Skip to main content

Posts

Showing posts from July, 2022

मेघालयका पृुलिसका फन्दामा पर्दा

  मेरो पुष्पलालको नेतृत्वको पार्टीका रहँदादेखि नै तिल कार्कीसित आत्मीय मित्रता भएको थियो ।  पछि तिल कार्कीको परिवारसित मेरो पारिवारिक सरहको सम्बन्ध पनि स्थापित हुन पुगेको थियो । पुष्पलालको पालादेखि स्थापित भएको तिल कार्कीको परिवारसितको मेरो गहिरो सम्बन्ध पछि नेकपा माले  कालमा पनि यथावत रहेको थियो ।  मैले शिलाङ छोडे पछि त्यहाँ गएर बस्ने घर नै तिल कार्कीको घर बनेको थियो । वास्तवमा शिलाङमा तिल कार्कीको घर उनको नीजी घर नभई  उनका बुबाले काम गर्ने क्रिश्चियन मिसनरीको स्वामित्वमा रहेको घर कम्पाउण्ड थियो ।  तिल कार्कीको बुबालाई बस्न खान काम गर्न दिएको घर एउटा सैनिक व्यारेक जस्तै थियो ।  लहरै कोठा कोठा भएको ।  ठूलो कम्पाउण्ड भएको प्रशस्त जमीन भएको । तिल कार्की त्यतिबेला नेकपा मालेसित सम्बन्धित प्रवासी नेपालीको संगठनको नेतृत्व गरिरहेका थिए । म शिलाङ पुग्दा दीपक विश्वकर्मा पनि शिलाङ पुगेका रहेछन् । तिल कार्की कै घरमा पुगेका रहेछन् । तिल कार्कीको घरमा नै हाम्रो भेट भयो ।  पोखरामा नेकपा मालेको रहेर काम गरिरहेका दीपक आफ्नो  बाबुले काम गरिरहेको मेघालयतिर हानिएका रहेछन् ।  उनी आफूले काम गरेको पार्टीको