मेरो पुष्पलालको नेतृत्वको पार्टीका रहँदादेखि नै तिल कार्कीसित आत्मीय मित्रता भएको थियो । पछि तिल कार्कीको परिवारसित मेरो पारिवारिक सरहको सम्बन्ध पनि स्थापित हुन पुगेको थियो । पुष्पलालको पालादेखि स्थापित भएको तिल कार्कीको परिवारसितको मेरो गहिरो सम्बन्ध पछि नेकपा माले कालमा पनि यथावत रहेको थियो । मैले शिलाङ छोडे पछि त्यहाँ गएर बस्ने घर नै तिल कार्कीको घर बनेको थियो । वास्तवमा शिलाङमा तिल कार्कीको घर उनको नीजी घर नभई उनका बुबाले काम गर्ने क्रिश्चियन मिसनरीको स्वामित्वमा रहेको घर कम्पाउण्ड थियो । तिल कार्कीको बुबालाई बस्न खान काम गर्न दिएको घर एउटा सैनिक व्यारेक जस्तै थियो । लहरै कोठा कोठा भएको । ठूलो कम्पाउण्ड भएको प्रशस्त जमीन भएको । तिल कार्की त्यतिबेला नेकपा मालेसित सम्बन्धित प्रवासी नेपालीको संगठनको नेतृत्व गरिरहेका थिए । म शिलाङ पुग्दा दीपक विश्वकर्मा पनि शिलाङ पुगेका रहेछन् । तिल कार्की कै घरमा पुगेका रहेछन् । तिल कार्कीको घरमा नै हाम्रो भेट भयो । पोखरामा नेकपा मालेको रहेर काम गरिरहेका दीपक आफ्नो बाबुले काम गरिरहेको मेघालयतिर हानिएका रहेछन् । उनी आफूले काम गरेको पार्टीको सुत्र पहिलाउँदे शिलाङमा तिल कार्कीको सम्पर्कमा पुगेका रहेछन् ।
कुरैकुरामा उनले भने उनलाई शिलाङतिर आउँदा बर्नीहाटमा पुलिसले रोकेको थियो र एउटा चाइनिज पेन लिएर मात्र उनलाई शिलाङमा आउने अनुमति दिएको थियो । त्यतिबेला चाइनिज पेनले राहदानीको काम गरेको थियो । दीपकले हामीसित भने चाइनिज लिएर मलाई शिलाङ आउन दिएकोमा मेरो त्यति ठूलो आपत्ति नहुनु पर्ने हो । तर चाइनिज पेन विवाह हुँदा दिइएको चिनो थियो । मेरो विवाहको सम्झनाको एउटा चिनो थियो । त्यसैले मलाई दुख लागेको छ । उनका यो कुरा स्ुने पछि मैले नै भने – कुरा त्यसो हो भने हामी त्यो चाइनिज कलम फिर्ता गराइदिन सक्दछौं । यति भने पछि दीपक खुशी भए । उत्साहितन भए । म तिल कार्की, दीपक लगायतका केही साथीहरू विवाहको चिनो चाइनिज पेन फर्काउन बर्नीहाट चेक पोष्टमा पुग्यौं ।
पहिला पहिला शिलाङमा प्रवेश गर्न कुनै नेपालीलाई रोकावट थिएन । उनीहरू छाती तन्काएर र शिरमा नेपाली टोपी ढल्काएर शिलाङमा प्रवेश गर्दथे । शिलाङमा प्रवेश गर्न सक्दथे । नेपालीहरूलाई शिलाङ प्रवेश गर्न खुला छुट थियो । स्वतन्त्रता थियो । तर पछि मेघलालय राज्य बने पछि खसियाहरू आफ्नै भूमिमा उनीहरूका शब्दमा डखार ( बाहिरी मान्छे ) भरिन थाले पछि आफू अल्पसंख्यामा परिणत हुने र आफ्नो संस्कृति र पहिचान पनि गुम्ने भयले कुनै पनि नयाँ बाहिरिया मान्छे नेपाली बंगाली मारवाडी पंजावी मदरासी आदिलाई शिलाङमा प्रवेश गर्न दिदैनथे । खास गरी मेघालयको बर्नीहाटमा पुलिस चौकी राखेर शिलाङ बाहिरका मान्छेलाई उनीहरूको अनुहार पहिरहन चाल चलान आवभाव हेरेर बसबाट तल झार्दथे । यसमा सबभन्दा बढी पीडित हुने नेपालबाट गएका नयाँ नेपाली नै हुन्थे । उसरी शिलाङका नेपाली यसो हेर्दा नेपालका नेपाली जस्ता देखिएर बसबाट तल झारिन्थे । शिलाङका नेपाली पछि छोडिए पनि नेपालका नेपाली कतिपय अवस्थामा लुटिन्थे पनि । थृुनिन्थे पनि । फेरि मेघालयको सीमा कटाएर आसाममा पुराई छोडिन्थे । फेरि तिनीहरूलाई आसाम पुलिसले आसाम बंगालको सीमा श्रीरामपुर पुराएर छोडिदिन्थ्यो । यस्तै अवस्थामा दीपक शिलाङ पुगेका थिए । भनौं दीपक विश्वकर्मा भूतले खाजा खाने बेलामा शिलाङ पुगेका थिए । यद्पि शिलाङ त उनको प्रवेश द्वार मात्र बन्यो । उनी अन्तत आसामतिरकै हाफ्लुङ पहाडमा पसे र एक शताब्दी त्यहाँ बसे । आफ्नो कारबार धन्दा त्यतै जमाए । धन पैसा खुब कमाए । लकडीको सप्लाएर बने । ट्रक किने र आफ्नो उद्योग धन्दा अझ बढाए ।
हामीहरू बर्नीहाट पुृलिस चौकीमा उत्रेर पुलिस अफिसरलाई भेट्यौ ं । पुलिस अफिसर खसिया थियो । मैले उसलाई काँधमा थम्थपाउँदै अंग्रेजी भाषामा भने– तपाइंले ( दीपकलाई देखाउँदै ) यिनको चाइनिज पेन लगिदिनु भएको रहेछ । कृपया त्यो कलम फर्काइदिनुहोस् । अरु कुनै कारणले होइन । यो कलम उनको विवाहको बेलामा उपहारको रुपमा दिइएको कलम हो । एक प्रकारले यो कलम प्रेमको प्रतीक पनि हो । तपाईले अवश्य पनि शेक्सपियरको मर्चेन्ट अफ भेनिस पढ्नु भएको छ । त्यसमा बसानियोलाई पोरसियाले प्रेमको प्रतीकको रुपमा अंगुठी दिंईकी थिइन् । खसिया पुलिस अफिसरले मैले प्रेमको प्रतीकको रुपमा अंगुठी चिनो दिएको भनेको कुरालाई सिधै खारेज गर्दै भने – हेर्नुस म पृुलिस हूँ । प्ुलिस प्रेम स्रेम जान्दैन । ऊ सिर्फ कानून जान्दछ । उसलाई कानूनसित मात्र मतलब हुन्छ । यस पछि खसिया पुलिस अफिसर केही रिसाए जस्तो गरी भन्यो – तपाईंहरू मसित कलम माग्न आउनृु भएछ । भन्नुस् तपाईहरू मेघालयको नेपाली हो भन्ने के प्रमाण छ ? तिल कार्की त्यतिबेला शिलाङमा एजी ( केन्द्रिय सरकारको लेखा कार्यालय ) मा काम गर्दथे. । उनले पकेटबाट निकालेर आफ्नो अफिसका परिचय पत्र देखाइदिए । फेरि पुृलिस अफिसरले मेरो परिचय पत्र माग्यो । यो मेरो शिलाङ छोडेर नेपाल फर्केको स्थिति थियो । त्यतिबेला म शिलाङ रहे बसेको कुनै प्रमाण थिएन । मलाई लाग्यो यस खसिया पुलिस अफिसरले अब मलाई पो अपठ्यारोमा पार्ने भयो । दुख दिने भयो । तर त्यतिबेला नै तिल कार्कीले आफ्नो डायरीबाट मरो शिलाङ ल कलेजको एडमिट कार्ड निकालेर दखाउँदै भने – यो हो यहाँको शिलाङको परिचय पत्र । उसले एडमिट कार्ड हेर्यो र फर्काइदियो । दीपकसित शिलाङ रहे बसेको कुनै प्रमाण हुने कुरा भएन । थिएन । यसैले उनलाई उसले बस्न र हामीलाई जान भन्यो । दीपकको चाइनिज कलम फर्काउन बर्नीहाट पुगेका हामी उल्टै दीपकलाई पुलिसको जिम्मा लगाई रित्तो हात फर्किन बाध्य भयौें । तर पनि हामी हार मान्ने र हरेश माने मनस्थितिमिा थिएनौं । हामीलाई लाग्यौ हामीले दीपकलाई पुृलिसको हातबाट छुटाउनौं भने उनले ठूलो यातना भोग्नु पर्ने हुन्छ । यसैले हामी आसाम र मेघलायको सीमा नजिक भएका साथीहरूलाई जम्मा गरेर पुलिसलाई दवाब दिने निष्कर्षमा पुग्यौं । मेघालय र आसामको सीमा पर्ने ठाउँमा भएका हाम्रा संगठित साथीहरूको एउटा सानो तिनो प्लाटुुन लिएर हामी फेरि बर्नीहाट पुलिस चौकीमा पुग्यौं । साँझ परिसकेको थियो । त्यहाँ खसिया पुलिस अफिसर भेटिएनन् । पुलिसले पुलिस अफिसरलाई भेट्न बाटामाथि भएको पुलिस अफिसमा जान भने । हामी हुल बाँधेर बाटामाथि अवस्थित पृुलिस कार्यालयमा जाँदा त्यहाँ खसिया पृुलिस अफिसर नभएको अवस्था थियो । त्यहाँ गारो पृुलिस अफिसर एकजना खसिया पृुलिस सि आई डी सहित बसेका रहछन् । गारो पुलिस अफिसरले भने – हामीले समातेको तिम्रा् मान्छे त भाग्यो । हामीसित छैन ।
त्यतिबेला पुलिसको सिविल ड्रेसमा भएको खसियाले मसित धेरै कृराकानी गर्यो । उसले म शिलाङमा रहे भएको मान्छे हो होइन त्यस बारे बुझ्न धेरै प्रश्न गर्यो । म शिलाङमा बसेर अखिल शिलाङ विद्यार्थी संघको अध्यक्ष, नेपाली साहित्य परिषदको मूल सचिव , मादलको सम्पादक, अभियान साप्ताहिक नेपाली समाचार पत्रको सम्पादक , नयाँ चेतना पाक्षिक पत्रिको सम्पादक , कथार्मच पत्रिकाको सम्पादक , पसिना पत्रिको सम्पादक , द इंडियन, द युंग इन्डिया , द इम्प्लान्टरको लेखक र दर्जनांैं संघ संस्थाको सचिव अध्यक्ष वा सदस्य रहेको मान्छेलाई शिलाङको बारेमा धेरै कृुराका
जानकारी नहुने कुरा भएन । शायद त्यस सि आई डीलाई भन्दा भेरै कुराको जानकारी थियो होला मलाई । खसिया सि आई डी पुृलिसले त्यतिबेला म शिलाङमा रहे भएको मान्छे हो होइन जान्नको लागि के कति र कस्ता कस्ता प्रश्न गर्यो ती सब कुृराको स्मरण गर्न सकिने कुरा त अवश्य पनि भएन । फेरि पनि उसले मलाई सोधेका एकाध कुरा त अझ पनि स्मरण गर्न सक्दछु । उसले मलाई सोधेका थियो – तपाई नन्दलाल सुनारलाई चिन्नुहुन्छ । मैले जबाबमा भने – किन नचिन्ने । उनी एजी अफिसमा काम गर्दछन् । झालुपाडामा बस्दछन् । फुटबल प्लेएर हुन् । फु्टबल खेल्दा ठूलो जिउ डालका नन्दलाल सुनार ढले भने पुरै दर्शक हाँसेर फुटबल खेलको भन्दा उनै ढलेका आनन्द लिन्छन् । तपाई जंगबहादुर थापालाई चिन्नुहुन्छ । मैले भने किन नचिन्ने । उनी मेरा साथी हुन् । गोर्खा हाई स्कुलका शिक्षक हुन् । नेपाली बिषय पढाउँछन् । राम्रा कथाकार हुन् । उनी अपर शिलाङमा बस्दछन् । त्यतिबेला नै खसिया सि आई डी पुृलिसले भन्यो – मेरो घर पनि अपर शिलाङ हो । जंगबहादुर थापा मेरा पनि साथी हृुन् ।
त्यतिबेला मैले खसिया पृलिस अफिसरलाई भनेको थिएँे नेपाल भारतबीच भएको १९५० को सन्धिको कारणले कुनै पनि भारतीय नागरिक नेपालमा बिना रोकावट जान सक्दछ । त्यसरी नै कुनै पनि नेपाली नागरिक बिना कुनै छेकबार भारतमा आउन बस्न डुल्न पाउँछ । कि १९५० को सन्धि खारेज गरेर दुबै देशका नागरिकलाई एक अर्काको देशमा बिना रोकटोक आवात जावत गर्ने अधिकार खोस्न पर्यो कि यसरी जथाभावी भारत प्रवेश गरेका नेपाली नागरिकलाई अपराधीलाई जस्तै समातेर दुख दिन भएन । हैरान परिशान पार्न भएन ।
गारो पुलिस अफिसरले मलाई त्यही बस्न लगाएर अरु सबैलाई जान भन्यो । साथीहरू मलाई छोडेर जाने कुरै भएन । उनीहरू मसित नै धरना दिएर बसे । गारो पुलिस अफिसरले मेरो शिलाङ ल कलेजको एडमिट कार्डमा केही कोरेको थियो । एक छिन पछि गारो पुृलिस अफिसरले पुलिसलाई खटाएर हाम्रो लागि चिया र विस्कुट ल्याउने आदेश गर्यो । त्यसको केही बेर पछि खसिया पुृलिस अफिसर पनि टुप्लुक्क आयो । उसले सिधै हामीलाई भन्यो – तिमीहरू फेरि यहाँ आयौ ? मैले भने – जाउँ त हामीहरू । खसिया पुलिस अफिसरले भन्यो – जाऊ । किन बसेका छौ ? हामी निकै खुृशी भएर बसेको ठाउँबाट उठ्न थालेका थियौं । गारो पृलिस अफिपसरले हामीलाई रोक्दै भन्यो – चिया बिस्कुट खाएर मात्र जाउला । खसिया पृुलिसले भन्यो – यिनीहरूलाईै किन चिया बिस्कुट ? त्यतिबेला नै चिया विस्किट आयो । हामीले खुरु खुरु चिया बिस्किट लियौं ।
त्यतिबेला नै खसिया पृुलिस अफिसरले मेरो एमडिट कार्डमा कोरको देखेर गारो पुलिस अफिसरलाई भन्यो. – यिनको एडमिट कार्डमा किन यहाँ यसरी लेखिदिएको । फेरि खसिया पुृलिस अफिसरले भन्यो – हामीले यिनीहरूप्रति राम्रो व्यवहार गरेनौं भने यिनीहरूले यिनका सांसद ( धु्रवानाथ जोशी ) मा उजरी गर्दछन् । विधान सभामा सवाल उठ्दछ । अनावश्यक बबाल हुन्छ । चिया बिस्कुट खाएर हामीहरू सकुशल पुलिस चोकीबाट मेघालय र आसामको सीमातिर लाग्र्यौं । हामीलाई कता कता ठूलै लडाई जितको जस्तो अनुभूति गएको थियो । यद्पि दीपकलाई विवाहको बेलामा उपहारको रुपमा दिएको चाइनिज पेन फर्काउन भने हामी पृुरै असफल भएका थियौं ।
म फेरि फेरि शिलाङ जाँदा त्यही खसिया सिविल ड्रेसको पुलिसको सी आई डी नेपालका नेपाली शिलाङ जाने बसमा छन् छैनन् भनेर चेक चाँच गर्दथ्यो । मलाई देखेर मुसुक्क हाँस्दथ्यो. । म पनि उसलाई हेरेर मुसुक्क हाँस्दथें । हामी हाँसो हाँसोको भाषामा संवाद गर्दथ्यौं ।
सुनिन्छ आजभोलि नेपालीहरूलाई शिलाङतिर जान त्यति दुख दिइन्न । छेकथुन गरिन्न ।
२५–३–२०७९
Comments
Post a Comment