Skip to main content

Posts

Showing posts from April, 2019

कालो झण्डा

साराका सारा सज्जन मान्छेको बीचमा साराका सारा भद्र मान्छेको बीचमा साराका सारा सभ्य  मान्छेको बीचमा साराका सारा शिष्ट मान्छेको बीचमा साराका सारा बौद्धिक मान्छेको बीचमा साराका सारा देशभक्त मान्छेको बीचमा कुनि कताबाट एकाएक एउटा दुर्जन मान्छे निस्केछ एउटा अभद्र मान्छे निस्केछ एउटा असभ्य मान्छे निस्केछ एउटा अशिष्ट मान्छे  निस्केछ एउटा मुर्ख मान्छे निस्केछ एउटा गद्दार मान्छे निस्केछ एउटा बौलाहा मान्छे निस्केछ जसले छलेर आँखा दुनियाँका जसले तोडेर  घेरा शान्ति सुरक्षाका आफ्नो रौद्र रुप देखाएछ आफ्नो उग्र रुप देखाएछ कर्नेल उजीरसिंहको कुशल नेतृत्वमा हाम्रा बीर  पुर्खाहरूले देखाएर अपूर्व वीरता दिएर आफ्नो प्राणको आहुति लखेटेर अंग्रेज आक्रमारीहरूलाई जीत हासिल गरेको जीतगढीमा त्यसैको संझनामा आयोलित बिजय दिवसको सुअवसरमा आफ्नो जीतको झण्डा फरफराउन स्वयं प्रधानमंत्री हेलीकोप्टर चढेर पाउकष्ट गर्नु भएकोमा उहाँकै अगाडि ड्याम्मै खडा भएर उफ्री उफ्री जीतगढी जिन्दावाद भनेछ उजीर सिंह जिन्दावाद भनेछ प्रधानमंत्रीतिरै फर्केर कालो झण्डा देखाएछ । ८–१–२०१९

लेन्डुपेहरूका अभिनय

देशको माटो बेचेर दुश्मनलाई यो मुलुकका लन्डुपेहरू मंचित गरिरहे्का छन् देशभक्तिका नाटकहरू मनाइरहेका छन् पुरखाका वीरताका उत्सवहरू सुनाइरहेका छन् शौर्यका गाथाहरू गाइरहेका छन् राष्ट्रियता गीतहरू सच्चा देशभक्तहरू सच्चा राष्ट्रवादीहरू हैरान परिशान छन् लेन्डुपेहरूको खेल तमाशा देखेर लेन्डुपेहरूको अभिनय देखेर चर्तीकला देखेर वास्तवमा लेन्डुपेहरूको विद्रूप रुप देखेर र प्रश्न गरिरहेका छन् कति दिन चल्ने होला यस मुलुकमा यिनीहरूको यस्तो खेल तमाशा यस्तो उद्योग धन्दा । ७–१–२०७६

पुरस्कार

पाउनै पर्ने मान्छले पुरस्कार पाएनछ भनेर गुनासो गरेको पनि सुनियो पाउनै नपर्ने मान्छेले पुरस्कार पाएछ भन्ने गुनासो गरेको पनि सुनियो होला कति पाउनै पर्ने मान्छेले पुरस्कार पाएन पनि होलान् होला कति  पाउनै नपर्ने मान्छेले पनि पुरस्कार पाए होलान् पुरस्कृत पात्र उपहासका पात्र पनि भए होलान् पुरस्कृत पात्र सम्मानका पात्र पनि भए होलान् हो हुन त पुरस्कार दिने पात्र को हो त्यसमाथि पनि बिचार पुराउन पर्दछ होला हो पुरस्कार पाउने पात्रको योग्यता के हो त्यसमाथि पनि नजर पुराउनै पर्दछ होला खुदै पुरस्कार कस्तो हो त्यसमाथि पनि विचार पुराउनु पर्दछ होला पुरस्कार मात्र भनेर भएन पुरस्कार मान्छेको बजन बढाउने  खालतको पनि हुन सक्दछ पुरस्कार मान्छे्को बजन घटाउने खालको पनि हुन सक्दछ पुरस्कृत व्यक्ति भनेर मात्र भएन पुस्कृत व्यक्ति महान पनि हुन सक्दछ पुरस्कृत व्यक्ति  पतित पनि हुन सक्दछ हो कुनै पुरस्कार पाउनु पर्ने दष्डित पनि हुृन सक्दछ हो कुनै दष्ण्डित हुनु पर्ने मान्छे पुरस्कृत पनि हुन सक्दछ यसैले पनि पुरस्कारलाई विवादको विषय बनाउनु व्यर्थ छ  जब कि पुरस्कर जहिले पनि विवादको विषय बन्दछ हो पाउनै

अणु कविता १ बैशाक २०७६

के बाँकी राख्दथे शैतानले देश नै लुटिसके सपुत सन्तान देशका यिनले गोली नै भुटिसके दाल के गल्दथ्यो यिनको आखिर जनता नै जुटिसके १ वैशास २०७६