मैले कुनै आदर्श कम्युनिष्ट नेताको कुरा गरेको होइन । मैले कुरा गरिरहेको छु भारतका कांग्रेसी नेता लालबहादुर शास्त्रीको । लालबहादुर शास्त्री कुनै धनी बाबु आमाका छोरा होइनन् । गरीब कै छोरा हुन् । उनी डुंगामा चढ्ने पैसा नभएर गंगा नदीमा पौडेर पाठशालामा पढ्न जान्थे । यिनै लालबहादुर शास्त्री भारतको दोस्रो प्रधानमंत्री भए । उनको मृत्यु हुँदा उनको परिवार ऋणमा डुवेको थियो । गुलजारीलाल नन्दा कांग्रेसका ठूलै नेता मानिन्थे । उनको घर थिएन । उनले आफ्नो घर बनाएनन् । नेपालमा पनि कांग्रेसी नेता साधु सन्त फकीर जस्ता देखिन्छन् । कृष्ण पं्रसाद भट्टराई त्यसका एक उदाहरण हुन् । उनी नेपालका प्रधानमंत्री भए । उनको सम्पति भनेको छाता र सुराही हो । उनले कहिले सम्पति थुपार्ने मामिलामा हात हालेनन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले भोक भोकै बसेर भए पनि नेपालमा सशस्त्र क्रान्ति गर्ने कुरा गरे ।जीवन त्यसैमा होमे । तर आज हिजो पुष्पलाललाई ससोधनवादी वा गद्दार भन्नेहरू आज आफै गद्दारीको बाटोमा हिंड्दैछनु । आफै संसोधनवादका भासमा शिरदेखि टाउकासम्म डुविरहेका छन् । हिजोका सर्वहारा वा सुकुम्बासी कमरेडहरू