Skip to main content

Posts

Showing posts from July, 2019

प्रगतिवादी साहित्यिक चिन्तन

आम रुपमा प्रगतिवादी साहित्यलाई माक्र्सवादी साहित्य पनि भन्ने गरिन्छ । माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य पनि भन्ने गरिन्छ । विषय बस्तुलतई स्पष्ट रुपमा प्रस्तुत गर्दा के पनि भन्न सकिन्छ भने हाम्रो नेपाली समाजको वामपन्थी आन्दोलनमा माक्र्सवादी साहित्यलाई प्रगतिवादी साहित्य भनिन्छ । यसको राम्रो व्याख्या प्रगतिशील लेखक संघले गरेको छ । तर यतिबेला स्वयं प्रगतिशील लेखक संघ कहाँ छ बत्ती बालेर खोज्नु पर्ने अवस्था छ । हामी प्रगतिशील लेखक ंसंघलाई सामन्तवादी तथा साम्राज्यवाद विरोधी साहित्यको अग्रिम दस्ताका रुपमा बुझ्दथ्यौं अथवा बुझ्ने गरेका थियौं । उसरी प्रगतिशील लेखक संघलाई हामी सामाजिक यथार्थवादमा विश्वास गर्ने वामपन्थीहरूको साझा साहित्यिक मंचको रुपमा बुझ्ने गरेका थियौं । तथापि आफूलाई बामपन्थी भन्ने कति लेखक कवि यसमा समावेश थिएनन् । समावेश हुन खोजेनन् । समावेश गरिएन । हिजो नेपाली कम्युनिष्ट आन्दोलन मूलतः दुई धारमा विभाजित थियो । चीनपरस्त धार र रुस परस्स धार । चीन परस्त धार रुस परस्त धारलाई माक्र्सवादी धार नै मान्दैनथ्यो । रुसमा नाम मात्रको भए पनि समाजवादी व्यवस्था ढले पछि र चीनमा पनि मा