Skip to main content

Posts

Showing posts from February, 2018

सत्य

असत्य असत्य नै हो तर असत्यलाई शक्तिले  सत्य बनाउँछ सत्य सत्य नै हो तर सत्यलाई सत्य बनाउन पनि शक्ति चाहिन्छ आज दुनियाँमा शक्तिकै बलमा असत्य पनि सत्य भैरहेको छ आज दुनियाँमा सत्य पनि शक्तिको अभावमा असत्य भैरहेको छ तर पनि साँचो कुरो के हो भने सत्यको अगाडि असत्य जति शक्तिशाली भए पनि कमजोर हुन्छ असत्यको अगाडि सत्य जति कमजोर भए पनि शक्तिशाली हुन्छ यसैले त हो सत्य असत्यसित कहिले डराउँदैन जब कि असत्य सत्यसित सधैं डराउँछ भयभीत हुन्छ यहाँसम्म कि आतंकित हुन्छ यसैले त हो असत्यले सत्यमाथि प्रतिबन्ध लगाउँछ असत्यले सत्यलाई अबैद्य घोषित गर्दछ । १७–११–२०७४

कटु यथार्थ

उनीहरू त उतैका थिए उतैका कुरा गर्ने नै भए यसमा आश्चर्य मान्नु पर्ने कुरा नै के छ र त्यस्तो यताकाले पनि निर्लज्ज भई उतैका कुरा गर्न थाले उतैका हुन थाले आश्चर्य मान्नु पर्ने कुरा त यो पो त भयो भन्न त हामीले नभनेको होइन उताको भए पनि तिमी यतैका बन कुरा गर यतैका सपना देख यतैका मादल बजाऊ यतैको गीत गाउ यतैको पीर्ति लाउँ यतैसित तर के गर्नु यतैका मान्छे समेतले उतैका कुरा गर्न थाले पछि यताका मान्छे पनि उतैका मान्छे बन्न थाले पछि यताका मान्छेले पनि उतैको सिता खाएर उतैको गीता गाउन थाले पछि यताका मान्छेले पनि उतैको भलो गर्न थाले पछि उतैको हलो जोत्न थाले पछि उतैका मान्छे उनीहरू उतैका कुरा गर्ने नै भए यताको होइन उनले उतैको भलो सोंच्ने नै भए उतैको हलो जोत्ने नै भए यताका होइन उनले उतैको खेतीपाती गर्ने भए उतैको विउ विजन रोप्ने भए उतैका रुख बिरुवा सार्ने भए उतैको मलजल लगाउने भए उतैका बालीनाली स्याहार्ने भए उतैको भकारी भर्ने भए उतैको मुद्दा बोक्ने भए उतैको बकपत्र गर्ने भए उतैको साक्षी बस्ने भए उतैको बारिस बन्ने भए उतैको बहस पैरवी गर्ने भए उतैकालाई जिताउन जुनसुकै ठाउँमा पनि पुग्ने भए जसलाई पनि गुहार्

इतिहासका सारथी

चाहन त सबै चाहन्थे होला अर्को माक्र्स बन्न तर माक्र्स एउटै बने चाहन त सबै चाहन्थे होला अर्को एंगेल्स बन्न तर एंगेल्स एउटै बने चाहन त सबै चाहन्थे होला अर्को लेनिन बन्न तर लेनिन एउटै बने चाहन त सबै चाहन्थे होला अर्को स्तालिन बन्न तर स्तालिन एउटै बने चाहन त सबै चाहन्थे होला अर्को माओ बन्न तर माओ एउटै बने त्यस पछि त सबै कृुनि के के बन्छु भन्थे कुनि के के बन्न पुगे के के बन्दै गए हिजो आफ्नै हातले निर्माण गरेको पथ भत्काउँदै पनि गए हिजो आफ्नै हातले लेखेको इतिहास च्यात्दै पनि गए हिजो आफूले देखेको सपना बिर्सिदैं पनि गए कसैले चाहँदैमा कोही माक्र्स एंगेल्स बन्ने त होइन लेनिन स्तालिन बन्ने त होइन माओ बन्ने त होइन इतिहासले नै माक्र्स एंगेल्सलाई जन्मायो इतिहासले नै लेनिन स्तालिनलाई जन्मायो इतिहासले नै माओलाई जन्मायो इतिहासले नै अर्का माक्र्स एंगेल्सलाई जन्माउने छ इतिहासले नै अर्का लेनिन स्तालिनलाई जन्माउने छ इतिहासले नै अर्का माओलाई जन्माउने छ इतिहासको आवश्यकता अनुसार नै इतिहासले नै इतिहासका कुँडा करकटलाई डम्पिङ साइटमा मिल्काउँदै जाने छ इतिहासका अनावश्यक बस्तुलाई नष्ट

बेलायतका गोविन्द बेल्बासेसित बुटबलमा भेट

माओवादी जनयुद्धको बेलामा माओवादीको आरोपमा पकडिएका वा बेपत्ता पारिएका व्यक्तिहरूको पक्षमा सबभन्दा बढी बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने मध्येका एकजना कानून व्यवसायी थिए गोविन्द बेल्बासे । गोविन्द बेल्बासे कानून व्यवसायीको रुपमा एउटा सक्षम उदाउँदा तारा थिए । उनी हामीसित नै हामी केही व्यक्तिहरूले संचालन गरेको ल फर्म सुविधा कानूनी कार्यशालामा आवद्य थिए । तर शायद माओवादीका आरोपमा समातिएका वा गायब गरिएका व्यक्तिहरूको तर्फबाट बन्दी प्रत्यक्षीकरणको मुद्दाको बहस पैरवी गरेको कारण उनलाई यस मुलुकमा बस्न गाह्रो भयो र उनी बेलायत  पुगे । हुन त उनले यही कारणले नै नेपाल छोडेका हुन् भन्ने कुरा  म यकीनसाथ भन्न सक्दिनं । बेलायतमा गएर उनले साइबर लको अध्ययन गरेका थिए । साइबर ल भर्खर भर्खर अध्ययनको विषय बनेको थियो । पुख्र्यौली घर अर्घाखाँची , स्थायी बसोबासो कपिलवस्तु , एउटा पक्की घर बुटबल क्याम्पस पछाडि समेत भएका गोविन्द बेल्बासे यतिबेला बेलायतमा घर किनेर सपरिवार बसेका छन् । उनकी एउटी छोरीको बेलायतमा बसोबासो गरिएका युवा बैज्ञानिक पुष्प उप्रेतीसित यही बुटवलबाट विबाह भएको हो । पुष्प उप्रेतीको पुख्र्यौली

अणु कविता

कोरियामा भरिया भएर जिन्दगी फाल्नुभन्दा त नेपालमा खोरिया खनेर पेट पाल्नु राम्रो विदेशमा बगाउने पसिना स्वदेशमा बगाउन सके त स्वर्ग नै बन्दछ यो देश हाम्रो । २४–१०–२०७४

सीमामा

उता उनको सीमाको रक्षा गर्न छातीमा गोली थापेर हाम्रा बीर राजेश खत्रीहरू ढल्छन् यता उनले हाम्रो सीमाभित्रै प्रवेश गरेर हाम्रै सीमा रक्षक बीर गोविन्द गौतमहरू ढाल्छन् हाम्रो उनकै मतियार बनेको लेन्डुपे सरकार सिंहदरबारमा बाँसुरी बजाएर बस्दछ ।  २२–१०–२०७४

पुजारीको देश

भन्दथे उहिलेका मान्छेहरू प्रकतिका पृुजारी हुन्थे        शक्तिका पुजारी हुन्थे सूर्यका  पुजारी हुन्थे बायुको पूजारी हुृन्थे. अग्निका पूजारी हुन्थे नागका पुृजारी हुन्थे देवी देउताका पूजारी हुन्थे दुर्गा काली महाकालीका पुजारी हुन्थे रणचण्डिकाका पुजारी हुन्थे हनुमानका पुजारी हुन्थे शक्ति कै पूजारी हुन्थे पछि मान्छे मान्छेकै पुजारी हुन थाले युद्ध सरदारका पुजारी हुन थाले राजा महाराजका पुजारी हुन थाले बादशाहका पुृजारी हुन थाले सम्राटका पुजारी हुन थाले हुँदा हुँदा मान्छेहरू सामन्तवादका पुजारी हुन थाले पूंजीवादका पुृजारी हुन थाले साम्राज्यवादका पुजारी हुन थाले बिस्तारवादका पुुजारी हुन थाले मान्छे शक्तिको उपासक बने पछि शक्ति कै भक्त बन्दै जाँदोरहेछ शक्तिकै पुजारी बन्दै जाँदोरहेछ मान्छेले भूत पिचास डायना बोक्सीको पूजा गर्ने मान्छेले लागो झाक्रीको पूजा गर्ने मान्छेले सीमे भूमेको पूजा गर्ने आखिर शक्तिकै पुजारी भए र  होला हामी  नेताको पूजा गर्दछौं नेता विदेशी प्रभुको पूजा गर्दछन् भनेर भएन पशुपतिको यो देश नै पुजारीको देश बनेको छ । १८–१०–२०७४