Skip to main content

Posts

Showing posts from October, 2021

पोका पुन्तरा

    मान्छेहरू देखेमा पोका पुन्तराहरू  नाक खुम्चाउने गर्दछन्  हुन पनि कसलाई पो मन पर्दछ र  पोका पुन्तराहरू आखिर चाहिने  नचाहिने चीजबीचको संगालो त हो  पोका पुन्तरा भनेको शायद कसैका नजर नपरुँन भनेर राख्दछन् बुढा बुढीहरू पोका पुन्तराहरू यतै उतै कतै थन्काएर म सोेंंच्दछु  म गंभीर भएर साेंच्दछु  बिचार गर्दछु  चिन्तन मनन गर्दछु  मलाई लाग्दछ  जाने श्रीखण्ड नजाने खुृर्पाका बिंड त हुन् पोका पुन्तराहरू वास्तवमा पोका पृुन्तरा गाढ धन हुन्  ठूला खजाना हुन्  हो , म पनि पोका पृुन्तराको ठूलै मालिक हूँ धेरै छन् मेरा घरमा पोका पुन्तराहरू गनेर र भनेर नसकिने पोका पृुन्तराहरू छन्   यता गयौ पोका पुृन्तरा  उता गयो पोका पृुन्तरा जता गयो उतै पोका पृुन्तरा  लाग्दछ म पोका पुृन्तराको गोदाममा बसेको छु  म पोका पुन्तराको संग्रालयमा बसेको छु  म पोका पेुन्तराको म्युजियममा बसेको छु  म पोका पुन्तराको संसारमा बसेको छु  हरेक चीज हुन्छन् पोका पृुन्तरामा  कतै हुन्छन् दुर्लभ फोटाहरू मेरा पोका पुन्तरामा कतै हुन्छन् अमूल्य चित्रहरू मेरा पोका पुन्तरामा कतै हुन्छन् महत्वपूर्ण चीठी पत्रहरू  मेरा पोका पुन्तरामा  कतै हुन्छन् महत्वपूर

अणु अन्तर्वार्ता

  (  ८१ बर्ष पुग्नु भएका प्रगतिशील कवि युृद्ध प्रसाद मिश्रसित अणुले लिएको अन्तर्बार्ता ) अणु ः प्रगतिशील लेखक संघले के अब देशमा प्रगतिशील आन्दोलन सशक्त रुपमा अघि बढाउन सक्ला ? मिश्रः प्रलेसको महासंगठनको साथसाथै अर्को प्रतिस्पर्धा (  राष्ट्रिय सांस्कृतिक मंच ) उत्पत्ति भयो । यस्तै अरु पनि उत्पत्ति हृुँदै गए भने प्रगतिशील साहित्य आन्दोलनको भविष्य प्रष्ट छ । आफै बिचार गर्नुहोस् ।  अणु ः प्रगतिशील साहित्यको खास कमजोरी के हो ? मिश्रः   प्रतिक्रियावादीहरूको नियन्त्रणबाट मुक्ति पाउन नसक्नु यसको खास कमजोरी हो । अणु यसको बर्तमान स्थिति कस्तो छ ? मिश्रः मेघालयबाट नेपालीलाई लखेटेको जस्तो छ । (  प्रस्तुत अन्तर्बार्ता अणु अंक ८ मा ३–११–२०४४ मा प्रकाशित भएको थियो ) ?    

भोज

  अणु नाटक  क्याम्पसमा खेलकूद पछि ठूलो भोज हुन्छ । त्यसमा विभिन्न बिषयसित सम्बन्धित प्राध्यापक प्राध्यापिकाबीच गफ चल्छ  ( बिषय वा प्रसंगले अर्को अर्थ नलागे बिषयक प्राध्यापक अथवा प्राध्यापिका बुझिने छ । ) बाएलोओजी ः(  मासुतिर हेर्दै ) खसीको मासुभन्दा कुखुराको मासु बढी स्वादिलो हुन्छ ,। बोटनी ः(  मुलामा आँखा गाढी ) पाचनको लागि मुला निकै  राम्रो चीज हो । इतिहास ः मानिसहरू पहिला हरेक चीज काँचै खान्थे । इंगलिस ः( काँटा चम्चा बजाउँदै ) आज भोलि नेपालमा इंगलिस स्टायलमा भोज खुबाउन थालिएको छ । संस्कृति ः(  चिन्तित हुृँदै ) नेपाली संस्कृतिको दुर्गती हुँदै छ । हामीले टेबलमा बसेर होइन चकटीमा चाकल मारेर बसी खानु पर्ने । धोती फेरी, टोपी झिकी, बलो हाली, देउतालाई चढाई खाने चलन पनि हाम्रै हो । समाजशास्त्रः  पहाडतिर अझ पनि पुरानो चलन कायमै छ । भूगोल  ः मुस्ताङ मनांग जस्ता ठाउँमा ढृुंगा खाए पनि पच्छ । अर्थशास्त्र ः  कुनै होटलमा यही चीज खुवाउन परेको भए क्याम्पसको ढाँढ नै भाचिन्थ्यो । गृह विज्ञानः  नूत तेल मसालाको मात्रा ठीक मिलेमा मात्र भोजन स्वादिलो हुन्छ । कानूनः (  थप्दा भीड बढी घुचाटा घुचट चल्छ  ) ला

पुष १ गते

अणु नाटक                                     दृश्य एक (  मंचमा जनता अल्लमल्ल )  (  पंंचको प्रवेश )  पंचः आखिर पंचायती चुनावमा नाक रगडन आउने इतरहरू हेरौं कसरी पुष १ गते मंचमा उभिएर व्यवस्थाको बिरोधमा रुन्चे स्वर निकाल्न सक्ने रहेछन् । ( पंच जान्छ । कांग्रेसको प्रवेश ) कांग्रेस ः पंचहरूलृ सोचे होलान् हामी पुष १ गतेको कार्यक्रममा भाग लिएर आफ्नो जात फाल्छौं । पुष १ गतेको कार्यक्रममा भाग लिनु भनेको आफ्नो मलाम आफै जानु हो । आफ्नो सतिगति आफैले गर्नु हो । हामी बहिस्कार गर्छौ । गर्छौ ।  ( कांग्रेस जान्छ । जनपक्षको प्रवेश )  जनपक्षः पंचायतको पंचमा उभिएर पंचायत कै खोेइरोे खन्छौं । हामी त यसमा भाग लिन्छौं । लिन्छौं ।  ( जनपक्ष जान्छ । बहिस्कारको प्रवेश )   बहिस्कार ः पंचायतलाई टाढैदेखि नमस्कार । पंचायतसित पोइल जाने इतरलाई पनि नमस्कार । (  बहिस्कार जान्छ )              दृश्य दुई ( मंचमा उनै अल्मल्ल जनता ) ( पंचको प्रवश )  पंच (  रिसाउँदै )ः कांग्रेसको यत्रो हिम्मत ! बहिस्कार ! कार्वाही गर्नु पर्छ । कार्वाही । निलम्बन । निस्कासन । ( पंच जान्छ । कांग्रेसको प्रवेश )  कांग्रेस ः हामीमाथि कार्वाही ! निल

देशका महिमा

    सकिन्छ कसरी बिर्सन चटक्क देशका पाखा पखेरा आफु जन्मी हुर्की  खेली खाई आका आफ्नै पानी पँधेरा सकिन्छ कसरी विर्सन सजिलै लेक बेसी गरेको मेला पात मिली संगी साथीसंगै हुद्दा लाई हिंडेको संझना त्यो ताजै छ अझै मनमा ऐसेलु टिपी खाको भ्ुलेको छैन मैले अझै पनि  झाउरे गीत गाको  बनमा गुराँस फुली ढकमक  ढाके जस्तै लाग्दछ न्याउली कराई सुन त मलाई डाके जस्तै लाग्दछ  शरीर जहाँ भए पनि मन त आफ्नै ठाउ्रँमा छ  बगाए पसिना धन दौलत त आफ्नै गाउँमा छ  सुनको बटुको थापी भिख माग्ने  देश कसरी बन्यो बीरताको इतिहास पुर्खाको त्यो आज कसले गन्यो  बुझ्न यी सब कुरा हामीले आज अबेर भई सक्यो  विश्व हेर कहाँबाट कहाँ  आज  कसरी पुगी सक्यो कति बनिरहने हो. सधैभरि  विदेशीका नै दास  कति फालिरहने हो सधैंभरि प्रदेशमा नै सास  देश के हो भन्ने कुरा त बल्ल पो विदेशमा बुझिन्छ रोज्न परेमा मुलक कुनै एक स्वदेश नै रोजिन्छ बनाएमा बन्न सक्दछ यो देश भूतलको स्वर्ग नै चाहिन्छ अलिकति युवाहरूको निस्वार्थ उत्सर्ग नै । ३०–६–२०७८

सवाल सगरमाथाको

       केही समयदेखि नेपालमा चीनले नेपालको भूभाग कब्जा गरेका समाचार आइरहेका छन् । ओली सरकारले यो समाचारलाई सत्य नभएको कुरा बतायो । हाल शेरबहादुर देउवाका पालामा पनि चीनले नेपालको जमीन कब्जा गरेर घरहरू समेत निर्माण गरेको समाचारले प्राथमिकता पाएको छ ।  यस सम्बन्धमा शेरबहादुर देउवाको सरकारले तत्परताकासाथ त्यसको अध्ययन गर्ने टोली बनाएर त्यहाँ पठायो पनि । केही बर्ष पहिले चीन  सरकार र मोदी सरकारले नेपालको जमीनबाट नेपालसित कुनै सम्पर्क नराखी भारत र चीनको व्यापारिक मार्ग निर्माण गर्ने सम्झौता गरे । यसको नेपाल सरकारले बिरोध गर्यो ।  नेपालमा त्यसको ठूलो विरोध भयो ।  निश्चित रुपमा आजको चीन माओको चीन होइन । सी जिन पिङको चीन हो । फेरि पनि अहिलेसम्म हामीले मान्दै र जान्दै आएको कुरा हो भारतले जसरी हाम्र्रो भूभागमा एक पछि अर्को कब्जा गर्दै गएको छ त्यसरी चीनले गरेको छैन । हामीले जसरी विस्तारवादी भारतको थिचो मिचो भोग्न परिरहेको छ त्यसरी चीनको थिचो मिचो सहन परेको छैन ।  हस्तक्षेप सहन परेको छैन ।  चीनले नेपालका भूभाग मिच्यो भनेर तराईबाट चीनको चर्को विरोध भएको देखियो । चीनले नेपालको भूभाग मिचेको अवस्थामा तरा

देशको गीत

आकारमा  भए पनि जति सानो   देश हाम्रो नेपाल झृुक्न सक्दैन शत्रु सामु यसको उच्च शीर हिमाल भएन  कहिले पनि यो मुलुक कसैको पनि दास  पर्दैन दिन कसैले यसलाई  धाक धम्की र त्रास  सक्दैन मेटाउन कुनै शक्तिले देसको इतिहास आफ्नै धरतीमा नयाँ युृगका योे गर्दछ शिलान्यास आफ्नै खृुट्टामा अडिन्छ अविचल आफ्नै बलमा बाँची आउँछ कोही .दिन टक्कर भने  दिन्छ ढाँड नै बाँची अन्यायको गर्दछ बिरोध सधै  न्यायको बकालत फेर्दछ कसेर कम्मर देशको  खस्किंदो यो  हालत  सहँदैन यो कसैको  थियो मिेचो डटी न गर्छ सामना स्वतन्त्र े देशलाई स्वतन्त्र राख्ने यही राख्छ कामना हुन्न केही गरी पुरानै  कुराको  भजन र  किर्तन  नयाँ मान्छे अघि सर्नु पर्छ अब नयाँ लिई चिन्तन । १६–६–२०७८  

गजल

किन हो कुन्नि कमरेडरू आज यस्ता भए  कमरेडहरू नै कमरेड होइन कि जस्ता भए  कत्रो नाम थियो कमर्ेडहरूको हिजो यहाँ आज कमरेडहरू  कति हो कति सस्ता भए  बुझ्नै साह्रै्र गाह्रो भो आज सारा जगलाई  कस्ता कमरेडहरू कसरी आज कस्ता भए  मुृक्ति कि मृत्यु भन्दै अघि बढेका कमरेडहरू अँध्यारेोमा हराएकालाई डोराउने रस्ता भए बिग्रेको त अझै छैन केही सुधारी आफृलाई संसार बदल्ने योद्धाहरूका अग्रिम दस्ता भए ।  १५–६–२०७८