बिगत गयो भने गयो गयो
फेरि फर्केर आउने रहेनछ
बिगत आखिर समयको पानामा लेखिने
कथा रहेछ
बिगतको कथा
फेरि फर्केर आउने रहेनछ
हुन त होला विगतको कथा अत्यन्त संघर्षमय पनि
हुन त होला बिगतको कथा अत्यन्त पीडादायी पनि
हुन त होला बिगतको कथा अत्यन्त कष्टदायी पनि
हुन त होला विगतको कथा अत्यन्त भयावह पनि
फेरि पनि बिगतको कथा पढृुँ पढुँ जस्तो लाग्दोरहेछ
दोहोराई तेहराई पढुँ पढुँ जस्तो लाग्दोरहेछ
त्यसैमा डुवुँ डुुबुँ जस्तो लाग्दोरहेछ
भौतिक रुपले फर्किने नसके पनि बिगतमा
सझनाका पखेटा लगाएर
बिगतमा उडुँ उडुँ जस्तो लाग्दोरहेछ
बिगतमा ाबचरण गरुँ गरुँ जस्तो लाग्दोरहेछ
बर्तमानलाई बिर्सेरै भए पनि एक छिन
बिगतमा भुलुँ भुलुँ जस्तो लाग्दोरहेछ
बिगतमा हराउँ हराउँ जस्तो लाग्दोरहेछ
फेरि यो कुरा पनि साँचो हो
बिगत दुर्घटना, हार, असलता र दुखान्तको कथा मात्र होइन
बिगत बिजय सफलता मिलन उल्लास तथा सुखान्तको कथा पनि हो
सबभन्दा ठूलो कुरा त बिगत
आफ्नै जीवनको कथा हो
आफ्नो जीवनको कथा आखिर कसलाई निरस लाग्दछ र
जति शुष्क भए पनि
फेरि केही जरुरी छैन कि बिगत एउटा शुष्क कथा मात्र हो ।
२०–८–२०२०
Comments
Post a Comment