित्र पढ्ने गर्दथें । मन  पराउ“थें । हालै मैले सैनामैनामा पंडित बाबुराम भट्टराईको थनथन पढें । त्यसमा उल्लेख गरिएको एउटा हिन्दी गीतले मलाई केही खल्लो गरायो । खल्लो गीत खल्लो भएर होइन पंडित बाबुराम भट्टराईले एउटा फिल्मको गीत अर्को फिल्मको गीत भनिदिएको हुनाले । हुन त –चल उड जा रे पंक्षी कि अब यह देश हुआ बेगाना ,खतम हुअ‍े दिन उस डाली पर जिस पर तेरा बसेरा था – गीतलाई उनले शायद मुृगले आजमको गीत भनेर जोगिने अलिकति बाटो पनि बनाएका छन् । तर पनि उनले मुगले आजमको गीत हो कि भन्नुभन्दा मलाई एउटा हिन्दी फिल्मको गीतको संझना हुन्छ भनिदिएको भए आफूलाई कुनै गाल पर्ने कुरा हुने थिएन । जे होस्, पं बाबुराम भट्टराईले सबै कुरा जान्ने कुरा भएन । पंडित बाबुरामका के कुरा । कस्तै खू“खार पंडितले पनि सबै कुरा त जान्दै जान्दैनन् । जान्नै सक्दैनन् । प्राचीनकालमा प्रसिद्ध समालोचक होरेसले एक ठाउ“मा भनेका छन् –होमर प

राष्ट्रवादी र राष्ट्रघातीको भाषा

राष्ट्रवादी र राष्ट्रघातीको भाषा कहाँ एकै हुन्छ राष्ट्रवादी  र राष्ट्रघातीको भाषा फरक फरक हुन्छ राष्ट्रजादी  र राष्ट्रघातीको भाषा अलग्गै छुटिन्छ राष्ट्रवादीको भाषामा राष्ट्रवाद बोलेको हुन्छ् राष्ट्रघातीको भाषामा राष्ट्रघात बोलेको हुन्छ बुझ्न खोजे बुझ्न सके राष्ट्रवादी र राष्ट्रघातीको भाषा सजिलै बुझ्न सकिन्छ राष्ट्रवादीको भाषामा राष्ट्रभक्तिको भावना झल्केको हुन्छ राष्ट्रघातीको भाषामा  राष्ट्रघातको भाइरस सल्केको हुन्छ के मिल्दथ्यो देशप्रेम र देशप्रति गद्दारीको भाषा के मिल्दथ्यो   गुलामीको भाषा र आजादीको भाषा के मिल्दथ्यो स्वाधीन आत्माको भाषा र पराधीन आत्माको भाषा गुलामीको  भाषामा लेन्डुप दोर्जेको प्रेतान्मा बोल्दछ आजादीको भाषामा भगतसिंहको बलिदानको बम बिष्फोट हुन्छ राष्ट्रवादी  र राष्ट्रघातीको भाषा फरक फरक हुन्छ राष्ट्रघाती आफू बाँच्न देश र जनतालाई मार्दछ राष्ट्रवादी देश र जनतालाई बचाउन आफू मर्दछ । २०–१०–२०७६