Skip to main content

Posts

Showing posts from March, 2021

राजनैतिक रंगमंच

  रंगमच त धेरै थरिका हुन्छन्  ह्जारौं थरिका हुन्छन्  लाखौं थरिका हुन्छन्  राजनीतिको पनि आफ्नै रंगमंच हुन्छ सबभन्दा खतरनाक रंगमंच हो राजनैतिक रंगमंच राजनैतिक रंगमंचमा को कहाँ छ त्यो त्यति  सजिलै बुझ्न सकिन्न राजनैतिक रंगमंचमा को के हो  त्यो त्यति सजिलै चाल पाउन सकिन्न    स्याल र बाघ पनि उस्तै उस्तै हुन्छन् राजनैतिक रंंगमंचमा चोर डाँका र साधु सन्त  पनि उस्तै उस्तै हुन्छन् राजनैतिक रंगमंचमा  राक्षस र देउता पनि उस्तै उस्तै हुन्छन् राजनैतिक रंगमंचमा शत्रु  र मित्र पनि उस्तै उस्तै हुन्छन् राजनैतिक रंगमंचमा राष्ट्रवादी र राष्ट्रघाती पनि उस्तै उस्तै हृुन्छन् राजनैतिक रंगमंचमा  सकली कम्युनिष्ट र नकली कम्युनिष्ट पनि उस्तै उस्तै हुन्छन्  राजनैतिक रंगमंचमा  भmण्डा उस्तै उस्तै बोकेका हुन्छन् उनीहरू नारा उस्तै उस्तै लगाएका हुन्छन् उनीहरू राजनैतिक रंगमंचमा  को अग्रगामी हो को प्रतिगामी हो खुट्टाउनै गाह्रो को क्रान्तिकारी हो को प्रतिक्रान्तिकारी हो छुट्टाउनै गाह्रो  राजनैतिक रंगमंचमा  को नायक हो को खलनायक हो  पहिचान गर्नै गाह्रो  राजनैतिक रंगमंचमा यसैले त खलनायक पनि नायकका भूमिकामा रहिरहका हुन सक्दछन्

सही कुरा यही नै हो

   यो मुलुकमा कुनै पनि संघर्ष आन्दोलन क्रान्ति वा जनयुद्धले आमूल परिवर्तन गर्न सकेको छैन । २००७ सालदेखि १९६२÷०६३ सम्म जे जति जस्ता परिवर्तन भएका छन् तिनी चुहुने घर टालेका जस्ता परिवर्तन हुन् । च्यातिएका लुगा तुनतान गरेर भिरेका जस्ता परिवर्तन हुन् ।  थोत्रो गाडी मर मरम्पत गरेर कति ठाउँमा घुचेट्दै र कति ठाउँमा बल्ल बल्ल गुडाउँदे काम चलाएका  जस्ता परिवर्तन हुन् । बलजफ्ती घिसारेका जस्ता परिवर्तन हुन्।  पुरानो घर डेन्टिङ पेन्टिङ गरेका जस्ता परिवर्तन हुन् ।  रंग रोगन गरेका जस्ता परिवर्तन हुन् । भत्केको सडकका खाल्टा खुल्टी अलिकति अलकत्रा चुहाएर गिटटी बालुवाले पुरपार गरेका जस्ता परिवर्तन हुन् । परिवर्तन भएन भन्ने हो भन्ने हो भने राणाको सट्टामा शाह आएका छन् ।  पंचायतको सट्टामा बहुदल आएको छ ।  राजतन्त्रको सट्टामा गणतन्त्र आएको छ । तर मुलुक हिजो राणाकालामा अर्ध सामन्ती र अर्ध औपनवेशिक थियो । आज लोकतान्त्रिक गणतन्त्रको युगमा आएर पनि  मुलुक अर्ध सामन्ती र अर्ध औपनिवेशिक नै छ । यसको सामाजिक आर्थिक राजनैतिक सांस्कृतिक क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको छैन । सबभन्दा ठूलो कुरा त आम जनताका जीवन स्तरमा क