Skip to main content

इतिहासमा नै कमजोर बनेको देश



मैले कुनै आदर्श कम्युनिष्ट नेताको कुरा  गरेको होइन । मैले कुरा गरिरहेको छु भारतका कांग्रेसी नेता लालबहादुर शास्त्रीको । लालबहादुर शास्त्री कुनै धनी बाबु आमाका छोरा होइनन् । गरीब कै छोरा हुन् । उनी डुंगामा चढ्ने पैसा नभएर गंगा नदीमा पौडेर  पाठशालामा पढ्न जान्थे । यिनै लालबहादुर  शास्त्री भारतको दोस्रो प्रधानमंत्री भए । उनको मृत्यु हुँदा उनको परिवार ऋणमा डुवेको थियो । गुलजारीलाल नन्दा कांग्रेसका ठूलै नेता मानिन्थे । उनको घर थिएन । उनले आफ्नो घर बनाएनन् ।  नेपालमा पनि कांग्रेसी नेता साधु सन्त फकीर जस्ता देखिन्छन् । कृष्ण पं्रसाद भट्टराई त्यसका एक उदाहरण हुन् । उनी नेपालका प्रधानमंत्री भए । उनको सम्पति भनेको छाता र सुराही हो ।  उनले कहिले सम्पति थुपार्ने मामिलामा हात हालेनन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले भोक भोकै बसेर भए पनि नेपालमा सशस्त्र क्रान्ति गर्ने कुरा गरे ।जीवन त्यसैमा होमे ।   तर आज हिजो पुष्पलाललाई ससोधनवादी वा गद्दार भन्नेहरू आज आफै  गद्दारीको बाटोमा हिंड्दैछनु । आफै संसोधनवादका भासमा शिरदेखि टाउकासम्म डुविरहेका छन् । हिजोका सर्वहारा वा सुकुम्बासी कमरेडहरू आज हुकुमबासी कमरेड हुन पुगेका छन्। हिजो चप्पल लगाउन र साइकल चढ्न पनि नपाउने कमरेडहरू हवाई जहाज वा महंगा र चिल्ला गाडी नभई  एक पाइला नचल्ने भएका छन् । पूर्व राजा  बरु जनताका बीचमा पैदल यात्रा गर्न सक्दछन् । तर हिजो तराई हिमाल पहाड पैदल हिंडेर क्रान्तिमा लागेका कमरेडहरूको कतै सवारी चलाउन परेमा जनतालाई र सवारी साधनलाई एउटा  कुनामा सडक जाम गराइ राख्नु पर्दछ । कमरेडहरूको सवारी चलाउन सडक खालि गरिदिनु पर्दछ । हिजो झोपडीमा बस्ने कमरेडहरू आज महलबासी बन्न पुगेका छन् । हिजो बुद्धले राजदरबार छोडे जस्तै राजाले बरु नारायणहिटी दरबार छोडे । तर कमरेडहरूले एकपल्ट राजधानी पाइला पारे पछि आफ्नो गाउँ घर बिर्सेका छन् । राजधानीमा नै आफ्ना आलीसान भवन खडा गरेका छन् । दरबार खडा गरेका छन् । उनीहरू आफ्नो चुनावी क्षेत्रमा फर्किनुको लागि अर्को चुनाव पर्खिनु पर्दछ । उनका चुनावी  क्षेत्रमा उनीहरूको स्वार्थमा काम गरिदिने त उनका भजनमंडली हुन्छन् । उनीहरूले इष्टदेव नेताको वारिसको रुपमा काम गरिरहेका हुन्छन् । आफ्ना नेताले जति गल्ती गरे पनि त्यसलाई सही काम भन्दै प्रचार गर्नु उनीहरूको पेशा हो । धर्म हो । संस्कार हो । संस्कृति हो । सत्ताका अन्धभक्तहरू बरु देश र जनताको कुभलो हुने कुराले कत्ति चिन्तित हुन्नन् । तर आफ्ना अन्नदाता कमरेडहरूका जनघाती र राष्ट्रघाती कदमलाई पनि चिलको डरले माउले चल्ला छोपेर राखे जस्तै आफ्नो कमरेड नेताका काला करतुतलाई समेत  छोपेर राख्न पनि कत्ति पछि पर्दैनन् । यो भन्दा बढी लाजमर्दो कुरा  अरु को हुन सक्दछ । हिजो पंचायतकाल वा यहाँसम्म  कि बहुदलकालमा समेत राष्ट्रियता तथा जनताका गास बास र कपासका कुरा गरेर कहिले नथाक्ने सत्तामुखापेक्षी कमरेडहरू यतिबेला आँखा चिम्म गरेर बसेका छन् । कान थुनेर बसेका छन् । मुख सिलाएर बसेका छन् ।
हिजो चप्पल पनि नहुने सुकुम्बासी कमरेडहरू कसरी आज अरबपति वा खरबपति भए यसबारे आज प्रश्न गरिरहेका छन् सचेत सजग  जागरुक जनता ः? सुकुम्बासी नेताहरूले जापानमा जागिर गर्दैनन् । उनीहरू कुनै उद्यमी व्यापारी पनि होइनन् । उनीहरू राजा महाराजा जस्तै पुख्र्यौली अथाह सम्पतिका मालिक वा हकवाला पनि होइनन् । कसरी कमाउँछन् कमरेडहरूले अरवौं खरबौं पैसा । कसरी जोर्छन् यिनीहरू सात पुस्ताले खाएर पनि नसकिने धन सम्पति । सचेत नागरिक प्रश्न गरिरहेका छन् ।  जागरुक जनता सवाल गरिरहेका छन् ।
कमरेडहरू समृद्धिका कुरा गरेर कहिले थाक्र्दैनन् ।  तर यी समृद्धिका कुरा गर्ने कमरेडका पालामा मुुलुकको अवस्था ओरालेो लाग्दोे छ । खस्किदो छ ।  मुलुक विदेशी ऋण र व्यापार घाटाले थला परेको छ । मित्र राष्ट्रले नेपालको विकास तथा समृद्धिका लागि निर्माण गरिदिएका कल कारखाना यतिबेला इतिहासका बस्तु बनेका छन् । सबै कांग्रेस र कम्युनिष्टले बेचेर खाए । कांग्रेस र कम्युनिष्टका नेताले बेचेर खाए ।  सियो पनि बनाउन नसक्ने देशको कसरी हुन्छ समृद्धि । यतिबेला रगत र पसिना बगाउन सक्ने स्वदेशी युवाहरूलाई वैदेशिक रोजगारको नाउँमा विदेश धपाएर विदेशी नागरिकलाई समेत  अझ बंशजको आधारमा नागरिकता बाँडेर पनि कतै देशको विकास हुन्छ ।मुलुक समृद्धितिर फड्को मार्दछ ? राष्ट्रियता बच्न सक्दछ ।
भ्रष्टचारलाई शुण्यमा झार्दछु भन्ने ओली सरकारको पालामा २५ किलो सुन कता हो कता गायव गरिन्छ । जहाजकाण्ड सामसुम पारिन्छ । ठूला  ठूला तस्कर र व्यापारीहरूले अरबौं करौडौको बिजुलीको शुल्ःक नतिर्दा पनि उनीहरूलाई भर्खर विवाह गरेको ज्वाईलाई भन्दा बढ्ता पुजिन्छ । एनसिएलले अरौबौं कर नतिर्दा पनि उसलाई मलजल गरेर हुर्काइन्छ । तर गरीबीले खोलाबाट एक मुठो खोले साग वा एक मुठो सिस्नु राखेर बाटामा बसे भने उनीहरूबाट ठटाएर कर असुृल गरिन्छ । कानूनको राज भनिन्छ । तर मुलुकका कानून छ कि हुकुमे शासन बुझ्न गाह्रो छ ।
हालसालै बालुबाटारको सरकारी स्वामित्वको जग्गा केही भृुमाफियाहरूले बेचेर खाए भन्ने कुरा सुनिन्छ । आफ्ना नाममा राजीनामा पास गराएर कब्जा  गरे भनिन्छ । यसमा सत्ताभित्रका र सत्ता बाहिरका मान्छेहरूको संलग्नता छ भनिन्छ । यस कुरालाई अगाडि बढाउँदा दुर्गन्धका छिटा आफूमाथि नै पर्न सक्र्ने खतरा देखेर सरकार रमिते बनेको छ । लहरो तान्दा पहरो गर्जिन्छ कि भनेर ओली सरकार तें चुप मै चुपको अवस्थामा रहेको छ ।
हिजो ओलीहरू पंचे सरकारका पालामा डाका मुद्दा लगाइएर जेल परेका थिए । निश्चित रुपमा हिजो झापाकालमा ओलीहरू डाँका थिएनन् । राजनैतिक नेता  तथा कार्यकता थिए । आज ओलीहरू आफ्ना विपक्षीहरूमाथि योजनाबद्ध रुपमा झुठा मुद्दा लगाएर वा उनीहरूमाथि फासीवादी दमन चलाएर मुलुकलाई जबरजस्ती युद्धतिर धकेल्दैछन् । मुलुक राष्ट्रियताको रक्षाका लागि एक जुट हुनु पर्नेमा ओली सरकार राष्ट्रवादी नेता तथा कार्यकतामाथि असहिष्णु बन्दैछ । यो खुदै ओली सरकारको लागि पनि राम्रो कुरा होइन ।  यतिबेला राष्ट्रवादी शक्तिप्रति असहष्णिु तथा क्रूर बनेको ओली सरकार राष्ट्रवादी तथा विखण्डनवादी शक्तिमाथि बडो नरम र उदार बनेको छ । यसको अर्थ के हो ?  आफूलाई राष्ट्रवादी देखाएर जनताको भोट बटुलेको ओली सरकारका पालामा जत्तिको राष्ट्रघात इतिहासमा नै कहिले भएको थिएन । राष्ट्रियता इतिहासमा यति कमजोर कहिले भएको थिएन । ओली  सरकारको अर्को नाम राष्ट्रघात हो भन्ने मान्यता स्थापित हुन थाले जस्तो देखिन्छ ।
दुई तिहाइको बहुमत प्राप्त गरेको  भनिएको ओली सरकार यतिबला मुलुकको सबभन्दा बढी शक्तिशाली सरकार पनि भन्न सकिएला । तर वास्तवमा इतिहासमा नै ओली सरकार जस्तो अर्को कमजोर  सरकार बनेकै थिएन । यसको खास कारण यो जनताले मतले बनेको सरकार भने पनि जोरजाम गरेर विदेशी शक्तिले खडा गरिदिएको सरकार हो । यस ओली सरकारले विदेशी शक्तिको नून खाएको छ त्यसैले ऊ बाबु आए पनि काटुला आमा आए पनि काटुला भन्ने कसम खाएर अघि बढेको सरकार जस्तो देखिन्छ । उसले जे काम गर्दछ त्यो विदेशी शक्ति हित ईशारा र निर्देशनमा गर्दछ ।  आफ्नै बलबुतामा खडा भएको सरकार नभएर विदेशी शक्तिको आड भरोसा र आर्शीवादमा बनेको सरकार भएको हुँदा देश को इोइन विदेशको हितमा काम गर्न वाध्य छ ओली सरकार । यस्तो सरकारलाई राजनैतिक भाषामा दलाल सरकार बन्दछन् । अहिलेको विश्वमा धेरै जसो सरकार दलाल सरकार नै हुन्छन् । साम्राज्यावादका दलाल सरकार । विस्तारवादका दलाल सरकार । दलाल सरकारको काम नै विदेशीको हित र पक्षमा काम गर्ने र उनीहरूकै तजबीजमा सत्तामा टिक्ने हो । यदि ओली सरकार विदेशी शक्ति  खास गरी साम्राज्वाद वा विस्तारवादको दलाल हुन चाहेन भने ऊ दुई मिनट पनि सत्तामा टिक्न सक्दैन । विदेशी शक्तिले कांग्रेस मधेसवादी दल र प्रचण्डलाई हातमा लियो भने ओली सरकार तासकोमहल जस्तै गिर्दछ ,। तर जबसम्म ओली सरकार अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सेवा र ईश्ााँरामा काम गर्न र चल्न तयार छ उनीहरूको आशीर्वाद ओली सरकारलाई मिली नै रहन्छ । विदेशी शक्ति राष्ट्रका प्राण वायुको आधारमा सास झुण्डएको ओली सरकारले समृद्धिको आशा होइन पल पलमा मुलक कै अस्तित्वको खतराको अनुभूत गर्न सक्दछन् । अनुभूत गर्न वाध्य छन् ।
२–२ २०७५









Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...