Skip to main content

Posts

Showing posts from November, 2018

अणु कविता

मालिक बर्गको शासन सत्ता मालिक बर्ग कै हातमा सरेको छ संकट मुलुकको खोई कहाँ टरेको छ समृद्धिको जति फलाके पनि चर्को नारा उसले हुम्ला जुम्लामा मान्छे सिटामल नपाई मरेको छ । २२–११–२०१८ ६–८–२०७५

दशै

दशैं आयो दशैं आयो भन्ने शब्द चारैतिर ध्वनित भएको हामी सुन्दछौं । दशै होइन दशा भनेको कुरा पनि हाम्रा कर्णकुंहरमा गुंजिन पुग्दछ । आजभोलि दशैंको बेलामा मान्छेहरूले तपाइंको दशैं छ कि छैन भनेर सोधेको पनि पाइन्छ । तपाइंको दशैं छ कि छैन भन्ने शब्द म पहिला पहिला सुन्दिनथे. । शायद यो नयाँ बिचारको अभिव्यक्ति हो । नयाँ संस्कारको कुरा हो । नयाँ संस्कृति र सभ्यताको कुरा हो । तपाइंको दशैं  छ कि छै्रन भन्ने सोध्ने मान्छेले साथसाथै हाम्रो दशैं छ वा छैन भन्ने कुरा पनि जनाउँछन् ।, घरमा वा आफ्नो नजिकको मान्छेको मृत्यु भयो भने त्यो बर्ष दशैं हुँदेन । कति मान्छेले कतै न कतै कसैको मृत्यु भएको हुनाले बषौं बर्षसम्म पनि दर्शै नमानेका हुन सक्दछन् । बर्षौ बर्षसम्म उनीहरूको दशैं नभएको हुन सक्दछ । यसरी हरेक बर्ष दशैं आए पनि कसैको दशैं हुन्छ । कसैको दशैं हुन्न । यसैले कसैको निम्ति दशैं निकै रमाइलो समय भए पनि कसैको निम्ति पीडाको विषय पनि बन्दछ । दशैं हिन्दुहरूको महान चाड मानिन्छ । तर पनि हिन्दुहरूले पनि दशैंलाई समान महत्व दिएको पाइन्न । जस्तै मारवाडीहरू दशैंलाई दिपावली भन्छन् । उनीहरू  दशैंलाईभन्दा बढी महत्व तिह

आकाश सफा देख्दा

बादलिएको आकाश सफा देखिन्छ बेदाग देखिन्छ अदालतबाट सफाइ पाएको झगडिया जस्तो ढाकिएको छैन आकाश काला बादलका पर्दाले जुन तारा   घाम  छेक्ने गरी छैनन् कतै बादलका छिटा हो विल्कुल सफा छ आकाश हिउँचुलीको सेतो हिउँ जस्तो बृद्ध मान्छेका फुलेको सेतो कपाल जस्तो सुनिन्न कतै गड्यांग गुडुङ गर्जिन्न आकाश कानका जाली फुट्ने गरी चम्किन्न विजुली आँखा तिरमिराउने गरी खस्दैन इन्द्र बज्र धरती जोत्ने   गरी शान्त छ वातावरण चारैतिर श्मशान घाट जस्तै शान्ति छ चारैतिर महाभारतको युद्ध पछि छाएको शान्ति जस्तै कतै खोलो पहिरोको भय पनि छैन कतै  बाढीको प्रकोपको त्रास पनि छैन यतिबेला केवल एउटा प्रश्न मेरो मन मस्तिष्कमा  नाचिरहेछ कतै यो कुनै ठूलो आँधी आउनुभन्दा पहिले छाएको शान्ति त होइन कतै यो ठूलो उथलपुथलको पूर्व संकेत  त होइन कतै यो कुनै ठूलो आक्रमणको तयारीको लागि गरिएको अस्थायी सिज फायर त होइन प्रकृतिको भाषा बुझ्न गाह्रो छ तर असंभव छैन । २२–७–२०७५