Skip to main content

Posts

Showing posts from November, 2022

नेपाली साहित्य परिषद्, शिलाङको स्वर्ण जयन्ती

       शिलाङको गोर्खा पाठशाला हाएर सेकेन्ड्री स्कूल मोप्रेम गाडीखानमा स्थित मणिसिंह गुरुङ सभागुहमा विभिन्न कार्यक्रम सहित यही नवम्बर ६ तारिक २०२२  (  २९ कार्तिक २०७९ ) का दिन नेपाली साहित्य परिषद् शिलाङको स्वर्ण जयन्ती समारोहको आयोजना गरिएको छ ।  यो नेपाली साहित्यिक पत्रिका मादलको पनि स्वर्ण जयन्ती बर्षको अवस्था हो ।  यसमा भाग लिन भनेर झण्डै ६ महिना अघिदखि मादलका सम्पादक तथा नेपाली साहित्य परिषद्का सचिव नरबहादुर राईले मलाई  धर्म भूसाल र दुर्गा प्रसाद अधिकारीलाई ईश्वर िप्रसाद खनाललाई समेत साथमा लिएर त्यस कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन् । जोर गरेका छन् र हामी सबैसित पटक पटक फोन सम्पर्क गरेका छन्  ।  हामी चारैजना कुनै न कुनै रुपमा नेपाली साहित्य परिषद् र मादलसित जोडिएका थियौं ।  शुरुमा दिनमा नेपाली साहित्य परिषद् र मादल पत्रिकामा क्रियाशील रहेका थियौं । यसैले त्यस कार्यक्रमा हामी उपस्थित हुन नसक्नु यसका आयोजकलाई मात्र होइन हामी निमन्त्रित चारै जनालाई खट्किने कुरा हो । दुखित हुने कुरा हो । पीडा हुने कुरा हो ।  फेरि पनि मुटुमा गाँठो पारेर हामी चारैजना त्यस ऐतिहासिक कार्यक्रममा उपस्थ