दाल भात तिहुन ढाके जस्तै इतिहासलाई ढाक्न सकिन ेरहेनछ कसैले ढाक्ने दुष्प्रयास गरे पनि ढक्कन नै फालेर बाहिर निस्किने रहेछ इतिहासलाई जति लुकाउन खोजे पनि छद्म भेषमा लुकाउन सकिने रहेनछ अन्ततःः इतिहास दुनियाँका सामुन्ने आफ्नो असली रुपमा प्रकट हुने रहेछ किरा फटेंग्रा मारे जस्तै इतिहासलाई मार्न सकिने रहेनछ जति मारे पनि इतिहास चिहानबाट पनि बौरिने रहेछ जति रोक्न खोजे पनि इतिहासको गतिलाई चारैतिर बाँध लगाएर रोक्न सकिंने रहेनछ बर्षाको उर्लदों बाढी भई बाँध भत्काएर अघि बढ्दोरहेछ जति पर्खाल लगाएर छेक्न खोज पनि इतिहासको बाटोलाई सुनामीको .छाल बनी अघि बढ्दोरहेछ तर पनि यस दुनियाँमा बिचरा मनुवाले हत्केलाले सूर्यको प्रकाश छेक्न भने छोड्दोरहेनछ । २६–८–२०७७