Skip to main content

Posts

Showing posts from October, 2020

घुम्टे दर्शन

  घुम्टे नै त हो गहना गल्कोटको घुम्टे नै त हो सान घुम्टे नै त हो गल्कोटको आखिर त्यो धुक धुकी प्राण बिहानी हुन्छ घाम झुल्की घुम्टेमा हटी सारा अँध्यारो लाग्दछ मलाई आफ्नै घर गाउँ अति नै धेरै प्यारो घाम  डुबेमा दिन्छ संकेत घुम्टे साँझ पर्न थालेको देखिन्छ चारैतिर घर घरमा दियो बत्ती बालेको पर्दछ पानी पनि बडो बेगले घुम्टेबाटै पुत्याई हुत्तिन्छ हुलुवा खोला हुल्ल हुल्ल खान्छ खेतै हुत्याई आकाश नै गर्जिदा गड्याङ्ग गर्दै  गर्जिन्छ घुम्टे झन थर्र काँप्दछ धरती नै भयले त्रसित हुन्छ मन  बर्षामा बादलले ढाक्दछ घुम्टे पुष माघ  हिउँले आकर्षित पार्छ सबलाई घुम्टे , हिमालको भिउले  हो यो गल्कोटको शिरताज घुम्टे गल्कोटको गौरव फिंजाएको  छ यसले चारैतिर आफ्नो सारा बैभव  झुक्ला बरु सारा संसार नै यहाँ सक्दैन घुम्टे झुक्न संचित गर्छ सारा सम्पति घुम्टे जान्दैन व्यर्थै फुक्न  बनस्पति र बन्य जन्तुले पूर्ण जडीबुटीले पूर्ण  छैन कुनै पनि कुरामा कमी यो छैन कतै अपूर्ण घुम्टेको धुरीमा चढेर हेरेमा देखिन्छ रे संसार घुम्टे हो गल्कोटको धन धान्यकै भीमकाय धन्सार  जे खोजिन्छ त्यही भेटिन्छ घुम्टेमा सुनिन्छ यो भनेको  कति छ कति छ सम्पत

किनबेच

पहिले नै चिनिएको थियो उनलार्ई राम्ररी नै उनी को हुन् भनेर  फेरि चिनियो  बसेर अँ्रध्यारो कुनामा  दुस्मनसित चुपचाप कुनि कुन कुन मुद्दा छिनियो देखाएरै होला ठूलै आश उनलाई फेरि किनियो  दिएरै होला मागेका जति सबै कुरा  ऋुण मालिकको तिरियो  हुन सक्दछ हिसाब किताब मिलाउन भनेरै सारा दुश्मनका टांग मुनि पनि छिरियो  के मतलब उनलार्ई कुनै कुरा सच्चियो कि विरियो  बोकाएको भारी  जति मालिकले  चुपचाप भिरियो । ८–७–२०७७    

अतिथिदेव भव

राजेन्द्र  शहरमा आएर अध्ययन गर्दा गर्दै यतै जागिरमा लागेको थियो । जागिर पाउनासाथ उसले पढ्न शहर आएकी गाउँकी केटी चन्द्रासित बिवाह गरेको थियो । एक जनाको सानो तिनो नोकरीले गुजारा चलाउन गाह्रो थियो । पर पाहुना परे भने ठूलो आपत विपत नै पर्दथ्यो । ऋण धन गरेर इज्जत जोगाउनु पर्दथ्यो । यो कुराको ज्ञान शहरमा पाहुना हुन आउनेलाई हुँदैनथ्यो । भाडामा उसले दुइबटा कोठा लिएको थियो । एउटा कोठालाई किचनको रुपमा प्रयोग गरेको थियो ।  अर्को कोठा बेड रुम र बैठक कोठा दुबैको लागि प्रयोग गरिन्थ्यो । उसरी भान्सा कोठा पनि पाहुना कोठाको रुपमा प्रयोग भइरहेको थियो ।  यसरी नै राजेन्द्रको मामाको छोरा गणेश उसका घरमा पाहुना हुन आयो । राजेन्द्रले मामाको छोरा गणेशलाई न रुचाउने कुरा त भएन । तर राजेन्द्रकी श्रीमती चन्द्रालाई यो कुरा पटक्कै मन परेको थिएन ।  भए पनि उसले आफ्ना श्रीमानको इज्जतको खातिर गणेशलाई ठूलो आदर सत्कारका साथमा राम्रै खाने बस्ने व्यवस्था मिलाएकी थिई । मासु भात खुवाएर  नै पाहुनाको सत्कार सेवा गरेकी थिई । राजेन्द्र र चन्द्राको बिचार थियो शहरमा पाहुना बन्न आएको गणेश छिटै गाउँ फर्किएला । तर ऊ मासु भात खाएर हप्त

राजा कमरेड

कसम कहाँ सोंचको थिएँ र मैले  हिजो कमरेड यस्ता होलान् भनर लुक्दै छिप्दै दुश्मनका आँखा छल्दै झोलामा पुस्तक र  दस्तावेज बोकर बुकुरा बुकुरा पुग्दथे उनी लाल सलाम कमरेड भन्दै गरमजोशीकासाथ हात मिलाउँथे उनी कसैले जडौरी दिएको टालो भिर्थे उनी चप्पल नपाए खालि खुट्टा पनि हिंड्थे उनी आटो पीठो ढिंढो जे टकार्यो  मुख मिठाइ मिठाइ खान्थे उनी पाएनन् कतै बास भने सेल्टर भने ओढारमा पनि रात गुजार्थे उनी कतै गास पाएनन् भने सिनो खाएर पनि भोक टार्दथे उनी  किसान र मजदूरहरूका बुकुरा बुकुरामा पुगेर अँध्यारो रातमा टुकी बालेर  क्रान्ति र मुक्तिका कथा सुनाउँथे उनी क्रान्ति र मुक्तिका सुन्दर सपना देखाउँथे उनी भिख मागेर केही पाइंदैन  लडेरं नै ल्यउिन पर्दछ आफ्नो राज भन्दथे उनी कम्युनिष्टको आफ्नै सेना हुनु पर्दछ भन्थे उनी लाल सेनाका कुरा गर्दथे उनी  जनवाद समाजवाद र साम्यवादका कुृरा गर्दथे उनी सर्वहाराको सत्ता स्थापना गर्ने लक्ष्य बताउँथे उनी पाटीका कार्यनीति रणनीति र कार्यक्रमका दस्तावेजमाथि बहस चलाउँथे उनी माक्र्सवाद लेनिनवाद र माओवाद के हो राम्ररी बुझाउँथे उनी रातो कितावका उक्तिहरू त कुरै पछि दोहोराउँथे उनी बर्गीय प्रम