Skip to main content

बालेन शाह र रेणु दाहाल

 



 

यतिबेलाको स्थानीय निर्वाचनको सन्दर्भमा दुई जना व्यक्तिको विशेष चर्चा छ । ती दुई व्यक्ति हुन् बालेन शाह र रेणुका दाहाल । बालेन शाहको जीत हारसित मलाई खासै चासो छैन । उनले हारे पनि ठीकै छ । उनले जिते पनि ठीकै छ । तर मलाई रेणु दाहालले भने जिते हुँदो हो जस्तो लागेको छ ।  उनी प्रचण्डकी छोरी भएको कारणले होइन । उसरी प्रचण्डीकी छोरी चुनाव लड्न पाउँदिनन् भन्ने कुरा नेपालको संविधानमा लेखेको छैन । जो पनि चुनाव लड्न पाउँछ । संविधानमा व्यवस्था भएको शर्त पुरा गरेमा । प्रचण्डको पार्टीले रेणुको ठाउँमा  अरुलाई उम्मेदवार बनाएको भए पनि राम्रै हुन्थ्यो ।  जुनसुकै कारणले पनि रेणुलाई पार्टीले उठायो  । गठबन्धनले उठायो ।  यो उनीहरूको मामिला भयो । तर केही महिलाहरूले रेणुको विरुद्धमा विष बमन गरेको , उनलाई गर्नुसम्म गाली गरेको र उनीमाथि अनेक आरोपमाथि आरोप लगाएको मिडिया मार्फत सुन्दा मलाई उल्टै आरोप गगाउने व्यक्तिप्रति घृणा लाग्यो । रेणुप्रति सहानूभूति जाग्यो । यो कुनै सिद्धान्त राजनीति वा दर्शनको कुरा नभएर नितान्त मानवीय स्वभावसित सम्बन्धित कुरा हो ।  रेणुले आफ्नो कार्यकालमा धेरै राम्रो काम गरिन् भन्ने कुरा मिडियामा आयो  । उनले आफ्नो कार्याकालमा के कस्ता राम्रा नराम्रा काम गरिन् त्यो त्यहीका जनतालाई थाहा होला ।  रेणुको कार्यकालमा त्यहाँका स्थानीय जनता दण्डित  भएका पनि हृुन सक्दछन् र पुरस्कृत भएका  पनि हुन सक्दछन् । यस बारे पनि मलाई केही भन्नु छैन । तर केही गर्न चाहने हो भने आलो काँचोे अनुभव शुण्य व्यक्तिलेभन्दा अनु्भवी व्वक्तिले कामका मेसो पाउँछ र केही गर्न सक्ने सीप र क्षमता पनि राख्दछ भन्ने मेरो मान्यता छ  ।  मेरो ठमाइ छ । 

यस सम्बन्धमा जहाँसम्म बालन शाहको कुरो छ उनी मलाई कता कता नानी मैयाँ दाहाल जस्तो लाग्दछ । नानी मैयाँ दाहाल यस अर्थमा कि  काठमाण्डौका जनताले नानी मैयाँ दाहाललाई  सक्षम नेता भनेर जिताएका थिएनन् । त्यतिबेलाको व्यवस्थादेखि वा नेतादेखि वाक्य दिक्क भएका नेपाली जनताले नानी मैयाँ दाहाललाई राजधानीकै सबभन्दा अयोग्य अलोकप्रिय तथा बदनाम पात्र ठहर गरेर उठाएका हुन् र जिताएका पनि हुृन् ।  हो जनताले चाहे भने एउटा लौरोलाई उम्मेदवारको रुपमा खडा गरे  पनि सजिलै जिताउन सक्दछन् । हो चुनावको बेलामा सबै कुृरा जनताको हातमा हुन्छ ।   चुनाव सकियो भने सबै कुरा नेता पार्टी वा सरकारको हातमा जान्छ । हो त्यतिबेला काठमाण्डौका जनताले नानी मैयाँ दाहाललाई कार्टुनको रुपमा उठाएका थिए र जिताएका पनि थिए ।  तर यहाँ म के  कुरा पनि प्रष्ट गर्न चाहन्छु भने आम रुपमा अहिलेको चुनाव अपवाद बाहेक सर्व साधरण व्यक्तिले जति इमान्दार भए पनि जित्न सक्दैन । जित्ने भनेकै मनी र मशल भएका मान्छेले हो । 

 माक्र्सले भनेका छन् – इतिहास दोहोरिन्छ । तर उस्तै प्रकारले दोहोरिन्न । एउटा प्रहसनको रुपमा पनि इतिहास दोहोरिन सक्दछ । बालन शाहको सन्दर्भमा इतिहास प्रहसनको रुपमा दोहोरिएको छ भन्न त सकिन्न । यस कारणले पनि कि बालेन शाह आफैमा खराब मान्छे हुन् भन्ने कुरा अझसम्म कतैबाट पुष्टि भएको छैन । दोस्रो कृुरा उनी शैक्षिक योग्यताको दुष्टिकोणले निकै दह्रो उम्मेदवार हुन् । साथै उनको गीत संगीतमा रुचि भएको र र्यापमा उनी युवाबर्गमा निकै लोकप्रिय व्यक्ति भएको कारणले गर्दा उनलाई मन पराउने जनता खास गरी युृवा पीढी जुरुक्क उठेर सडकमा आएको छ र अहिलेसम्मको मतदानको तालिका हेर्दा उनी हार्लान् भन्ने कुरा सोच्न पनि  सकिन्न । उनको जीत लगभग सुनिश्चित भएको जस्तो पनि देखिन्छ । यो लेख प्रकाशित हुने बेलासम्म उनी विजयी भएका पनि हृन सक्दछन् ।  भनौं उनको हार्ने चान्स एकदम्म न्यून छ । उनले जित्ने कुरा नै सुनिश्चित जस्तो छ । यस कुरालाई यसरी पनि व्यक्त गर्न सकिन्छ । उनले जित्ने कुरा ९९ प्रतिशत निश्चित छ । बालेन शाहको जीत वा हारको विषयमा मलाई केही भन्नु छैन । म त  उनले जिते पनि खुशी छु । उनले हारे पनि खुशी नै छु । उनको जीत हारसित मेरो कुनै सरोकार छैन । उनलाई जिताए पनि राजधानी कै जनताले हो । उनलाई हराए पनि काठमाण्डौ कै जनताले हो ।  उनले त्यति धेरै मत पाउनुृका अनेक कारण हुन सक्दछन् । ती सब कारणको सम्बन्धमा व्यापक चर्चा चलाउन आवश्यक छैन । तर यति कुरा चाहीं पक्कै हो – काठमाण्डौका जनताले बालेन शाहदेखि खुशी भएरभन्दा पनि ठूला पार्टी र ठूला नेताबाट चिढिएर उनको पक्षमा व्यापक मतदान गरेका हुन् ।  बालेन शाहको लोकप्रियताले वा जीतले ठूला राजनैतिक पार्टी र नेताका गालामा एक थप्पड भन पक्कै हानेको छ । साथ साथै अमूल्य शिक्षा पनि दिएकै छ  ।  शिक्षा लिन चाहे र खोजेमा । कुरा त्यति मात्र होइन यसले ठूलो पाठ पनि सिकाएको छ  ।  सिके र सिक्न तयार भएमा । 

कतिले बालेन शाहलाई दरबारको मान्छे भने ।  दरबार नभए पनि ।  हिन्द्ु राष्ट्रकोे पक्षमा खडा भएको  मान्छे पनि भने । हिन्दु राज्य नभए पनि । फेरि कतिले उनलाई  माओवादीको मान्छे पनि भने । माओवादीसित गोरु बेचेका्े साइनो नभए पनि ।  कसैले उनलाई मोदीको मान्छ भन्न पनि भ्याउलान् ।  वास्तवमा उनी कसका मान्छे हुन् उनी आफै जानुन । धेरै सम्भव छ उनी राजा कै मान्छे हुन कि जस्तो पनि लाग्दछ मलाई । अहिले यो मुृलुकमा कोही राजा नभए पनि । मान्छे उनी जसका पनि हुन सक्दछन् । फेरि उनी मान्छे कसै

का पनि नहुन सक्दछन् । यो कुरा आफ्नो ठाउँमा छ ।

बालेनको जितलाई लिएर कति मिडियाको धन्दा बालेन शाहको बारेमा केही न केही बोलेर भाइरल बन्ने हुन गएको छ ।  यहाँसम्म कि कतिले उनलाई पुत्रीलाभ भएको प्रचार गरे । जबकि यथार्थ उनलाई होइन उनको दाइलाई पुत्रील लाभ भएको थियो ।

कतिपय नाम चलेका बुद्धिजीवीले बालेन शाहको उपस्थितिलाई  वा आगमनलाई युवा बर्गमा आएको एउटा ठ्रूलै क्रान्तिको रुपमा पनि हेरेका छन् । देखेका छन् । व्याख्या विश्लेषण गरेका छन् ।  उनीहरूले भनेका छन् ठूला पार्टीका ठे्ला नेताबाट अब केही हुँदैन । अब युवा बर्ग अघि आउनृु पर्दछ  । उनीहरूले बालेनको आगमनलाई युवाबर्गको आगमनको रुपमा लिएका छन् ।  युवा बर्ग तथा कथित बुद्धिजीवीको अर्ती उपेदेश स्ुनेर आउने. कुरो होइन । अघि बढ्ने कुरो होइन । नेता बन्ने कुृरा होइन । नेता बनाउने. कुरा पनि होइन । नेता परिस्थितिले जन्माउने कुृरा हो । आवश्यकताले जन्माउने करा हो ।  इतिहासको आवश्यकताले जन्माउने कुरा हो ।  माओले भनेका छन् हरेक कुराको जन्म इतिहासको आवश्यकता अनुृसार हुृन्छ । आवश्यकत पुृरा भए पछि त्यसको अन्त्य हृुन्छ । कम्युनिष्ट पार्टीको जन्म पनि आवश्यकताले जन्माएको हो । यसको आवश्यकता पूरा भए पछि कम्युनिष्ट पार्टी रहिरहँदैन । यो पनि समाप्त भएर जान्छ । नयाँ जनवादी क्रान्ति समाजवादी क्रान्ति र साम्यवादी क्रान्ति सम्पन्न गरी अन्ततः राज्यविहिन बर्ग विहिनि तथा सरकार विहिन समाजको निर्माण गर्न कम्युनिष्ट पार्टीका निर्माण भएको हो । त्यो प्राप्त भए पछि कम्युनिष्ट पार्टीको के काम । नेपालमा राजतन्त्रको स्थापना राजाको शासन चलाउन भएको हो । राजतन्त्र ढले. पछि राजाका के  काम । 

नेपालको बर्तमान संसदीय व्यवस्था बेलायतको संसदीय व्यवस्थाको नकल नै हो । संसदीय व्यवस्थामा दल हुन्छन् र दलकंै शासन हुन्छ । यस्तो दलीय व्यवस्था भएको ठाउँमा बिना दलको व्यक्तिले केन्द्रिय त के स्थानीय सरकार चलाउन पनि सक्दैन । दलीय व्यवस्थाको ताकत दल हो । दल नभएको व्यक्ति जति बलवान र बृुद्धिमान भए पनि उसले ठीक ढंगले काम गर्न सक्दैन । एक्लै काम गर्न सक्ने भए माक्र्स एंगेल्सले किन संगठनको निर्माणमा ध्यान दिन्थे । खुरु खुरु किताब पढ.र र किताब लेखेर बस्दथे ।  पार्टी बिना क्रान्ति हुने भए किन लेनिनले बोल्सेभिक पार्टीको निमांर्ण गर्दथे ।  पार्टी नभई चीनमा क्रान्ति हुन सक्दथ्यो भने २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको निर्माण गर्नु पर्दथ्यो । एउटा व्यक्तिले पनि धेरै कुरा गर्न सक्दछ । तर क्रान्ति गर्नु र सरकार चलाउनु एउटा व्यक्तिको बल बुताको कुरा होइन ।  संघौ बले कलियुगे त भनेकै छ । यसले फगत बालेन शाहबाट धेरै कुराको आशा राख्नु उँची मकान फिकी पकवान जस्तै कुरा हो । उनले जितेर केही गर्नु छ भने सके आफै एउटा युवाबर्ग कै सही पार्टीको निमार्ण गर्नु पर्दछ । अन्यथा भएकै पार्टीकाृ बैशाखी टेक्नै पर्दछ । तब मात्र  नलडी नढली अघि बढ्न सकिन्छ ।  त्यस अवस्थामा उनी केही गर्न सक्दछन् ।  देश र जनताले पनि उनीबाट केही आशा राख्न सक्दछन् । तर उनले सकेसम्म सही पार्टीको आड लिन जरुरी छ ।  टेको. लिन जरुरी छ  । यस अवस्थामा उनले यस व्यवस्था अन्तर्गत गनुर्् पर्ने र गर्न सकिने काम गर्न सक्दछन् । त्यस्तो आशा राख्न सकिन्छ । पाटीं व्यवस्थामा पार्टी बिनाको मान्छे एक्लो बृहस्पति झुठो जस्तै हुन्छ ।

८–२–२०७९


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...