Skip to main content

Posts

Showing posts from March, 2022

दुस्साहस र कान्छी

  कुनै पनि प्रकारको श्रम गर्नु लज्जाको विषय होइन । कुनै पनि काम गरेर कोही सानो हुँदैन । काम ठूलो सानो हुँदैन ।  हामीले श्रमलाई सम्मान गर्नु पर्दछ । त्यसलाई अंग्रेजीमा डिगनिटी अफ लेभर भन्छ्न् । शिलाङमा नेपाली भाषाका दुई अति प्रिय  शक्द निकै आँखाका कसिंगर जस्ता भएका छन् । ती शब्द हुन् श्रमसित जोडिएका दाज्यू र कान्छी शब्दहरू । दाज्यूलाई आजभोलि कसैले हिन्दीको प्रभावले  दादा भन्न पनि थालेका छन् ।  दाज्यूलाई दाई पनि भनिन्छ । गल्कोट बाग्लुङमा मैले दाज्यू भनेको सुनेको छैन । गल्कोट बाग्लुङमा दाई र दाजी भन्ने गरिन्छ । दाई शब्दमा भन्दा दाजी शब्दमा बढी आदर सम्मान रहे भए जस्तो देखिन्छ । दार्जीलिङमा दाई दाजी भन्ने चलन छैन । दार्जीलिङमा दाई दाजीलाई  दाज्यू भनिन्छ ।  शिलाङमा दाज्यू भनेमा कांधमा नाम्लो झुण्डाएर भारी बोक्ने श्रमिक बुझिन्छ । नेपाली बुझिन्छ । शिलाङका पाखा पखेरामा धेरै जसो नाम्लो लिएर बडा बजार बजार गाडीखाना , मौखार , आलुगोदाम, पुलिस बजार बस स्टेशनमा कामको खोजीमा डुल्ने श्रमिक नेपाली नै हुन्छन् । उनीहरूलाई  दाज्यू भनेर सम्बोधन गरिन्छ । भारी बोक्ने श्रमिकलाई दाज्युू भनेमा उनीहरू दुखित हुँदैन

नेपालको इतिहासको कालो दिन

  नेपाली कांग्रेसले यो मुलुकमाथि धेरै गद्दारी गरेको इतिहास छ ।  नेपाली कांग्रेसका मातृका प्रसाद कोइरालाले राष्ट्रघाती कोशी सम्झौता गरेका थिए । त्यसरी नै २०१६ सालमा नेपाली कांग्रेसका वी पी कोइरालाले राष्ट्रघाती गण्डकी सम्झौता गरेका थिए ।  १९५३ मा राष्ट्रघाती महाकाली सन्धि नेपाली कांंग्रेसका गिरिजा प्रसाद कोइरालाले गरेका थिए । यसरी नेपालका राष्ट्रघाती सन्धि गरेर नेपाली कांग्रेसले नेपालका तीन ठूला नदी भारतलाई बेचेको थियो । नेपाललाई सुख्खा बनाएर नेपालका जलस्रोत भारतलाई सुम्पेको थियो । त्यतिबेला कम्युनिष्टहरूले भन्ने गर्दथे कृष्णप्रसाद कोइरालाका तीन भाइ मातृका प्रसाद काइराला, विश्वेश्वर प्रसाद कोइराला र गिरिजा प्रसाद कोइरालाले नेपालका ठूला नदी भारतलाई बिक्री गरेर ठूलो राष्ट्ररूघात गरेका छन् ।  गिरिजा प्रसाद कोेइरालाले सुटृुक्क समझदारीको नाममा राष्ट्रघाती टनकपुर सम्झौता गरे पछि नेपालमा त्यसकोे चर्को विरोध भएको थियो । त्यतिबेला नै माधव नेपालले भारतमा गई प्याकेजमा महाकाली सन्धि गर्ने प्रस्ताव ल्याएर आएका थिए । पंचेश्वर बाँध सहितको राष्ट्रघाती संझौता गर्न नेपाली कांग्रेस तम्तयार भएर बसेको थियो